सन्तान जन्माएपछि महिला झन् जवान हुन्छन्ः रेखा थापा

काठमाडौँ । अभिनेत्री रेखा थापाले सन्तान जन्माएपछि महिलाको सुन्दरतामा झन् निखार आउने बताएकी छन् । विवाहपछि महिलाको जीवन अझ सबल हुने उनको धारणा रहेको थियो ।
सोमबार नयाँ बानेश्वरमा खुलेको इन्स्टाइल ब्युटी हबको उद्घाटन गर्दै रेखाले महिलाहरू पछिल्लो समय सुन्दरताको विषयमा अझ सचेत हुन थालेको बताइन् । ‘के सन्तान भएपनि महिलाको सुन्दरतामा कमी आउँछ ?’ भन्ने प्रश्नमा थापाले असहमति जनाउँदै भनिन्, ‘सन्तान पाएपछि महिला झन् जवान हुन्छन् ।’ छोरा होस्, या छोरी विवाहपछि जिन्दगी गयो भन्ने मान्यता पुरानो भइसकेको उनले बताइन् । ‘विवाहपछि महिलामा अझ बढी ऊर्जा थपिन्छ । अझ सुन्दरता थपिन्छ’ उनले भनिन् ‘बाटोमुनिको फूल’ चलचित्रको गीतमा आफूले मेकअपबिना अभिनय गरेको बताइन् ।
नयाँ बानेश्वरको छक्कुबक्कु मार्गस्थित इन्स्टाइल ब्युटी हबलाई दुबईमा १२ वर्ष काम गरेर फर्किएकी लक्ष्मी तामाङले सञ्चालनमा ल्याएकी हुन् । उद्घाटनमा रेखाको अलवा ‘मिसेज नेपाल वल्र्ड २०२४’ की विजेता डाक्टर डेनिला कार्की, मिसेज नेपाल इन्टरनेसनल सुयशा राउत, एमएस नेपाल इन्टरनेसनल रेश्मा घिमिरेको समेत सहभागी थिए ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
केदारनाथ हेलिकप्टर दुर्घटना ७ जना यात्रुको मृत्यु
-
डिआईजी भट्टको घुमुवा नै रकम असुलीमा, व्यापारीसँग ५ लाख लिएपछि खुल्यो कर्तुत !
-
आज असार १ गते आइतबारको राशीफल : पाथीभरा माताले रक्षा गरुन
-
रौतहटमा तीव्र रूपमा बढ्दो काठ तस्करी, संरक्षणको सट्टा वन कार्यालय ‘कोठे बैठक’मै सीमित
-
आज जेठ ३१ गते अन्तिम शनिबारको राशीफल : मनकामना माताले रक्षा गरुन

ओखलढुंगाकी एक महिलाले एकैपटक तीनवटा बच्चा जन्माईन
१ दिन अगाडि
2.1kViews 190 Shares Share on Facebook Share on Twitter काठमाडौं । ओखलढुंगाकी एक महिलाले एकैपटक तीनवटा बच्चा जन्माएकी छिन् ।…