प्रधानमन्त्री केपी ओलीविरूद्ध अराजक अभिव्यक्ति दिनेहरूमाथि प्रहरीले बढायो निगरानी
सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताविरूद्ध अराजक/उच्छृङ्खल अभिव्यक्ति दिएको भन्दै प्रहरीले निगरानी बढाएको छ।
फेसबुक, इन्स्टाग्राम, टिकटकलगायत सामाजिक सञ्जालमा आएका भिडिओ, फोटो तथा स्टाटसलाई नेपाल प्रहरीले निगरानीमा राख्न थालेको हो।
नेपाल प्रहरीको साइबर ब्युरोले निगरानीको काम गरिरहेको उच्च स्रोतले जानकारी दियो।
पछिल्लो समय नेपाल-बंगलादेशबीच भएको साफ च्याम्पियनसिप फाइनल खेलमा प्रधानमन्त्री ओलीविरूद्ध रंगशालामै नाराबाजी भएको थियो। प्रधानमन्त्री ओली उक्त खेलको प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
यही विषयमा सामाजिक सञ्जालमा विभिन्न अभिव्यक्ति दिएका भिडिओहरू समेत बाहिरिएका थिए। कतिपय विदेशमै रहेकाहरूले पनि अराजक अभिव्यक्ति दिएको प्रहरी स्रोतले बतायो।
‘हामीले सबै ठाउँमा निगरानी गरिरहेका छौं। कारबाहीको लागि प्रक्रिया थाल्ने तयारीमा छौं,’ उनले भने।यद्यपि अहिलेसम्म प्रहरीले कसैलाई पक्राउ गरेको भने छैन।
समाज
थप सामाग्री-
बैंक तथा वित्तिय संस्थाः हिजो ऋणीलाई भाग्ने बनायो, आज आफैं भाग्दै
-
पर्साका एसपी भट्टका घुमुवा रामराज हेडक्वार्टर तानिए, भट्ट पनि सोधपुछमा
-
स्कुलबाट रिटायर भएका शिक्षकलाई हेलिकप्टरबाट आकाशीय बिदाई : उत्तरी गोरखामा बनेको अनौठो इतिहास
-
आज मंसिर २४ गते बुधबार, यस्तो छ तपाईको राशिफल
-
तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजक शहीद घोषणा
प्रहरी कार्यालयमा ‘बिचौलिया निषेध’ अभियान : सर्वसाधारणका लागि प्रत्यक्ष पहुँच सुनिश्चित
३ दिन अगाडि
3.5kViews 231 Shares Share on Facebook Share on Twitter काठमाडौँ । काठमाडौँ जिल्ला प्रहरी परिसरले सर्वसाधारण नागरिकलाई प्रत्यक्ष सेवासम्बन्धी पहुँच…



