
भोटेकोशी बाढी : ललितपुरमा १५७ जना अझै बेपत्ता, ४१ विदेशी नागरिकको खोजी जारी

ललितपुर । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा परी ललितपुरसँग सम्बन्धित १५७ जना अझै सम्पर्कविहीन छन्। उनीहरूको खोजी कार्य निरन्तर जारी रहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले जानकारी दिएका छन्।
सम्पर्कविहीन भएकामध्ये हालसम्म नौ जना फेला परेका छन्। फेला पर्नेमा तीन पुरुष, दुई महिला र चार बालबालिका रहेका छन्। बाँकीमध्ये ११५ पुरुष, ३९ महिला र तीन बालकको खोजी भइरहेको प्रजिअ घिमिरेले बताए।
बेपत्ता भएकामध्ये ९९ जना अन्य जिल्लाका स्थायी बासिन्दा भएर ललितपुरमा बसोबास गर्दै आएका व्यक्ति हुन्। उनीहरूमध्ये ८१ पुरुष, १७ महिला र एक बालक रहेका छन्।
बाढीमा परी ललितपुरमा बसोबास गर्ने ४१ जना विदेशी नागरिकसमेत सम्पर्कविहीन छन्। बेपत्ता विदेशी नागरिकमा २० महिला, १९ पुरुष र दुई बालक रहेका छन्। उनीहरूमध्ये युक्रेनका १३, अस्ट्रेलियाका १०, अमेरिका र भारतका पाँच–पाँच, चीनका चार, कोरियाका तीन तथा बेलायतका एक जना रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
यस्तै, बाढीमा परी घाइते भएका २४ जनामध्ये २२ जना उपचारपछि घर फर्किएका छन्। घाइतेमा २० पुरुष, तीन महिला र एक बालिका रहेका छन्। एक पुरुषको ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ भने एक बालिकाको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको प्रजिअ घिमिरेले जानकारी दिए।
बाढीमा परी ज्यान गुमाएका पाटन सुन्धाराका दुई जनाको शवसमेत परिवारको जिम्मा लगाइएको छ। मृतकमध्ये एक महिला र एक पुरुष रहेका छन्।
भोटेकोशीमा आएको बाढीले ठूलो मानवीय क्षति पुर्याएपछि बेपत्ता नागरिकको खोजी, पहिचान तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ। लामो समयसम्म सम्पर्कमा नआएका नागरिकका परिवारमा भने आफ्ना आफन्त सकुशल भेटिने आशा र चिन्ता दुवै कायमै छ।
समाज
थप सामाग्री
परिवारको भविष्य २८ प्रहरीका सन्ततिलाई मास्टर्ससम्म निःशुल्क शिक्षा, आइजिपी दानबहादुर कार्कीको कल्याणकारी नेतृत्वको प्रशंसा
३ दिन अगाडि
2.8kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । कर्तव्य निर्वाहका क्रममा प्राकृतिक विपद्को प्रत्यक्ष मारमा परेका नेपाल…





