एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोलीको लक्ष्य जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ।

पहिलो खेलमा लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिम आज पहिलो जितको खोजीमा मैदान उत्रनेछ। यता, पोखरा एभेन्जर्स भने प्रतियोगितामा आफ्नो पहिलो खेल खेल्दै जितसहित सुखद सुरुआत गर्ने लक्ष्यमा हुनेछ।

सुदूरपश्चिम पहिलो खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको थियो। उक्त खेलमा ब्याटिङमा कमजोर प्रदर्शन गरेको सुदूरपश्चिम १७.२ ओभरमा ८७ रनमै समेटिएको थियो। टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाएका थिए।

जवाफमा लुम्बिनीले ८८ रनको लक्ष्य ९.५ ओभरमै ३ विकेट गुमाएर पूरा गरेको थियो। पहिलो खेलको कमजोर ब्याटिङ बिर्साउँदै आज पोखराविरुद्ध सुधारिएको प्रदर्शन गर्ने र जितको खाता खोल्ने चुनौती सुदूरपश्चिमसामु छ।

कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा एभेन्जर्सले यस सिजनको पहिलो खेल खेल्न लागेको हो। टोलीमा बंगलादेशका अलराउन्डर शाकिब अल हसनसँगै श्रीलंकाका चमिका करुणारत्ने र धनञ्जय लक्षणजस्ता विदेशी खेलाडी छन्। अनुभवी खेलाडीको साथ पाएको पोखरा पहिलो खेलमै प्रभावशाली प्रदर्शन गर्ने योजनामा हुनेछ।

दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको सुदूरपश्चिममा स्कटल्यान्डका ब्रान्डन म्याकमुलेन र न्युजिल्यान्डका स्कट कुगेलेइन पनि छन्। विदेशी तथा नेपाली खेलाडीको संयोजनमा रहेको टोलीले आज आफ्नो प्रदर्शन सुधार्ने अपेक्षा गरिएको छ।

यस सिजनको एनपीएलमा आठ टोली सहभागी छन्। प्रतियोगिताको फाइनल नोभेम्बर २१ मा हुनेछ।

Facebook Comments Box
प्रेस स्वतन्त्रता र पत्रकारको श्रम अधिकारका लागि महासंघ आन्दोलनमा, मंसिर ९ गते देशव्यापी प्रदर्शन गर्ने
१ दिन अगाडि

1.6kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, पत्रकारको…

TOP
15 Shares