
बाढी प्रभावित क्षेत्रमा खटिएका सुरक्षाकर्मीको साहसको प्रधानमन्त्री शाहद्वारा उच्च प्रशंसा

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा खटिएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीहरूको साहस, समर्पण र योगदानको उच्च प्रशंसा गरेका छन्।
प्रधानमन्त्री शाहका अनुसार तीनवटै सुरक्षा निकायको संयुक्त प्रयासमा हालसम्म १३ हजार ३ सय ९१ जनाको उद्धार गरिएको छ। बाढी तथा विपद्का क्रममा नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरीका १२ गरी ८२ जना सुरक्षाकर्मी अझै सम्पर्कविहीन रहेका छन्।
प्रधानमन्त्री शाहले कठिन भूगोल, प्रतिकूल मौसम र आफ्नै सहकर्मी गुमाएको पीडाका बीच पनि सुरक्षाकर्मीहरू निरन्तर उद्धार तथा खोजी कार्यमा जुटिरहेको बताएका छन्।
उनका अनुसार सुरक्षाकर्मीहरूले खोज तथा उद्धार, शव व्यवस्थापन, राहत वितरण, स्वास्थ्य सेवा तथा सुरक्षा व्यवस्थापन लगायतका कार्यमा अहोरात्र खटिएर मानवीय सेवामा महत्वपूर्ण योगदान पुर्याइरहेका छन्।
प्रधानमन्त्री शाहले विपद्को समयमा सुरक्षाकर्मीहरूले देखाएको साहस, त्याग र सेवाभावको राज्यले उच्च कदर गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
समाज
थप सामाग्री
परिवारको भविष्य २८ प्रहरीका सन्ततिलाई मास्टर्ससम्म निःशुल्क शिक्षा, आइजिपी दानबहादुर कार्कीको कल्याणकारी नेतृत्वको प्रशंसा
३ दिन अगाडि
2.8kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । कर्तव्य निर्वाहका क्रममा प्राकृतिक विपद्को प्रत्यक्ष मारमा परेका नेपाल…





