
आइजिपी कार्कीबाट पाठ सिक्न खगेन्द्रलाई दलमर्दन कामीको सुझाव
धरातल बिर्सने कि संघर्षको आवाज बन्ने? रास्वपा सांसद खगेन्द्र सुनारलाई दल मर्दन कामीको कठोर प्रश्न

माननीय खगेन्द्र सुनारजी, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी तथा म्यादी प्रहरीका लागि खरिद गरिएका जुत्ता, मोजा र कपडामा अनियमितता तथा भ्रष्टाचार भएको आरोपबारे तपाईंले संसद र सार्वजनिक लेखा समितिमा पटक–पटक प्रश्न उठाउनुभएको प्रश्नका विषय सशक्त रूपमा सार्वजनिक छ।
भ्रष्टाचारको आरोप लागेपछि छानबिन हुनुपर्छ—यसमा दुईमत छैन। तर आरोप लाग्नु र आरोप प्रमाणित हुनु एउटै कुरा होइन भन्नेकुरा बुझ्न् जरुरी छ तपाइलाइ कसैले आफ्नो स्वार्थ राखेर केही प्रमाण दिएहोलान तर ती प्रमाण, अनुसन्धान र कानुनी निष्कर्षका आधारमा सत्य स्थापित हुनुपर्छ।
तर मेरो प्रश्न केहो भने, सदनमा IGP दानबहादुर कार्कीमाथि प्रश्न उठाइरहदा जातीय विभेदविरुद्ध १६७ दिनदेखि यानिकी ६ महिना देखि तपाइले कराउँदै गरेको सिंहदरबार संसदभवनको आधा किलोमिटर नजिक माइतीघर मण्डलामा सत्याग्रह गरिरहेकी दीपा नेपालीप्रति तपाईंको मौनता कसरी बुझ्ने?
दीपा नेपालीको ‘सरकार, कोठा खाली छ?’ भन्ने आन्दोलन कुनै व्यक्तिगत सुविधा माग्ने आन्दोलन थिएन र होइन। काठमाडौं राजधानी देखि हरेक शहरमा जातका आधारमा विभेद गरेर कोठा नदिने, घरबाट निकाल्ने र नागरिकको आत्मसम्मानमाथि प्रहार गर्ने सामाजिक विभेदविरुद्धको संघर्ष हो।
तपाँइले गरेका दुइचार हप्ता चटके तरिकाको साङ्लो आन्दोलनले संसद हुनु र गाउँ बाट झोला भिरेर मकै भट्मास खाएर अध्यन मात्रै हैन कठिनपुर्ण शारीरिक ,मानसिक, आर्थिक सबै संघर्ष गरेर नेपाल प्रहरी जस्तो संगठनमा देशको सेवा गर्न होमिएका वर्तमान आइजिपी दानबहादुर कार्कीले तपाईं जस्तै चटकेका लाग कतै ज्युहजुरी समेत गर्नुपर्ने हो की ? विगतमा विभिन्न प्रकारका संघर्ष छिचोल्दै बल्लतल्ल आइजिपी भएर एउटा प्रतिष्ठित पदमा रहेर जनताको सेवा गर्नु पनि आइजिपी दानबहादुर कार्कीको कति संघर्ष छ होला ? तपाईं जस्तो साङ्गले चटकेलाई के थाहा ?
तपाइँको दाबी अनुसार आइजिपी दानबहादुर कार्कीका केही कमि कमजोरी भन्दा पनि धेरै प्रतिसोध र प्रतिस्पर्धा होला भनेर चाहिँ किन नसोचेको ? बोकेको कुकुरले मृग मार्दैन । खगेन्द्र सुनारले नेपाल प्रहरीका आइजिपी दानबहादुर कार्कीले भ्रष्टाचार गरेको भन्ने कुरा सदनमा उठाउनु कसैले प्रमाण जुटाइदिए होलान् तर ती सबै प्रमाण सत्य नहुनपनी सक्छन् भन्नेकुरा हेक्का राखिएस ।तत्कालीन मेयर बालेनको हावाले उडाएर संसदमा पुग्दैमा तिम्रा विगतका उदण्डता र हैसियत जनतामाझ गुपचुप रहँदैन चेतना होस ।
तपाईं संसदमा हुनुहुन्छ।
तपाईं दलित अधिकारको आवाज बोल्ने प्रतिनिधि हुनुहुन्छ। तपाईंले म दलितको प्रतिनिधि संसद होईन जतिसुकै भनेपनि त्यो संसदमा पुर्याउनु कति कामी, दमाई ,सार्की, पासवान र डोम चमारले सहयोग गरेका छ्न केही मलाइ पनि थाहा छ। तपाँइले उठाउनु भएको साङ्लो आन्दोलनमा म आफैले पनि ऐक्यबद्धता जनाए ,त्यस्तै हजारौंले । आज तपाईं भन्दै हुनुहुन्छ कि म दलितको प्रतिनिधित्व संसद होईन तर फेरि आफै तल्लो वर्ग, गरिब, सिपाही र श्रमिकको पक्षमा आफू उभिएको बताउनुहुन्छ ।
यदि तपाई तल्लो बर्गको प्रतिनिधित्व भएको भए तपाईलाइ प्रश्न गर्नैपर्छ की माइतीघरमा ६ महिनाभन्दा बढी समयदेखि एउटा दलित महिला दिपा नेपाली आफ्नो समुदायको आत्मसम्मान र अधिकारका लागि आवाजमा यति लामो समयसम्म संघर्षमा उभिँदा तपाईंको नजर त्यहाँसम्म किन पुगेन?
आइजिपी दानबहादुर कार्कीको एउटा पक्ष पनि हेरौँ र सुनौं कि । कार्की बाल्यकालमा बागलुङको एउटा गाउँबाट काठमाडौं आउँदा उनको छिमेकी भोटे दमाईले च्यातिएको झोला सिलाइदिएका थिए। त्यही झोला बोकेर उनी काठमाडौं आएका थिए। सफलताको शिखरमा पुगेपछि पनि उनले त्यो सानो सहयोगलाई बिर्सेनन्।
अब कुरा गरौं प्रहरी प्रमुख आइजिपी दानबहादुर कार्कीको। उनको पनि इतिहास कम्जोर छैन । गाउँमा हुर्किएका दानबहादुर कार्की शहरमा पढ्न चाहान्थे, तर उनको परिवारले उनलाई अनुमति नदिएपछि उनी छिमेकी भोटे दमाई दाईकोमा पुगेर छाताको कपडाले च्यातिएको झोला टालि त्यही झोला बोकेर काठमाडौं आएको र लामो संघर्ष पछी कार्की आइजिपी बनेका हुन। उनले आफ्नो धरातल बिर्सेनन बरु आइजिपी भएपछी तिनै भोटे दमाई दाइको हातबाट टिका लगाएर २० हजार रुपैयाँ सहयोग पनि गरेका समाचार सुन्न पाइयो त्यो कति सम्मान छ ।
दुखमा साथी हुदा सुखमा पुगेपछि तिनै दुःखकासाथीलाई बेवास्ता गर्नु मुर्खता हो । अमानवीय स्वार्थ हो भन्ने कुरा खगेन्द्र जिले किन नबुझेका होलान् ? एकपटक आत्माआलोचित भएर दानबहादुर कार्की संग खगेन्द्र सुनारले सिक्नुपर्छ र आत्माआलोचना गर्नु पर्छ।
मान्छेले आफ्नो धरातल कहिल्यै बिर्सनु हुँदैन भन्ने कुराको उदाहरण प्रहरी महानिरीक्षक बनेपछि आइजिपी दानबहादुर कार्कीले दिएका शिक्षाबाट प्रस्ट हुन्छ।उनले छिमेकी ‘भोटे दमाई’ दाईको घर पुगेर जीवनका कठिन यात्रामा साथ दिने ‘भोटे दमाई’ दाईलाई भेटेर सम्मान प्रकट गर्दै २० हजार रकम समेत दिइनु र टिका थाप्नुले दुखमा साथ दिनेलाई कहिल्यै नविर्सने उनको महानतालाइ हावाको भरमा सदन छिरेका खगेन्द्र जस्तालाई के थाहा ?
दानबहादुर कार्कीले आफू बाल्यकालमा गाउँ छाडेर काठमाडौं आउँदा फाटेको झोला सिलाइदिएर साथ दिएका छिमेकीलाई IGP मा पदोन्नति पाएपछि भोटे दमाईलाई खोज्दै पुगेर मिठाई खुवाएर खुसी साटेको खबरले म अत्यन्तै खुशीले गदगद पनि भँए । मैले समाचारमा सुनेअनुसार कार्कीले दमाई भेटका क्रममा भोटे दमाई दाईको हातको टीका लगाउँदा “दशैंमाझैं टीका लगाए जस्तो महसुस भयो” भन्दै कार्की भावुक बनेर आँ’सु झारेका थिएभन्ने कुराले मेरो कमलो हृदय कट्क्क नहुने कुरै भएन ।
तर यही ठाउँमा तपाईं खगेन्द्र सुनारलाई मेरो एउटा कठोर प्रश्न छ तपाईं पनि त विभेदविरुद्धको आन्दोलनबाटै आज संसदमा पुग्नुभएको होइन र?
तपाईंले माइतीघरमा साङ्लो बोकेर गरेको प्रदर्शन, दलित अधिकारका लागि उठाएको आवाज र सामाजिक विभेदविरुद्धको संघर्षलाई कसैले बिर्सनु हुँदैन। त्यसै संघर्षको एउटा उपलब्धिका रूपमा तपाईं आज संसदमा हुनुहुन्छ।तर संसद पुगेपछि त्यही सडकमा बाँकी रहेका आवाजहरूलाई देख्न नसक्नु, सुन्न नसक्नु र संसदमा उठाउन नसक्नुले गम्भीर प्रश्न जन्माएको छ।
संघर्षको सिँढी चढेर संसद पुग्ने अनि सिँढीमै उभिएका पीडितहरूलाई बिर्सने हो भने त्यो परिवर्तन होइन सत्ताको सुविधामा रूपान्तरण भएको संघर्ष हो।
तपाईंले दानबहादुर कार्कीको विगत खोज्नुभएको छ।
अब एकपटक आफ्नो विगत पनि हेर्नुहोस्।
कार्कीले आफूलाई काठमाडौं पुर्याउने एउटा दलित श्रमिकको योगदान सम्झिए।
तपाईंलेत आफूलाई संसदसम्म पुर्याउने हजारौँ दलित, भूमिहीन, सुकुम्बासी, श्रमिक र विभेदपीडित नागरिकको संघर्ष सम्झनुभएको छ कि छैन? मेरो प्रश्न यहाँ निर हो।
दानबहादुर कार्कीमाथि लागेको आरोप छ भने निष्पक्ष छानबिन होस्। दोष प्रमाणित भए कानुनअनुसार कारबाही होस्। निर्दोष भए आरोपबाट मुक्त हुनेछन् ।
तर यही न्यायको सिद्धान्त तपाईंमा पनि लागू हुन्छ, ममा पनि लागू हुन्छ र हरेक सार्वजनिक व्यक्तिमा लागू हुन्छ र हुनुपर्छ । कसैलाई प्रमाणबिना दोषी घोषणा गर्नु न्याय होइन।तर पीडितको आवाज प्रमाणित नभएसम्म सुन्नै नपर्ने ठान्नु पनि न्याय होइन। दानबहादुर कार्की लाई लागेको आरोप सत्यतथ्य छानबिन होस र हुनुपर्छ।
खगेन्द्रजी,
दलित मुक्ति आन्दोलन कुनै केही महिनाको राजनीतिक स्टन्ट होइन। एउटा व्यक्ति संसद मन्त्री हुँदैमा नेपाली समाजमा जकिएर रहेको जातीय धार्मिक विभेद को अन्त्य देख्नु र आफुलाई सपरस्टार संझनु कमिलाको पखेटा उम्रनु जस्तै हो । जातीय धार्मिक विभेद संघर्ष नेपाली समाज देखि दक्षिण एसियामा रहेको मानवीय कुष्ट रोग हो ।, यो हजारौँ वर्षको पीडा, अपमान, बहिष्कार, श्रम, सीप, संघर्ष र बलिदानको इतिहास हो।
त्यसैले माननीय खगेन्द्र जिलाइ मेरो कठोर आग्रह छ
मौकामा चौका पर्न सक्छ, संसदको टिकट पर्न सक्छ, चुनाव जित्न सकिन्छ; तर दलित मुक्ति, सामाजिक न्याय र नागरिक अधिकारको इतिहास त्यसरी जितिँदैन। त्यसका लागि निरन्तर संघर्ष ,इमानदारीता , धैर्यता चाहिन्छ। अनेकन पीडितको बीचमा उभिनुपर्छ।
आफ्नो धरातल सम्झिनुपर्छ। र सुझाव दिन चाहान्छु जसरी अहिले तपाईं संसद हुनुभएको छ । तपाँईले आफूलाई संसदसम्म पुर्याउने पीडित नागरिकको आवाजलाई संसदभित्र पुर्याउनुपर्छ।
बिगत ६ महिना देखि दीपा नेपाली माइतीघरमा उभिएकी छिन। उनको प्रश्न निरन्तर एउटै छ। जातीय विभेद विरुद्ध संघर्ष। “सरकार, कोठा खाली छ?”सत्याग्रह धर्ना चलिरहेको छ । म त्यसमा अर्को प्रश्न थप्छु, तपाईंको संसदमा पीडितका लागि आवाज उठाउने ठाउँ खाली छ?” यदि छ भने त्यहाँबाट अब तपाई ती पीडितहरुको पक्षमा बोल्नुहोस्।
जसरी आइजिपी दानबहादुर कार्कीले गाउँमा आफ्नो झोला सिलाइ दिने भोटे दमाईलाई सम्झिएजस्तै तपाईंले पनि आफ्नो संघर्षको धरातल सम्झनुहोस्।
हिँड्दैछ पाइला, मेट्दैछ भन्ने राजनीति बाट माथि उठन आइजिपी दानबहादुर कार्कीबाट सिक्नुहोस ।यदी तपाईंले उठाउनु भएको आवाज सत्य भए त्यस्ता कामबाट तपाईं पनि पछी हट्नुहोस् ।
सुन्छु यदाकदा तपाँइलाइ कसैले उचालिरहेको छ ।यदी त्यो सत्य होभने तपाँइले आफ्नो लागि मात्रै हैन समग्र दलित बनाइएका शिल्पी समुदाय र विभेद विरुद्धको संघर्षमा नकारात्मक सन्देश हुनेछ । संघर्षलाई सुविधा बनाउने होइन, सुविधालाई संघर्षको साधन बनाउनुस।
खगेन्द्र सुनारजी, आइजिपी दानबहादुर कार्कीविरुद्ध संसदमा उठाउनु भएको प्रश्न त्यो तपाईंको जिम्मेवारी र अधिकार हो।, तर याद राख्नुहोस्, तपाईंले कार्कीविरुद्ध उठाएको आवाजभन्दा हजारौँ गुणा ठूलो मुद्दा जातीय विभेद विरुद्ध र दलित मुक्ति हो , सुकुम्बासी–भूमिहीन र अव्यवस्थित नागरिकको न्याय, आवास , विभेद विरुद्ध अधिकारको संघर्ष हो।
जात,धर्म र व्यक्तिविरुद्धको आरोप र राजनीतिक प्रतिस्पर्धाभन्दा माथि उठेर पुस्तौँदेखि विभेद सहँदै आएका लाखौँ नागरिकको अधिकार हो। तपाईंकै पार्टी र त्यसको नेतृत्वमा बनेको सरकारले २० देखि ५० बर्षसम्म काठमाडौं उपत्यका लगायतका सुकुम्बासी भुमिहिनका घरटहरा भत्काइ ११ जना नागरिकले आत्माहत्या गर्न विवश छ्न। तिनको आवास र भुमि आन्दोलनको अधिकारको आन्दोलन जिवित छ। त्यसैले खगेन्द्र जि आफ्नो संघर्षको धरातल नबिर्सनुहोस् संसदमा पुगेपछि संघर्ष सकिँदैन, बरु सडकमा बाँकी रहेको पीडितको आवाज संसदसम्म पुर्याउने जिम्मेवारी सुरु हुन्छ खै बुझेको ?
दल मर्दन कामी
समाज
थप सामाग्री
परिवारको भविष्य २८ प्रहरीका सन्ततिलाई मास्टर्ससम्म निःशुल्क शिक्षा, आइजिपी दानबहादुर कार्कीको कल्याणकारी नेतृत्वको प्रशंसा
३ दिन अगाडि
2.8kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । कर्तव्य निर्वाहका क्रममा प्राकृतिक विपद्को प्रत्यक्ष मारमा परेका नेपाल…





