
राष्ट्रिय क्योकुशिन–सेईसिन कराँते रेफ्री सेमिनार सम्पन्न, वडा नं. ९ द्वारा १०० थान म्याट प्रदान

काठमाडौं । नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघको आयोजनामा शुभ विजयादशमीको अवसर पारेर शुभकामना आदानप्रदान तथा दशौँ राष्ट्रिय क्योकुशिन–सेईसिन (फुलकन्ट्याक्ट) कराँते रेफ्री सेमिनार–२०८३ सम्पन्न भएको छ।

काठमाडौं महानगरपालिका–९ की जनप्रतिनिधि सृजना भेटवालको प्रमुख आतिथ्य तथा संघका केन्द्रीय अध्यक्ष एवं ब्रान्च चिफ शिहान अशोक कुमार श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो।

प्रमुख अतिथि भेटवालले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेकी थिइन्। उनले विजयादशमीको शुभकामना व्यक्त गर्दै फुलकन्ट्याक्ट कराँतेको विकास र प्रवर्द्धनमा संघले पुर्याएको योगदानको प्रशंसा गरिन्।
यसै क्रममा गत वैशाख १७ गते संघ तथा संघका चिफ शिहान अशोक कुमार श्रेष्ठले हालसम्मकै उच्च उचाइमा फुलकन्ट्याक्ट कराँते प्रतियोगिता सञ्चालन गरेको भन्दै वर्ल्ड बुक अफ रेकर्ड्स, यूकेबाट वर्ल्ड रेकर्ड मेडल तथा प्रमाणपत्र प्राप्त गरेकोमा भेटवालले बधाईसमेत ज्ञापन गरिन्।

सेमिनारको दोस्रो चरणको कार्यक्रम सञ्चालनका लागि प्रमुख अतिथि भेटवालले राष्ट्रिय खेलकुद परिषद्का फुलकन्ट्याक्ट कराँतेका चिफ कोच कुमार श्रेष्ठ तथा पूर्व चिफ कोच एवं नेपाल फुलकन्ट्याक्ट कराँते महासंघका महासचिव शिहान प्रेमनाथ श्रेष्ठलाई रेफ्री झण्डा तथा सिटी हस्तान्तरण गरेकी थिइन्।
उक्त सेमिनारमा संघमा आबद्ध ४५ जना प्रशिक्षकलाई राष्ट्रिय रेफ्री तालिम प्रदान गरिएको थियो। तालिमले फुलकन्ट्याक्ट कराँते प्रतियोगिताको सञ्चालन, नियमको पालना तथा निर्णायकको भूमिकालाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यसैगरी, काठमाडौं महानगरपालिका–९ को वडा कार्यालयले खेलकुदको प्रवर्द्धन गर्ने उद्देश्यले संघलाई १०० थान प्रतियोगिता म्याट प्रदान गरेको छ। कार्यक्रममा प्रमुख अतिथि भेटवालले उक्त म्याट कार्यक्रम संयोजक तथा सिनामंगल डोजोका प्रमुख प्रशिक्षक राजकृष्ण श्रेष्ठलाई हस्तान्तरण गरेकी थिइन्।
कार्यक्रममा काठमाडौं महानगरपालिका–९ की वडा सदस्य रचना सुनाम, संघका सल्लाहकार तथा समाजसेवी निरोज कर्माचार्य र प्रविण श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
संघले राष्ट्रिय रेफ्री सेमिनारमार्फत प्रशिक्षकहरूको दक्षता अभिवृद्धि गर्नुका साथै खेलकुदको विकास, विस्तार र संस्थागत सुदृढीकरणमा जोड दिएको जनाएको छ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
दानबहादुर कार्कीको रिटमा आज सर्वोच्चमा सुनुवाइ, न्यायाधीश पौडेलको इजलासमा पेसी
-
आजको राशिफल : मंसिर २ गते बुधबार, कुन राशिलाई कस्तो छ आजको दिन ?
-
सरकार! प्रहरीमाथिको गैरकानुनी हस्तक्षेप टिक्ने छैन, विधिको शासनमाथिको खेल अन्ततः फेल हुनेछ
-
प्रहरी संगठन विधिको शासनले चल्ने कि प्रधानमन्त्रीको सनकले ? दानबहादुर कार्की हटाउने निर्णयमा सात गम्भीर कानुनी प्रश्न
-
१८ महिना कार्यकाल बाँकी छँदै हटाइएका दानबहादुर कार्कीको सरकारमाथि कानुनी प्रहार, निर्णय स्वेच्छाचारी भएको जिकिर
प्रेस स्वतन्त्रता र पत्रकारको श्रम अधिकारका लागि महासंघ आन्दोलनमा, मंसिर ९ गते देशव्यापी प्रदर्शन गर्ने
१ दिन अगाडि
1.6kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, पत्रकारको…





