
लगातारको वर्षाले कर्णाली राजमार्ग पुनः अवरुद्ध, रातिमाटामा सडक भासियो

कालीकोट । लगातार भइरहेको वर्षाका कारण कालीकोट खण्डको कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ। खाँडाचक्र नगरपालिका–७ स्थित पिली र पाखाबीचको सीमाना रातिमाटामा सडक भासिएपछि राजमार्गमा यातायात पूर्ण रूपमा ठप्प भएको हो।
जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार आइतबार साँझ करिब ५ः२० बजे रातिमाटामा करिब ५ देखि ७ मिटर सडक भासिएको हो। सडक भासिएसँगै कर्णाली राजमार्ग हुँदै आवतजावत गर्ने सवारीसाधन बाटोमै रोकिएका छन्।
जिल्ला प्रहरी प्रमुख हिमबहादुर खत्रीका अनुसार भासिएको सडक मर्मत गरी यातायात सञ्चालनमा ल्याउन सम्बन्धित निकायमार्फत आवश्यक पहल भइरहेको छ।
लगातारको वर्षाका कारण कालीकोटका मुख्य तथा ग्रामीण सडकहरूमा पहिरो जाने, सडक भासिने र यातायात अवरुद्ध हुने जोखिम बढेको प्रहरीले जनाएको छ। वर्षा अझै जारी रहेकाले सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न जिल्ला प्रहरीले यात्रु तथा सवारी चालकलाई आग्रह गरेको छ।
प्रहरीले सम्भावित जोखिमयुक्त क्षेत्रमा अनावश्यक यात्रा नगर्न तथा सडक अवरुद्ध भएमा वैकल्पिक मार्ग र स्थानीय प्रशासनको सूचनालाई प्राथमिकता दिनसमेत आग्रह गरेको छ।
समाज
थप सामाग्री
परिवारको भविष्य २८ प्रहरीका सन्ततिलाई मास्टर्ससम्म निःशुल्क शिक्षा, आइजिपी दानबहादुर कार्कीको कल्याणकारी नेतृत्वको प्रशंसा
३ दिन अगाडि
2.8kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । कर्तव्य निर्वाहका क्रममा प्राकृतिक विपद्को प्रत्यक्ष मारमा परेका नेपाल…





