उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै, आज एकता घोषणा

काठमाडौं । उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएको छ।

दुवै पार्टीबीच आज औपचारिक एकता घोषणा हुन लागेको हो। एकता घोषणा सभा दिउँसो १ बजे काठमाडौंको कोटेश्वरस्थित नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजना गरिएको छ।

विशेष एकता सभामार्फत दुई पार्टीबीचको एकतालाई औपचारिकता दिइने जनाइएको छ। एकतापछि उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुनेछ।

यससँगै नेपाली कम्युनिस्ट पार्टीले आफ्नो संगठनात्मक संरचनालाई थप विस्तार गर्ने भएको छ।

Facebook Comments Box
प्रेस स्वतन्त्रता र पत्रकारको श्रम अधिकारका लागि महासंघ आन्दोलनमा, मंसिर ९ गते देशव्यापी प्रदर्शन गर्ने
१ दिन अगाडि

1.6kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, पत्रकारको…

TOP
15 Shares