भारतबाट आयात भएको न्यून गुणस्तरको ८५ हजार किलो चामल उतै फिर्ता

काठमाडौं । नेपालगञ्जका व्यवसायीले भारतबाट आयात गरेको ८५ हजार किलो चामल भारतमै फिर्ता गरिएको छ ।
परीक्षणका क्रममा चामलमा क्षतिग्रस्त दानाको मात्रा धेरै (न्युनस्तर) पाइएपछि भारतमै फिर्ता गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए ।
दशैंको समयमा भन्सारमा आइपुगेको चामल नेपालगञ्ज एकीकृत जाँच चौकीस्थित खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले परीक्षण गरेको थियो ।
परीक्षणका क्रममा नेपाल सरकारको चामलको लागि तोकेको अनिवराय मापदण्ड बमोजिम न्यून गुणस्तर पाइएको हो ।न्यून गुणस्तर पाइएपछि नेपालगञ्ज भन्सार कार्यालयलाई विभागले निर्यात गर्ने देशमै फिर्ता गरिदिन पत्र पठाएको थियो ।
समाज
थप सामाग्री
आज असार ३२ गते बुधबारको राशीफल : पाथीभरा माताले रक्षा गरुन
२ दिन अगाडि
3.2kViews 138 Shares Share on Facebook Share on Twitter मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- आज हरेक…