पाल्पामा मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु
बुटवल । बुटवल बदेलपोखरी माथिको नुवाकोट डाँडाबाट बुटवलतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक बुटवल उप–महानगरपालिका–११ बुद्धनगरका १९ वर्षीय विशाल परियार र पछाडि सवार दाङको राप्ति गाउँपालिका–२ का १८ वर्षीय दिनेश कुँवरको मृत्यु भएको हो ।
सोमबार साँझ पाल्पाको तिनाउ गाउँपालिका २ मा पर्ने नुवाकोटमा बास बसेर मंगलबार बिहान उनीहरु लु ४१ प २०१० नम्बरको मोटरसाइकलमा बुटवल फर्कंदै थिए ।
बुटवल– १३ मा पर्ने नुवाकोट भ्यू प्वाइन्ट निर आउँदा मोटरसाइकल सडकबाट ६० मिटर तल खस्दा चालक र पछाडि सवार दुबैजनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका इन्सपेक्टर धर्मराज खत्रीले बताए ।
उक्त स्थानमा केही महिनाअघि भएको कार दुर्घटनामा एक पुरुष र ३ जनाको ज्यान गएको थियो । नुवाकोटमा सिद्धार्थ केबलकारको माथिल्लो स्टेशन रहेको छ ।
समाज
थप सामाग्री-
प्रहरी जिम्मेवारी र फौजदारी डरबीच : पूर्व डीएसपी गोबिन्द पन्थीको प्रश्न — “अब कसरी निडर भएर ड्युटी गर्ने ?”
-
दान बहादुर कार्की : संक्रमणकालमा प्रहरी संगठनलाई नेतृत्व प्रदान गर्ने सक्षम व्यक्ति
-
एआईजी दान कार्कीको प्रतिबद्धता : “जेनजीको चाहना सुशासन र विकास — प्रहरी पूरा गर्न तत्पर”
-
आज कार्तिक २२ गते शनिबार, यस्तो छ तपाईको राशिफल
-
आफताव आलमको मृत्यु
प्रहरीको हतियार लुट्ने थप १ जना पक्राउ
१९ घण्टा अगाडि
3.4kViews 271 Shares Share on Facebook Share on Twitter काठमाडौँ । जेनजी प्रदर्शनमा प्रहरीको हतियार लुटमा संलग्न थप एक जनालाई…



