पतञ्जली आयुर्वेद क्याम्पसमा बदमासी : ३७ विद्यार्थी परीक्षा दिनबाट वञ्चित

काठमाडौं । पतञ्जली योगपीठद्वारा सञ्चालित पतञ्जली आयुर्वेद क्याम्पसले प्रयोगात्मक परीक्षा शुल्क नबुझाउँदा ब्याचलर अफ आयुर्वेद मेडिसिन विषयमा (आयुर्वेद चिकित्सक) अध्ययनरत ३७ विद्यार्थीको भविष्य अन्योल भएको छ।
नेपाल संस्कृत विश्वविद्यालयले पटकपटक आग्रह गर्दा विद्यार्थीको प्रयोगात्मक परीक्षाबापतको शुल्क बुझाएको छैन। सो क्याम्पस नेपाल संस्कृत विश्वविद्यालयको सम्बन्धन प्राप्त क्याम्पस हो।
शुल्क नबुझाएको कारण हिजो बुधबारबाट सञ्चालन हुने परीक्षामा विद्यार्थी सहभागी हुन पाएनन्। विश्वविद्यालयले पछि हिसाब मिलान हुने गरी प्रयोगात्मक परीक्षा खर्चबापत करिब २ लाख रुपियाँ बैंकमा जम्मा गर्न पत्राचार गरेको थियो।
विश्वविद्यालयले चार माहिनायता दर्जनौंपटक मौखिक र लिखित जानकारी गराउँदासमेत क्याम्पसले शुल्क बुझाएको थिएन । विश्वविद्यालयका सहायक डीन डा. राजेश्वर अर्यालले शुल्क बुझाउन पटकपटक आग्रह गर्दासमेत क्याम्पसले चासो नदिएको आरोप लगाउनुभयो।
परीक्षाबाट वञ्चित हुने देखेपछि कलेजका विद्यार्थीले मन्त्रालयमा पत्र पठाएका थिए, मन्त्रालयका तत्कालीन सचिव सुरेश अधिकारी, पतञ्जलीका ट्रस्टी शालिकराम सिंह र पीडित विद्यार्थीसँग छलफल हुँदा शुल्क बुझाउने सहमति भएको सहायक डीन अर्यालले बताउनुभयो।सिंहले विभिन्न बहाना बनाएर हालसम्म शुल्क बुझाउन क्याम्पसलाई निर्देशन दिनुभएको छैन। स्रोतका अनुसार ट्रस्टी सिंहले शुल्क बुझाउनुको साटो विश्वविद्यालयलाई झुटो बनाउन खोज्नुभएको छ। सो क्याम्पमा क्याम्पस प्रमुख नियुक्ति भए पनि ट्रस्टी सिंह नै सर्वेसर्वा भएको देखिन्छ। परीक्षा हुनु एक दिनअघिसम्म क्याम्पसमा शुल्क बुझाइदिन गरेको आग्रहलाई प्रशासनले नमान्दा अहिले आयुर्वेदमा एमबीबीएससरह अध्यययन गर्ने विद्यार्थीको भविष्य अन्योल भएको छ।
समाज
थप सामाग्री-
पहिराेले कालीगण्डकी करिडोर अवरुद्ध
-
विपद्को घडिमा सबैको सहकार्यबाट खानेपानीको सङकट पार गर्न सकिने छ : मन्त्री यादव
-
ब्लु डायमन्डको पारदर्शिता तथा जबाफदेहीताका लागि स्वतन्त्र छानबिन गर्न सिडिओ कार्यालयमा उजुरी
-
आज असार २४ गते मंगलबारको राशीफल : गणेश भगवानले रक्षा गरुन
-
आज असार २३ गते सोमबारको राशिफल : पाथिभरा माताले रक्षा गरुन

सन्ध्याले भनिन्,“ लिंग परिवर्तन गरेपछि डिप्रेशनमा गएँ”
३ दिन अगाडि
2.1kViews 235 Shares Share on Facebook Share on Twitter काठमाडौं — लिंग परिवर्तनका नाममा व्यक्तिको जीवनमै संकट ल्याउने गरी ब्लु…