

सिचुआनमा ५.१ म्याग्निच्युडको भूकम्प

2.1kViews
15
Shares
चीन, भदौ १२ — दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा शुक्रबार ५.१ म्याग्निच्युडको भूकम्प गएको छ।
चीन भूकम्प नेटवर्क केन्द्र (सीईएनसी) का अनुसार स्थानीय समयअनुसार शुक्रबार दिउँसो १ बजेर १३ मिनेटमा सिचुआन प्रान्तको लोङचाङ सहर आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।
भूकम्पको केन्द्रबिन्दु २९.२३ डिग्री उत्तरी अक्षांश र १०५.२२ डिग्री पूर्वी देशान्तरमा रहेको जनाइएको छ। भूकम्प १३ किलोमिटर गहिराइमा गएको सीईएनसीले जनाएको छ।
हालसम्म भूकम्पबाट भएको भौतिक क्षति वा मानवीय हताहतीबारे कुनै आधिकारिक विवरण सार्वजनिक भएको छैन। घटनाबारे थप विवरण आउन बाँकी रहेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन्।
Facebook Comments Box
समाज
थप सामाग्री-
आज भदौ २५ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
-
भोटेकोशी बाढी : ललितपुरमा १५७ जना अझै बेपत्ता, ४१ विदेशी नागरिकको खोजी जारी
-
मनसुनी वायुको प्रभाव कायमै, सातै प्रदेशमा वर्षाको सम्भावना
-
रामपुर खाप छोटी भन्सार पुनः सुचारु गर्न माग गर्दै आजदेखि रिले अनसनका साथै प्रदर्शन गर्दै
-
आज भदौ २४ गते बुधबार, यस्तो छ तपाईको राशिफल
कालसिङ्गे खोला तर्ने क्रममा १७ वर्षीय किशोर बेपत्ता
१ दिन अगाडि
850Views 15 Shares Share on Facebook Share on Twitter धनगढी । बाजुराको जगन्नाथ गाउँपालिकामा खोला तर्ने क्रममा एक किशोर बगेर…





