
कैलालीमा ब्राउन सुगरजस्तो पदार्थसहित पाँच जना पक्राउ

कैलाली । कैलाली प्रहरीले जिल्लाका विभिन्न स्थानबाट अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थसहित पाँच जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार भजनी नगरपालिका–५ कुटीबाट बुधबार साँझ ११० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थसहित सोही ठाउँका २२ वर्षीय अमित चौधरीसहित तीन जनालाई पक्राउ गरिएको हो।
इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा उनीहरूलाई लागूऔषध सेवन गरिरहेको अवस्थामा फेला पारी चेकजाँच गर्दा उक्त पदार्थ बरामद गरेको जनाएको छ।
त्यस्तै, धनगढी उपमहानगरपालिका–७ भानुचोकबाट ५ ग्राम ६५० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थसहित २५ वर्षीय अभिषेक राना पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र वडा प्रहरी कार्यालय धनगढीबाट संयुक्त रूपमा खटिएको टोलीले बुधबार साँझ शंका लागेर चेकजाँच गर्ने क्रममा उनलाई पक्राउ गरेको हो।
सोही स्थानबाट बुधबार राति ४८० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थसहित ३१ वर्षीय गणेशबहादुर पाललाई पनि प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले शंका लागेर चेकजाँच गर्ने क्रममा पाललाई पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका पाँचै जनामाथि लागूऔषधसम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
समाज
थप सामाग्री
परिवारको भविष्य २८ प्रहरीका सन्ततिलाई मास्टर्ससम्म निःशुल्क शिक्षा, आइजिपी दानबहादुर कार्कीको कल्याणकारी नेतृत्वको प्रशंसा
३ दिन अगाडि
2.7kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । कर्तव्य निर्वाहका क्रममा प्राकृतिक विपद्को प्रत्यक्ष मारमा परेका नेपाल…





