आइतबार उपनिर्वाचनः आयोगद्वारा ३ बुँदे निर्देशन जारी
काठमाडौँ । आइतबार सम्पन्न हुने स्थानीय तहको उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिलाई ३ बुँदे निर्देशन जारी गरेको छ ।
आयोगले निर्वाचन आचारसंहिता, २०७९ को दफा १८ बमोजिम निर्देशन जारी गरेको हो । जसअनुसार मतदान केन्द्रमा राजनीतिक दल वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन चिन्ह वा मत सङ्केत भएको पहिरन वा व्याज लगाउन नहुने उल्लेख छ ।
यस्तै मतदान केन्द्रमा कुनै राजनीतिक दल वा उम्मेदवारको पहिचान देखिने एकै किसिमको साङ्केतिक पोसाक र चीजवस्तु लगाउन, बोक्न वा देखाउन नहुने, मतदाता तथा आयोगले अनुमति दिएका व्यक्ति वा अधिकारी बाहेक अन्य कुने पनि व्यक्ति मतदान केन्द्रमा प्रवेश गर्न नहुने उल्लेख छ ।
यस अनुसार मतदानको दिन उपरोक्त बमोजिम कार्य भए गरेको पाइएमा मतदान केन्द्रमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीले तत्काल कारबाही गर्न सक्नेछन् ।
आयोगले मतदान केन्द्रको परिसर भित्र आचारसंहिता विपरीत कुनै कार्य वा अन्य अवाञ्छित गतिविधि हुन नदिन आह्वान समेत विज्ञप्तिमार्फत गरेको छ ।
समाज
थप सामाग्री-
संकटमा देश: आर्थिक अस्थिरता र सुधारको चुनौती
-
पत्रकार रामचन्द्र खड्कालाई विशेष नागरिक सम्मान–२०८२ द्वारा सम्मानित
-
आइजिपी दानबहादुर कार्कीमाथि नरोकिने प्रहार : पूर्व–प्रतिस्पर्धीको प्रभावमा सञ्चालित ‘मिडिया ट्रायल’ ?
-
जेन–जी आन्दोलनका दुई दिन : विध्वंश, वीरता र प्रहरीको अदम्य कर्तव्य
-
घुमुवा प्रणालीको छायाँ : डिआइजीको नाममा असुली, व्यापारी त्रसित
प्रधान सेनापतिको शुभकामना : आइजीपी दानबहादुर कार्कीलाई बधाई
१ दिन अगाडि
3.2kViews 463 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देलले प्रहरी महानिरीक्षक…



