हलिउड अभिनेता जोनी वेक्टरको लस एन्जलसमा गोली हानी हत्या
काठमाडौं । अमेरिकी सहर लस एन्जलसमा लुटपाटको क्रममा लुटेराहरुले हलिउड अभिनेता जोनी वेक्टरको गोली हानी हत्या गरेका छन् । लस एन्जलस टाइम्सका अनुसार ‘जनरल हस्पिटल’ फेम्ड अभिनेतामाथि शनिबार गोली प्रहार गरिएको हो ।
गोली लागेलगत्तै नजिकको अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उनको मृत्यु भयो । रिपोर्टका अनुसार चोरीको प्रयास गर्दा चोरहरुले अभिनेतामाथि गोली हानेका थिए ।
वेक्टरमाथि स्थानीय समयअनुसार शनिबार बिहान ३ बजे हमला भएको थियो । अभिनेताकी आमाका अनुसार चोरले अभिनेताको कारबाट क्याटालिक कन्भर्टर चोर्ने प्रयास गरेका थिए । उनकी आमाका अनुसार अभिनेताले चोरसँग लड्ने प्रयास गरेनन् । बरु चोरले भाग्नुअघि वेक्टरलाई गोली हाने । यसपछि वेक्टरलाई अस्पताल लगिएको थियो, जहाँ उनलाई मृत घोषित गरिएको थियो ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार यस घटनामा अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको छैन । जोनीका एजेन्ट डेभिड शलले उनको मृत्युको खबर पुष्टि गरेका छन् । ‘उनी एक प्रतिभाशाली अभिनेता मात्र होइनन्, उनी आफ्नो काममा प्रतिबद्ध समेत थिए । उनलाई चिन्ने सबैका लागि एक साँचो नैतिक उदाहरण हो,’ डेभिडले भने ।
अभिनेता वेक्टर ‘जनरल हस्पिटल’मा ब्रान्डो कोर्बिनको भूमिकाका लागि सबैभन्दा बढी परिचित थिए । २०० भन्दा बढी एपिसोडमा देखा परेका उनी यो सिरिजमा लागूऔषध दुर्व्यसनी साशा कोर्बिनको पतिको भूमिकामा देखिएका थिए ।
समाज
थप सामाग्री-
संकटमा देश: आर्थिक अस्थिरता र सुधारको चुनौती
-
पत्रकार रामचन्द्र खड्कालाई विशेष नागरिक सम्मान–२०८२ द्वारा सम्मानित
-
आइजिपी दानबहादुर कार्कीमाथि नरोकिने प्रहार : पूर्व–प्रतिस्पर्धीको प्रभावमा सञ्चालित ‘मिडिया ट्रायल’ ?
-
जेन–जी आन्दोलनका दुई दिन : विध्वंश, वीरता र प्रहरीको अदम्य कर्तव्य
-
घुमुवा प्रणालीको छायाँ : डिआइजीको नाममा असुली, व्यापारी त्रसित
प्रधान सेनापतिको शुभकामना : आइजीपी दानबहादुर कार्कीलाई बधाई
१ दिन अगाडि
3.2kViews 463 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देलले प्रहरी महानिरीक्षक…



