सेकुवा पसलबाट ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

काठमाडौँ । पर्सा प्रहरीले ठुलो परिमाणमा ब्राउन सुगरसहित एक जना भारतीयलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जाँच गर्दा प्रहरीले वीरगन्जस्थित सेकुवा पसलबाट ४८ ग्राम ब्राउन सुगरसहित एक जना भारतीयलाई पक्राउ गरेको हो ।
प्रहरीको विशेष टोलीले भारत विहार मोतिहारी आदापुर निवासी विकासकुमार पटेललाई पक्राउ गरेको पर्सा प्रहरी प्रवक्ता दीपक भारतीले बताए । उनकाअनुसार हिजो अबेर राति आएको सूचना अनुसार जाँच गर्दा एक सेकुवा पसलमा खाजा खाइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।
प्रहरीले गोजीमा लुकाइरहेको अवस्थामा ४८ ग्राम ब्राउन सुगर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ । पक्राउ परेका पटेललाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जानकारी दिएको छ ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
केदारनाथ हेलिकप्टर दुर्घटना ७ जना यात्रुको मृत्यु
-
डिआईजी भट्टको घुमुवा नै रकम असुलीमा, व्यापारीसँग ५ लाख लिएपछि खुल्यो कर्तुत !
-
आज असार १ गते आइतबारको राशीफल : पाथीभरा माताले रक्षा गरुन
-
रौतहटमा तीव्र रूपमा बढ्दो काठ तस्करी, संरक्षणको सट्टा वन कार्यालय ‘कोठे बैठक’मै सीमित
-
आज जेठ ३१ गते अन्तिम शनिबारको राशीफल : मनकामना माताले रक्षा गरुन

ओखलढुंगाकी एक महिलाले एकैपटक तीनवटा बच्चा जन्माईन
१ दिन अगाडि
2.1kViews 190 Shares Share on Facebook Share on Twitter काठमाडौं । ओखलढुंगाकी एक महिलाले एकैपटक तीनवटा बच्चा जन्माएकी छिन् ।…