
राज्यसंयन्त्र नै संशयको घेरामा पर्नु दुर्भाग्यपूर्ण ः पूर्ण बस्नेत

जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले राज्य सञ्चालनको जिम्मेवारी बोकेको राज्यसंयन्त्र नै संशयको घेरामा पर्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् । पछिल्लो राजनीतिक घटनाक्रमबारे टिप्पणी गर्दै बस्नेतले उक्त कुरा बताएका हुन् ।
बस्नेतले भने, ‘राज्यसंयन्त्रमा बिचौलियाको प्रभाव, राज्यका निकायहरुको भूमिका, निर्णय र निर्णय प्रक्रिया, प्रशासनिक कार्यशैली र सार्वजनिक सेवा प्रवाहमाथि गम्भीर प्रश्न उठ्न थालेको छ । राज्यका निकायहरु जनताको सेवा र संविधानको मर्मअनुसार चलेनन् भन्ने जनगुनासो बढेको छ ।’
‘आजको मूल प्रश्न सरकार कसले चलाइरहेको छ भन्ने होइन, राज्यका निकायहरु कति स्वतन्त्र, निष्पक्ष र उत्तरदायी छन् भन्ने हो । सरकारले हरेक क्षेत्रलाई त्रसित बनाउने काम गरेको देखिन्छ,’ उनले भने ।
राज्यका महत्वपूर्ण अंगहरु माथि नै संशय हुनु लोकतन्त्रका लागि गम्भीर चुनौतीको विषय भएको उनको भनाइ छ ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
दानबहादुर कार्कीको रिटमा आज सर्वोच्चमा सुनुवाइ, न्यायाधीश पौडेलको इजलासमा पेसी
-
आजको राशिफल : मंसिर २ गते बुधबार, कुन राशिलाई कस्तो छ आजको दिन ?
-
सरकार! प्रहरीमाथिको गैरकानुनी हस्तक्षेप टिक्ने छैन, विधिको शासनमाथिको खेल अन्ततः फेल हुनेछ
-
प्रहरी संगठन विधिको शासनले चल्ने कि प्रधानमन्त्रीको सनकले ? दानबहादुर कार्की हटाउने निर्णयमा सात गम्भीर कानुनी प्रश्न
-
१८ महिना कार्यकाल बाँकी छँदै हटाइएका दानबहादुर कार्कीको सरकारमाथि कानुनी प्रहार, निर्णय स्वेच्छाचारी भएको जिकिर
प्रेस स्वतन्त्रता र पत्रकारको श्रम अधिकारका लागि महासंघ आन्दोलनमा, मंसिर ९ गते देशव्यापी प्रदर्शन गर्ने
१ दिन अगाडि
1.6kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, पत्रकारको…





