फिल्म ‘अस्ट्रेलियन दुल्हा’को छायाङ्कन सुरु

काठमाडौँ । फिल्म ‘अस्ट्रेलियन दुल्हा’को छायाङ्कन सुरु भएको छ । आइतबार पूर्वी चितवनको रत्ननगरस्थित हरिहर मन्दिरमा एक कार्यक्रमका बिच मुर्हुत गर्दै फिल्मले छायाङ्कन सुरु गरेको हो । करिब २५ दिन छायाङ्कन सेड्युल रहेको फिल्मको छायाङ्कन चितवनका विभिन्न रमणीय स्थानहरूमा गरिँदैछ । नेपालीहरू अस्ट्रेलिया जाने र उतै बस्ने मोहको कथा फिल्मले बोल्छ ।
किशोर खतिवडा, प्रविन आचार्य, अंकिता भुर्तेल, जीसु कोइराला, रेश्मा सुवेदी, लक्ष्मण नेपाल, विमल पौडेल, अन्जन शर्मा, केदार दवाडी स्वेता श्रेष्ठ र बाल कलाकार अक्सा कोइरालाको अभिनय रहने छ । रेहान मियाको लेखन, निर्माण एवम् निर्देशन रहने फिल्म करुणा फिल्मस् तथा म्याङ्गो प्लेजर प्रा.लीको ब्यानरमा निर्माण हुन लागेको हो ।
फिल्ममा किशोर चौधरी र केदार बरुवाल क्षेत्रीको सङ्गीत, रवि कोइरालाको छायाङ्कन रहेको फिल्ममा कृष्णराज अर्याल प्रस्तुतकर्ता रहेका छन् । फिल्ममा देव महर्जनको द्वन्द्व र किशोर चौधरीको नृत्य रहनेछ । फिल्म आगामी तिहारमा रिलिज हुने बताइएको छ ।
समाज
थप सामाग्री-
पहिराेले कालीगण्डकी करिडोर अवरुद्ध
-
विपद्को घडिमा सबैको सहकार्यबाट खानेपानीको सङकट पार गर्न सकिने छ : मन्त्री यादव
-
ब्लु डायमन्डको पारदर्शिता तथा जबाफदेहीताका लागि स्वतन्त्र छानबिन गर्न सिडिओ कार्यालयमा उजुरी
-
आज असार २४ गते मंगलबारको राशीफल : गणेश भगवानले रक्षा गरुन
-
आज असार २३ गते सोमबारको राशिफल : पाथिभरा माताले रक्षा गरुन

सन्ध्याले भनिन्,“ लिंग परिवर्तन गरेपछि डिप्रेशनमा गएँ”
३ दिन अगाडि
2.2kViews 235 Shares Share on Facebook Share on Twitter काठमाडौं — लिंग परिवर्तनका नाममा व्यक्तिको जीवनमै संकट ल्याउने गरी ब्लु…