टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिता सम्पन्न

तेस्रो संस्करणको टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिता बिहीबार सम्पन्न भएको छ।
टुसाल मल्टिभेन्यु प्रालिले आयोजना गरेको उक्त पौडी प्रतियोगितामा काठमाडौं उपत्यकाका ५० भन्दा बढी विद्यालयका एक सयभन्दा बढी विद्यार्थी सहभागी थिए।
प्रतियोगितामा जुनियर ब्वाइज, जुनियर गर्ल्स र सिनियर ब्वाइज र सिनियर गर्ल्स गरी ४ वटा विधामा प्रतिस्पर्धा गराइएको थियो।
उक्त विधामा पहिलो, दोस्रो र तेस्रो हुने १२ जनालाई ट्रफी, मेडल तथा अन्य पुरस्कारहरुले सम्मान गरिएको टुसाल मल्टिभेन्यूका महाप्रबन्धक प्रविन मान सिंह बस्नेतले जानकारी दिए।उनका अनुसार प्रतियोगिताको प्राविधिक र निर्णायकको जिम्मेवारीमा विष्णु खड्का लगायत ११ जनाको समूह थिए।
प्रतियोगिता तार्केश्वर–८ स्थित टुसाल मल्टिभेन्यूको स्विमिङ पुलमा भएको थियो।
यस अघि गत वर्ष असार १५ गते मल्टिभेन्यूले दोस्रो संस्करणको आयोजना गरेको थियो।
समाज
थप सामाग्री
आज असार ३२ गते बुधबारको राशीफल : पाथीभरा माताले रक्षा गरुन
२ दिन अगाडि
3.2kViews 138 Shares Share on Facebook Share on Twitter मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- आज हरेक…