नेपालगन्जबाट लागु औषधसहित तीन जना पक्राउ
7.3kViews
477
Shares
काठमाडौँ । प्रहरीले नेपालगन्ज उपमहानगरपालिकाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय मिलिग्रामसहित ३ जनालाई पक्राउ गरेको छ ।
शुक्रबार दिउँसो प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर-४ बाट उनीहरूलाई पक्राउ गरेको नेपाल प्रहरीले शुक्रबारको दैनिक बुलेटिनमार्फत जनाएको हो । पक्राउ पर्नेहरूमा नेपालगन्ज उपमहानगरपालिका-४ बस्ने रामेछाप घर भएकी २१ वर्षीया बबिता श्रेष्ठ, २४ वर्षीया मनिषा श्रेष्ठ र २५ वर्षीय बाबु अलि सिद्धिकी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको र आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
समाज
थप सामाग्री-
त्याग र साहसका प्रतीक गणेशमान सिंहको १११औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रमसहित मनाइँदै
-
आज कार्तिक २४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
‘हाइ प्रोफाइल’ अतिक्रमण रोक्ने महानगरको तयारी, सुकुम्बासी बस्तीमा हलचल
-
जेनजी युवाका नाममा विध्वंस अरूले नै मच्चाए: ओली
-
पर्सामा ट्राफिक प्रहरीद्वारा खुलेआम असुली सुरु, ‘जेनजी आन्दोलन’को मर्ममै चोट
थापाथली विवादमा बालेनका ‘इमानदार सिपाही’ राजुनाथ पाण्डे विवादको केन्द्रमा
२३ घण्टा अगाडि
3.8kViews 267 Shares Share on Facebook Share on Twitter काठमाडौं। काठमाडौं महानगरपालिका र प्रशासनबीचको पछिल्लो तनाब पुनः सतहमा आएको छ।…



