न्यायपालिकाको सुधार मेरो प्राथमिकताः प्रधानन्यायाधीश राउत

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपालिकाको सुधार आफ्नो प्राथमिकता भएको र त्यो मामिलामा कुनै सम्झौता नहुने बताएका छन् ।
न्यायिक मामिलाबारे रिपोर्टिङ गर्ने विभिन्न सञ्चारमाध्यमका पत्रकारहरुसँगको कुराकानीमा प्रधानन्यायाधीश राउतले न्यायपालिकाप्रति जनआस्था बढाउन काम गर्ने बताए ।
‘न्यायपालिकाभित्र पारदर्शिता र जवाफदेहीता मेरो प्रतिवद्धता हो । तदारुकताका साथ न्याय प्रदान गर्ने विषय मेरो प्राथमिकतामा छ’, राउतले भने, ‘न्यायपालिकामा हुने सबै कामको जिम्मा मैले लिन्छ र त्यहाँबाट सुधारको प्रक्रिया अघि बढाउछु । जस्तोसुकै प्रतिकुल परिस्थितीमा पनि न्यायिक सुधारको अभियान रोकिदैन ।’
केही समयअघि न्यायपालिका असहज परिस्थितिबाट गुज्रिएको संकेत गर्दै उनले अहिले पनि कतिपय चुनौती बाँकी रहेको र आफूले सुधारको प्रयास थाल्ने बताए । उनले अदालतभित्रका कतिपय असहज परिस्थितिलाई समाधान गर्ने प्रतिवद्धता जनाउदै भने, ‘जनताको विश्वासको भरमा टिक्ने न्यायपालिकालाई मैले लयमा फर्काउने कोसिस गर्नेछु ।’
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
केदारनाथ हेलिकप्टर दुर्घटना ७ जना यात्रुको मृत्यु
-
डिआईजी भट्टको घुमुवा नै रकम असुलीमा, व्यापारीसँग ५ लाख लिएपछि खुल्यो कर्तुत !
-
आज असार १ गते आइतबारको राशीफल : पाथीभरा माताले रक्षा गरुन
-
रौतहटमा तीव्र रूपमा बढ्दो काठ तस्करी, संरक्षणको सट्टा वन कार्यालय ‘कोठे बैठक’मै सीमित
-
आज जेठ ३१ गते अन्तिम शनिबारको राशीफल : मनकामना माताले रक्षा गरुन

ओखलढुंगाकी एक महिलाले एकैपटक तीनवटा बच्चा जन्माईन
१ दिन अगाडि
2.1kViews 190 Shares Share on Facebook Share on Twitter काठमाडौं । ओखलढुंगाकी एक महिलाले एकैपटक तीनवटा बच्चा जन्माएकी छिन् ।…