यूएईको आईएल टी २० लिग दीपेन्द्रले खेल्ने

10.6kViews
242
Shares
काठमाडौं । नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले गल्फ जायन्टमा रहेर आईएल टी २० लिग खेल्ने भएका छन् ।
यूएईको इन्टरनेसनल लिग टी २० मा उनलाई गल्फ जायन्टले टिममा पुनः स्थान दिएको हो ।
६ टिम सम्मिलित यस लिगमा गल्फ जायन्टले खेलाडीको नाममा नेपालका अलराउन्डर ऐरीसहित लिस्ट सार्वजनिक गरेको छ ।
ऐरीले यसअघिको सिजनमा पनि गल्फ जायन्टबाट आईएल लिग खेलेका थिए ।
ऐरीले यसअघि स्कटल्यान्डको स्कटिस सुपर टी १० र क्यानडाको ग्लोबल टी २० लिग खेलिसकेका छन् । क्यानडा ग्लोबल टी २० लिगमा उनी सम्मिलित मन्टेरियल टाइगर्स च्याम्पियनसमेत बनेको थियो ।
Facebook Comments Box
समाज
थप सामाग्री
आज असार ३२ गते बुधबारको राशीफल : पाथीभरा माताले रक्षा गरुन
२ दिन अगाडि
3.2kViews 138 Shares Share on Facebook Share on Twitter मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- आज हरेक…