सर्लाहीमा गोली चल्यो : एकको मृत्यु ,एक घाइते

सर्लाहीमा एक जनाले गोली प्रहार गरी श्रीमतीको हत्या गरेका छन भने बुबा गम्भीर घाइते भएका छन्।
सर्लाही हरिपुर्वा नगरपालिका वडा नम्बर ५ मा बुधबार राति पौने दुई बजे ती अभियुक्तले गोली प्रहार गरी २३ वर्षीया श्रीमती चित्रलेखा यादवको हत्या गरेका हुन्। गोली प्रहारबाट ५४ वर्षीया बुवा रामदिनेश रायलाई घाइते बनाएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए।
अभियुक्त हाल फरार रहेको र खोजी भइरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए। प्रहरीले अभियुक्तको नाम खुलाएको छैन।
चित्रलेखा बायाँ कञ्चटमा गोली लागेको अवस्थामा फेला परेको र उनको घटनास्थलमै मृत्यु भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।‘घटनास्थलमा २० जना प्रहरीको समूह परिचालन भइसकेको छ। घटनास्थल जिल्ला प्रहरी कार्यालयबाट १४ किलोमिटर दूरीमा पर्छ। बोर्डर नाकामा पनि खोजतलास तीव्र पारेका छौं,’ उनले भने।
घाइते बाबुको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको श्रेष्ठले बताए।
प्रहरीले घटनास्थलबाट दुई राउन्ड खोका र एक थान नपड्किएको गोलीसमेत बरामद गरेको छ।
समाज
थप सामाग्री-
पहिराेले कालीगण्डकी करिडोर अवरुद्ध
-
विपद्को घडिमा सबैको सहकार्यबाट खानेपानीको सङकट पार गर्न सकिने छ : मन्त्री यादव
-
ब्लु डायमन्डको पारदर्शिता तथा जबाफदेहीताका लागि स्वतन्त्र छानबिन गर्न सिडिओ कार्यालयमा उजुरी
-
आज असार २४ गते मंगलबारको राशीफल : गणेश भगवानले रक्षा गरुन
-
आज असार २३ गते सोमबारको राशिफल : पाथिभरा माताले रक्षा गरुन

सन्ध्याले भनिन्,“ लिंग परिवर्तन गरेपछि डिप्रेशनमा गएँ”
३ दिन अगाडि
2.1kViews 235 Shares Share on Facebook Share on Twitter काठमाडौं — लिंग परिवर्तनका नाममा व्यक्तिको जीवनमै संकट ल्याउने गरी ब्लु…