सिंहदरबारमा ‘बम राखेको’ भन्दै हल्ला फैलाउने जँड्याहा खोरमा

काठमाडौं । मानिसलाई ट्वाँटले कतिसम्म बहुला बनाउँछ भन्ने कुरा आजको एक घटनाले उजागर गरेको छ।कोहिले सोमरस कोहिले टँवाट भन्दै आएपनि पक्कै पनि मदिरा पिउनु भने राम्रो होइन ।यस्ता ट्वाँटले पिउनाले धेरैको घरबार विग्रेका उदाहरण पनि ताजै छ ।यति मात्रै नभएर ट्वाँटको तालमा फसेका पुर्व सभामुख कृष्ण बहादुर महरा ,भक्तपुर स्थायी निवासी ,राजकुमार खुईजु,एसएसपी सौरभ राणा लगाएतले टवाँटका कारण कानुनी कठघरामा उभिनु परेको तितो यथार्थ जिवतै छ ।यस्तै टँवाटका कारणले गर्दा सिंहदरबारमा ‘बम राखेको’ हल्ला फिँजाउने एक जना पक्राउ परेका छन् । आफूले सिंहदरबारमा बम राखेको भन्दै प्रहरीको कन्ट्रोल नम्बर १०० मा फोन गर्ने प्रेमबहादुर बस्नेत समातिएका हुन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले केही बेरअगाडि उनलाई सोह्रखुट्टेबाट नियन्त्रणमा लिएको हो । उनले मादक पदार्थ सेवन गरेको पाइएको कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यले बताए । बस्नेतलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर,काठमाडौं पठाउन लागिएको उनले जानकारी दिए ।
‘उहाँले सिंहदरबारमा बम राखेको छु भनेर फोन गर्नुभएको थियो । त्यसपछि यहाँबाट टोली परिचालन गरियो । उहाँलाई सोह्रखुट्टेबाट समातेका हौं । उहाँले मादक पदार्थ सेवन गर्नुभएको पाइएको छ । थप अनुसन्धानका लागि उहाँलाई जिल्ला प्रहरी परिसर,काठमाडौं पठाउन लागेका छौं’, उनले भने ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
एसएसपी सा’प यो कुपन के का लागि हो ? किन यस्तो नौटंकी ?
-
असार ७ गतेसम्म तिब्बत क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना, भोटेकोशी र सुनकोशी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह
-
नदीमा डुबेर एक बालकको मृत्यु
-
आज असार ४ गते बुधबारको राशीफल : पाथीभरा माताले रक्षा गरुन
-
आज असार ३ गते मंगलबारको राशीफल : पाथीभरा माताले रक्षा गरुन

अस्पतालको तनावले फेसबुकमा ‘अलबिदा’ लेखेर हिँडेका डाक्टर सशुकल भेटिए
२ दिन अगाडि
1.9kViews 261 Shares Share on Facebook Share on Twitter काठमाडौं- रामेछाप अस्पतालमा कार्यरत रहँदा केही व्यक्तिले दिएको तनावका कारण सामाजिक…