सरकार र कर्मचारीको कार्यक्षमतामाथि प्रदेश प्रमुख जोशीले उठाए प्रश्न
सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीले सरकार र कर्मचारीको कार्यक्षमतामाथि प्रश्न उठाएका छन् । बजेट नै भएन भनेर भन्ने तर आएको बजेट आधा पनि कार्यान्वयन गर्न नसक्ने भन्दै जोशीले प्रश्न उठाएका हुन् ।
सोमबार कर्णाली प्रदेश सभाको सातौँ स्थापना दिवसको अवसरमा बोल्दै उनले भने, ‘असारमा हामीले सुन्न नपरोस् कि कर्णालीमा विकास बजेट २८ देखि ३० प्रतिशत मात्रै खर्च भयो भनेर । विगतमा हामीले समाचारमा सुन्दै आएका छौँ ।’
प्रदेश प्रमुख जोशीले पैसा नपाएर कर्णाली गरिब हुने, विकास नहुने तर भएको पैसा खर्च नहुने भन्दै यो जस्तो अप्ठ्यारो र लाजको विषय अरू केही नहुने बताए । ‘म कर्णाली सरकारका पदाधिकारीदेखि कर्मचारीलाई प्रश्न गर्छु । बजेट खर्च किन हुन सक्दैन ?’, उनले भने, ‘अझै समय छ तपाईँहरूले सोच्नुहोस् ।’
प्रदेश प्रमुख जोशीले बजेटको कार्यान्वयन गरेमा कर्णालीमा धेरै विकास हुने भएकाले गम्भीर भएर सोच्न आग्रह गरे । कर्मचारीले दत्तचित्त भएर काम गर्न सुझाव उनको छ । साथै कर्णालीको विकासमा सबै दलहरू एकजुट भएर अघि बढ्न उनले आग्रह गरे ।
‘पहिलो प्रदेश सभामा अभावको कर्णालीलाई सम्पन्न कर्णाली बनाउने सबैले बाचा गर्नुभयो, आज ७ वर्ष बित्दा हामी कहाँ पुग्यौँ, छलफलको विषय बन्छ,’ जोशीले थपे, ‘यो विषयमा समीक्षा गर्नुहोस्, केही नभएको त हैन तर जसरी हुनुपर्थ्यो त्यसरी कामहरू हुन सकेका छैनन् ।’
प्रदेश प्रमुख जोशीले सबैको जोस, जाँगर र समर्पणले कर्णालीलाई अगाडि बढाउन सकिने भएकाले त्यतातर्फ ध्यान दिन सुझाव दिए । त्यसका लागि सबैले साझा प्रतिबद्धता अनुसार काम गर्नुपर्ने उनले बताए ।
समाज
थप सामाग्री
प्रणय दिवसको नाममा बढ्दो अस्वस्थ सम्बन्धप्रति चिन्ता
१२ घण्टा अगाडि
1.6kViews 219 Shares Share on Facebook Share on Twitter काठमाडौं। पछिल्ला वर्षहरूमा प्रणय दिवस (भ्यालेन्टाइन डे) को अवसरमा युवायुवतीबीच देखिने…



