सन्दर्भ बाल दिवस: राष्ट व्यापी नृत्य प्रतियोगितामा आस्था विद्या मन्दिरका छात्रा प्रथम हुन सफल प्रधानमन्त्रीबाट पुरस्कार बितरण

काठमाडौँ बाल दिवस २०८१ को अवसरमा नेपाल बाल संगठनले आयोजना गरेको “राष्ट्रिय विद्यालय लोक नृत्य प्रतियोगिता २०८१” मा आस्था विद्या मन्दिरका छात्राहरूले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेका छन् । प्रतियोगितामा देशभरका विभिन्न विद्यालयहरूले सहभागिता जनाएका थिए, तर आस्था विद्या मन्दिरका छात्राहरूले आफ्नो नृत्य प्रस्तुतिमा दर्शकहरूको मन जित्न सफल भएका हुन ।
आस्था विद्या मन्दिरका कक्षा सात र आठका छात्राहरू मिनाक्षी, आयुष्मा, एलिना, अक्क्षा, यनी, रोइस्का, आयुषा, र रश्मीले “सर्वोत्कृष्ट नृत्य” प्रस्तुत गर्दै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरे । उनीहरूको नृत्यले केवल निर्णायक मण्डललाई मात्र प्रभावित पारेन, उपस्थित दर्शकहरूको प्रशंसा पनि बटुल्न सफल भयो ।
प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले यो प्रतियोगिताको अवलोकन गर्नुका साथै विजयी छात्राहरूलाई पुरस्कार वितरण गरेका हुन । प्रधानमन्त्री ओलीले कार्यक्रममा सम्बोधन गर्दै बालबालिकाको सृजनात्मकता, संस्कृति र प्रतिभाको प्रोत्साहन गर्न यस्ता कार्यक्रमहरूले महत्वपूर्ण भूमिका खेल्ने कुरा उल्लेख गरे ।
उनले छात्राहरूको कडा मेहनत र समर्पणको पनि प्रसंसा गर्दै भविष्यमा उनीहरूले अझ उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका थिए । प्रधानमन्त्री ओलीले बालबालिकाको प्रतिभा उजागर गर्न र संस्कृतिको जगेर्ना गर्न यस्ता प्रतियोगिताहरू अत्यावश्यक रहेको बताउँदै विद्यालयहरूले यस्ता अवसरलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । प्रधानमन्त्रीले विजयी टोली आस्था विद्या मन्दिरका छात्राहरूलाई हार्दिक बधाई दिँदै, बालबालिकाको सृजनात्मक विकासका लागि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने आवश्यकता औल्याएका छ्न ।

Facebook Comments Box
“जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ” विशेष सडक सचेतना अभियान उपत्यकाभरि सुरु — एसएसपी सुरेश काफ्ले
१६ घण्टा अगाडि

1.4kViews 214 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन न्यूनीकरण गर्ने उद्देश्यसहित उपत्यका…

TOP
169 Shares