नेपाल र चीनबिच जनस्तरमा सम्बन्ध बनाउन परराष्ट्रमन्त्री आरजुको निर्देशन

काठमाडौँ । चीन भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा।आरजु राणा देउवाले चिनियाँ विदेशमन्त्री वाङ यीलाई भेट्नुअघि त्यहाँस्थित महावाणिज्य दूतावासका अधिकारीहरूसँग छलफल गरेकी छन् । चीनको छेन्दुस्थित नेपालको महावाणिज्य दूतावासमा आज उनले छलफल गरेकी छिन् ।
नेपाल–चीन बिच द्विपक्षीय सम्बन्ध स्थापना भएको ७० औँ वर्षको अवसरमा दुवै सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२५ को पृष्ठभूमिमा नेपाल पर्यटनलाई प्रवद्र्धनका लागि दुई देशका जनता बिचको सम्बन्धलाई थप सुदृढ बनाउन त्यहाँका कर्मचारीलाई उनले निर्देशन दिइन् ।
चिनियाँ बजारमा चिया, कफी, औषधी र सुगन्धित जडीबुटी जस्ता नेपाली उत्पादनको प्रवर्द्धन तथा छेन्दुमा रहेका सम्भावित नेपाली खानेकुराको पहिचान गर्न पनि उनले कर्मचारीहरूलाई निर्देशन दिइन् ।
मङ्सिर १७ गतेदेखि प्रधानमन्त्री केपी शर्मा ओलीले गर्न लागेको चीन भ्रमणको तयारीको लागि परराष्ट्रमन्त्री आरजु हिजो बिहीबार त्यहाँ पुगेकी हुन् ।
परराष्ट्रमन्त्री आरजुले आजै त्यहाँका विदेश मन्त्री यीसँग भेटघाट गरी प्रधानमन्त्री ओलीको चीनको भ्रमणको एजेन्डाको बारेमा छलफल गर्ने बताइएको छ । परराष्ट्रमन्त्री आरजु भोली नेपाल फर्किने र सोमवार प्रधानमन्त्री अोलीसँग पुनः चीन जाने कार्यक्रम रहेको छ ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
डिआईजी भट्टको घुमुवा नै रकम असुलीमा, व्यापारीसँग ५ लाख लिएपछि खुल्यो कर्तुत !
-
आज असार १ गते आइतबारको राशीफल : पाथीभरा माताले रक्षा गरुन
-
रौतहटमा तीव्र रूपमा बढ्दो काठ तस्करी, संरक्षणको सट्टा वन कार्यालय ‘कोठे बैठक’मै सीमित
-
आज जेठ ३१ गते अन्तिम शनिबारको राशीफल : मनकामना माताले रक्षा गरुन
-
ओखलढुंगाकी एक महिलाले एकैपटक तीनवटा बच्चा जन्माईन

परिवारलाई बदनाम गराउने उद्देश्यले भिडियो बनाउनेलाई सजाय हुनुपर्छ: परराष्ट्रमन्त्री राणा
२ दिन अगाडि
1.8kViews 264 Shares Share on Facebook Share on Twitter काठमाडौँ। परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले आफू तथा आफ्ना परिवारलाई…