
अनुपम फुडल्याण्डका सञ्चालक तथा मेनपावर व्यवसायी कृष्ण पौडेल पक्राउ

काठमाडौं । आकर्षक रोजगारी मिलाइदिने प्रलोभन देखाएर एक व्यक्तिलाई ठगी गर्न खोजेको आरोपमा बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डका सञ्चालक तथा मेनपावर व्यवसायी कृष्ण पौडेल पक्राउ परेका छन्।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पौडेललाई पक्राउ गरेको हो। पक्राउ परेका उनलाई प्रहरी वृत्त गौशालाको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलीप घिमिरेका अनुसार पौडेलले ‘काम मिलाइदिन्छु’ भन्दै एक व्यक्तिलाई प्रलोभनमा पारेको र ठगीको प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घिमिरेका अनुसार घटनासँग सम्बन्धित केही प्रमाणसमेत प्रहरीले फेला पारेको छ। “काम मिलाइदिन्छु भनेर ठग्न खोजेको केही प्रमाण भेटिएका छन्, हामी अनुसन्धान गर्दै छौँ,” उनले भने।
प्रहरीका अनुसार पौडेल सोमबारदेखि हिरासतमा छन्। उनले काम मिलाइदिने भन्दै कसको नाम वा पहुँचको सहारा लिएका थिए भन्ने विषय भने प्रहरीले खुलाएको छैन।
घटनामा अन्य व्यक्ति वा पक्षको संलग्नता भए–नभएको विषयमा समेत प्रहरीले अनुसन्धान गरिरहेको छ। अनुसन्धानबाट थप तथ्य र प्रमाण खुलेपछि मात्रै घटनामा संलग्न व्यक्तिहरूको भूमिका तथा आरोपको वास्तविक स्वरूप स्पष्ट हुने प्रहरीले जनाएको छ।
पौडेलविरुद्ध प्रहरीले हाल अभद्र व्यवहारसम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ।
समाज
थप सामाग्री
परिवारको भविष्य २८ प्रहरीका सन्ततिलाई मास्टर्ससम्म निःशुल्क शिक्षा, आइजिपी दानबहादुर कार्कीको कल्याणकारी नेतृत्वको प्रशंसा
३ दिन अगाडि
2.8kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । कर्तव्य निर्वाहका क्रममा प्राकृतिक विपद्को प्रत्यक्ष मारमा परेका नेपाल…





