इजरायली मन्त्रिपरिषद्‍द्वारा गाजामा युद्धविराम सम्झौतालाई अनुमोदन, आइतबारदेखि लागू हुने

तेल अभिभ । इजरायली मन्त्रिपरिषद्ले गाजामा युद्धविराम र बन्धकहरूलाई रिहा गर्न हमाससँगको सम्झौतालाई अनुमोदन गरेको छ। यो सम्झौता आइतबारदेखि लागू हुने भएको छ ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालय र हमासले केही घण्टाअघि नै सम्झौताको मस्यौदालाई अन्तिम रूप दिएको बताएका थिए। बुधबार अमेरिका र कतारले पहिलो पटक सम्झौता भएको घोषणा गरेका थिए ।

यसपछि इजरायली मन्त्रिपरिषद्ले बिहीबार नै सहमतिलाई अनुमोदन गर्ने बताइएको थियो तर बेन्जामिन नेतान्याहुले हमासले सम्झौता परिवर्तन गर्न खोजेको आरोप लगाउँदै क्याबिनेटको मतदान स्थगित गरेका थिए ।

शुक्रबार प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले दोहामा रहेको इजरायली वार्ता टोलीले सम्झौतालाई अन्तिम रूप दिएको घोषणा गरेको थियो।

हमासले पनि एक विज्ञप्ति जारी गर्दै सम्झौताका सर्तहरूका सम्बन्धमा उठेको ‘अवरोध’ बिहान समाधान भएको बताएको थियो।

सहमतिका तीन चरण
सम्झौताको जानकारी दिँदै अमेरिकी राष्ट्रपति जो बाइडेनले पहिलो चरण ६ हप्तासम्म चल्ने र ‘पूर्ण युद्धविराम’ हुने बताएका छन् । बाइडेनका अनुसार दोस्रो चरणको उद्देश्य ‘युद्धको स्थायी अन्त्य’ हुनेछ। तेस्रो र अन्तिम चरणमा गाजाको पुनर्निर्माणका लागि छलफल हुनेछ ।

हमासले अक्टोबर ७, २०२३ मा इजरायलमा आक्रमण गरेको थियो। यी हमलाहरूमा १,२०० मानिस मारिएका थिए भने हमासले २५१ जनालाई बन्धक बनाएको थियो।

यसपछि इजरायलले जवाफी कारबाही गरेको थियो। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा ४६ हजारभन्दा बढीको मृत्यु भएको छ ।

इजरायलले २५१ बन्धकमध्ये ९४ जना अझै हमाससँग रहेको र तीमध्ये ३४ जनाको मृत्यु भएको बताएको छ ।

Facebook Comments Box
जुम्लामा चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता
१ दिन अगाडि

2.2kViews 442 Shares Share on Facebook Share on Twitter जुम्ला– यहाँ चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता भएका…

TOP
443 Shares