जापानमा ‘फर्की फर्की’ को शो हाउसफुल

काठमाडौँ । अनमोल केसी अभिनीत पछिल्लो चलचित्र ‘फर्की फर्की’ स्वदेश सहित विदेशमा समेत प्रदर्शनमा आएको छ । यस्तैमा फिल्मको आइतबार जापानमा पनि प्रदर्शन भएको छ । जापानको टोक्यो सहरस्थित नाकानो जिरो हलमा साँझ ६ः ३० बजे आयोजित शोमा हाउसफुल दर्शक रहेका थिए ।
शोमा सहभागी हुन अभिनेता अनमोल केसी जापान पुगेका थिए । शोमा अनमोलसँग सेल्फी खिच्ने र उनलाई उपहार दिनेको भिड लागेको थियो । शोको आयोजना भिजोनिय कम्पनीले गरेको थियो । कार्यक्रममा अनमोल पुग्नासाथ फ्यानहरुले घेरेका थिए । कार्यक्रममा अनमोले फ्यानसँग हात मिलाउँदै, फूलको गुथा लिँदै र सेल्फी खिच्दै कार्यक्रम स्थलमा पुगेका थिए ।
फिल्म सुरु हुनु अघि अनमोलले कोनिचिवा जापान भन्दै सम्बोधन गर्दा हल भरि ताली र सिट्ठी बजेको थियो । कार्यक्रममा जापानका लागि नेपालका राजदूत दुर्गा बहादुर सुवेदी, एनआरएनए जापानका अध्यक्ष नवीन न्युरे लगायतको समेत उपस्थिति रहेको थियो ।
समाज
थप सामाग्री-
पहिराेले कालीगण्डकी करिडोर अवरुद्ध
-
विपद्को घडिमा सबैको सहकार्यबाट खानेपानीको सङकट पार गर्न सकिने छ : मन्त्री यादव
-
ब्लु डायमन्डको पारदर्शिता तथा जबाफदेहीताका लागि स्वतन्त्र छानबिन गर्न सिडिओ कार्यालयमा उजुरी
-
आज असार २४ गते मंगलबारको राशीफल : गणेश भगवानले रक्षा गरुन
-
आज असार २३ गते सोमबारको राशिफल : पाथिभरा माताले रक्षा गरुन

सन्ध्याले भनिन्,“ लिंग परिवर्तन गरेपछि डिप्रेशनमा गएँ”
३ दिन अगाडि
2.2kViews 235 Shares Share on Facebook Share on Twitter काठमाडौं — लिंग परिवर्तनका नाममा व्यक्तिको जीवनमै संकट ल्याउने गरी ब्लु…