
सिराहामा १ हजार १०२ किलो गाँजासहित बोलेरो र मोटरसाइकल बरामद,चालक फरार

सिराहा । सिराहामा सशस्त्र प्रहरीले १ हजार १०२ किलोभन्दा बढी गाँजासहित बोलेरो गाडी र मोटरसाइकल बरामद गरेको छ भने चालकहरू फरार रहेका छन।
सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण सुरक्षा वेश गोलबजार र सुरक्षा वेश सुखीपुरको संयुक्त टोलीले बुधबार राति करिब १ बजे सुखीपुर नगरपालिका–१० विश्वकर्मा चोकस्थित गागन खोलापुलबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको हो।
सशस्त्र प्रहरीका अनुसार गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा खटिएको टोलीलाई देखेपछि चालकहरूले बा १४ च २९४ नम्बरको बोलेरो गाडी र स ६ प ४८५९ नम्बरको मोटरसाइकल घटनास्थलमै छाडेर फरार भएका थिए।
गाडी खानतलासी गर्दा २६ वटा बोरामा प्याक गरिएको १ हजार १०२ किलो ६५५ ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ।
बरामद गाँजा, बोलेरो गाडी र मोटरसाइकल आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको छ। घटनामा संलग्न फरार चालकहरूको खोजी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।
समाज
थप सामाग्री
परिवारको भविष्य २८ प्रहरीका सन्ततिलाई मास्टर्ससम्म निःशुल्क शिक्षा, आइजिपी दानबहादुर कार्कीको कल्याणकारी नेतृत्वको प्रशंसा
३ दिन अगाडि
2.8kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । कर्तव्य निर्वाहका क्रममा प्राकृतिक विपद्को प्रत्यक्ष मारमा परेका नेपाल…





