साउदी अरबको तेल खानीमा ड्रोन आक्रमण : एक नेपालीसहित दुई विदेशीको मृत्यु

एजेन्सी । साउदी अरबको पूर्वी प्रान्तस्थित सायबाह तेल खानी क्षेत्रमा भएको ड्रोन आक्रमणमा एक नेपालीसहित दुई विदेशी नागरिकको मृत्यु भएको छ । घटनामा पाकिस्तानी र भारतीय नागरिक घाइते भएका छन् ।

साउदी अरामकोको प्रशोधन केन्द्रलाई लक्षित गरी बुधबार भएको ड्रोन आक्रमणमा परी नेपाली र फिलिपिनो नागरिकको मृत्यु भएको साउदी ऊर्जा मन्त्रालयले पुष्टि गरेको छ । मृतक दुवै जनाको पहिचान भने सार्वजनिक गरिएको छैन ।

मन्त्रालयका अनुसार प्रशोधन केन्द्रतर्फ आएको ड्रोनलाई साउदी अरबको हवाई रक्षा प्रणालीले आकाशमै निष्क्रिय पारेको थियो । त्यस क्रममा खसेको ड्रोनको भग्नावशेषले प्रशोधन केन्द्रको बाहिरी परिसरमा रहेको ठेकेदार कम्पनीको एउटा गाडीमा आगलागी भएको थियो ।

उक्त घटनामा एक नेपाली र एक फिलिपिनो नागरिकको मृत्यु भएको तथा एक पाकिस्तानी र एक भारतीय नागरिक घाइते भएको मन्त्रालयले जनाएको छ ।

घटनामा ज्यान गुमाउने नेपाली नागरिकको पहिचान र ठेगानाबारे थप विवरण सार्वजनिक हुन बाँकी छ ।

Facebook Comments Box
प्रेस स्वतन्त्रता र पत्रकारको श्रम अधिकारका लागि महासंघ आन्दोलनमा, मंसिर ९ गते देशव्यापी प्रदर्शन गर्ने
१ दिन अगाडि

1.6kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, पत्रकारको…

TOP
30 Shares