
असोज ९ देखि भारी वर्षाको सम्भावना, बाढी–पहिरो प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । आगामी शुक्रबारदेखि सोमबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षा हुने सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार हाल बङ्गालको खाडीको मध्य भू–भाग आसपास रहेको न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै गएकाले त्यसको प्रभाव नेपालमा समेत पर्ने देखिएको हो। उक्त प्रणालीको मुख्य प्रभाव असोज ९, १० र ११ गते रहने र बागमती प्रदेशभन्दा पश्चिमका क्षेत्रमा बढी प्रभाव पर्ने सम्भावना रहेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए।
उनका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश भूभागमा भारीदेखि धेरै भारी वर्षा तथा एक–दुई स्थानमा अतिभारी वर्षा हुन सक्ने सम्भावना छ। त्यसैले नदी तथा खोलानाला आसपास, पहिरोको जोखिम भएका क्षेत्र र कमजोर भू–बनोट भएका स्थानमा विशेष सावधानी अपनाउन आवश्यक रहेको उनले बताए।
त्यस्तै, लुम्बिनी प्रदेशको दाङभन्दा पूर्वी भूभाग हुँदै नवलपुरसम्म, कर्णाली प्रदेशको पूर्वी भूभाग तथा सुदूरपश्चिम प्रदेशका दक्षिणी पहाडी र तराई क्षेत्रमा समेत वर्षाको प्रभाव पर्ने अनुमान गरिएको छ।
बागमती प्रदेशको चितवन आसपासका क्षेत्रमा पनि उल्लेख्य वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। यसअघि नै बाढी तथा पहिरोबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा भने मध्यम वर्षाले समेत थप असर पार्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन मौसमविद् अर्यालले आग्रह गरेका छन्।
महाशाखाले भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न, पहाडी क्षेत्रमा पहिरो जान तथा सडक र यातायातमा अवरोध हुन सक्ने भएकाले आवश्यक पूर्वतयारी गर्न आग्रह गरेको छ।
नेपालबाट मनसुन बाहिरिने औसत मिति अक्टोबर २ रहे पनि पछिल्ला वर्षहरूको प्रवृत्ति हेर्दा यस वर्ष पनि मनसुन बाहिरिने समय केही दिन पछाडि धकेलिन सक्ने महाशाखाले जनाएको छ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
दानबहादुर कार्कीको रिटमा आज सर्वोच्चमा सुनुवाइ, न्यायाधीश पौडेलको इजलासमा पेसी
-
आजको राशिफल : मंसिर २ गते बुधबार, कुन राशिलाई कस्तो छ आजको दिन ?
-
सरकार! प्रहरीमाथिको गैरकानुनी हस्तक्षेप टिक्ने छैन, विधिको शासनमाथिको खेल अन्ततः फेल हुनेछ
-
प्रहरी संगठन विधिको शासनले चल्ने कि प्रधानमन्त्रीको सनकले ? दानबहादुर कार्की हटाउने निर्णयमा सात गम्भीर कानुनी प्रश्न
-
१८ महिना कार्यकाल बाँकी छँदै हटाइएका दानबहादुर कार्कीको सरकारमाथि कानुनी प्रहार, निर्णय स्वेच्छाचारी भएको जिकिर
प्रेस स्वतन्त्रता र पत्रकारको श्रम अधिकारका लागि महासंघ आन्दोलनमा, मंसिर ९ गते देशव्यापी प्रदर्शन गर्ने
२२ घण्टा अगाडि
1.6kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, पत्रकारको…





