
सिरहामा १६ किलोभन्दा बढी गाँजासहित ५६ वर्षीय ठकुरी पक्राउ

जनकपुरधाम । सिरहाको धनगढीमाई नगरपालिका–१४ स्थित बिहीबारे टोलबाट प्रहरीले १६ किलो २७० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा स्थानीय ५६ वर्षीय झनकबहादुर ठकुरी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार ठकुरीको घरमा गाँजा लुकाएर राखिएको भन्ने गोप्य सूचनाका आधारमा मंगलबार प्रहरीले उनको घरमा खानतलासी गरेको थियो।
प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर पालका अनुसार इलाका प्रहरी कार्यालय लहानका डीएसपी विष्णुप्रदीप बस्यालको नेतृत्वमा खटिएको प्रहरी टोली र लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय गोलबजारको संयुक्त टोलीले खानतलासी गरेको थियो।
खानतलासीका क्रममा ठकुरीको घरभित्रबाट ३ किलो ५२० ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ। यस्तै, घरबाट करिब ५० मिटर पूर्व सरे खोलाको कासघारीमा लुकाएर राखिएको अवस्थामा थप १२ किलो ७५० ग्राम गाँजा फेला परेको थियो।
दुवै स्थानबाट बरामद गरिएको गाँजाको कुल तौल १६ किलो २७० ग्राम रहेको प्रहरीले जनाएको छ।
प्रहरीले ठकुरीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय लहानमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
दानबहादुर कार्कीको रिटमा आज सर्वोच्चमा सुनुवाइ, न्यायाधीश पौडेलको इजलासमा पेसी
-
आजको राशिफल : मंसिर २ गते बुधबार, कुन राशिलाई कस्तो छ आजको दिन ?
-
सरकार! प्रहरीमाथिको गैरकानुनी हस्तक्षेप टिक्ने छैन, विधिको शासनमाथिको खेल अन्ततः फेल हुनेछ
-
प्रहरी संगठन विधिको शासनले चल्ने कि प्रधानमन्त्रीको सनकले ? दानबहादुर कार्की हटाउने निर्णयमा सात गम्भीर कानुनी प्रश्न
-
१८ महिना कार्यकाल बाँकी छँदै हटाइएका दानबहादुर कार्कीको सरकारमाथि कानुनी प्रहार, निर्णय स्वेच्छाचारी भएको जिकिर
प्रेस स्वतन्त्रता र पत्रकारको श्रम अधिकारका लागि महासंघ आन्दोलनमा, मंसिर ९ गते देशव्यापी प्रदर्शन गर्ने
२३ घण्टा अगाडि
1.6kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, पत्रकारको…





