यसकारण लमजुङबाट तानिए डिएसपी श्रीवास्तव
अञ्जनकुमार
फागुन ६ गतेदेखि शुरु भएको प्रथम खेलकुद तथा साँस्कृतिक महोत्सव लमजुङ २०८१ को तेस्रो दिन गायक दुर्गेश थापाको प्रस्तुति थियो । बिहान दश बज्न नपाउँदै महोत्सव अवलोकनका लागि एक बित्ताको जाँघे र टाटेपांग्रे ज्याकेट लगाएर गएका डिएसपी निशान्त श्रीवास्तवलाई गेटपालेले छिर्न दिएनन् । साथमा थिए बर्दी बिनाका अंगरक्षक । टिकटबिना छिर्न नदिएपछि आक्रोशित बनेका डिएसपीले महोत्सव सुरक्षार्थ खटिएका सबै प्रहरीलाई फिर्ता बोलाएर दुई दिनसम्म नपठाएपछि खैलाबैला मच्चियो । आयोजकले क्षमा याचना नगरी सुख पाएनन् । यता, रातको १० बजेपछि कुनै कार्यक्रम गर्न नपाइने भनिए पनि १८ गते राति १२ बजेसम्म कन्सर्ट सञ्चालन गर्न दिइएपछि दर्शकबीच दह्रो मारपिट चल्यो । एक जना जनप्रतिनिधिको टाउको फुट्न पुग्यो ।
उनै डिएसपीले तिहारताका समातिएका बाह्रमासे जुवाडेलाई कांग्रेसको आग्रहमा सिडिओलाई समेत जानकारी नदिई साधारण तारेखमा छोडिदिए । श्रीवास्तव जाँड खान जहाँ बोलाए पनि आउने ढुङ्गा, गिट्टी–बालुवाका एक व्यापारीले बताए । उनै डिएसपी ६ महिना पूरा नहुँदै प्रधान कार्यालय तानिएका छन् ।
यसरी अवधि नपुग्दै तानिनुको कारण भारतको पञ्जाबबाट एक व्यक्तिको हत्या गरी नेपाल पसेका आरोपीलाई पक्राउ गर्न आएका पारिका प्रहरीलाई आइजीको समेत जानकारीबेगर सहयोग गर्नु हो । बाँके नेपालगञ्जका श्रीवास्तव इन्टरपोल र सिआइबीमा बस्दा भारत निकटस्थ मानिन्थे । फागुन ११ गते अचानक सिडिओ बुद्धबहादुर गुरुङलाई इमर्जेन्सी काम परेकाले काठमाडौं जानुपर्यो भन्ने जानकारी गराए । एकदमै जरुरी काम भनेपछि सिडिओले छुट्टी दिए ।
ती भारतीय आरोपीलाई सुटुक्क भारतीय प्रहरीको जिम्मा लगाइदिएको प्रकरणमा उनी मुछिएका हुन् ।
उता, तिनै डिएसपी श्रीवास्तवले अमेरिका बस्ने एक लमजुङे युवालाई थर्काएको बताइन्छ । आफ्नै श्रीमती सिर्जना भण्डारीबाट करणी उद्योगको आरोप लागेका विष्णुलाई श्रीवास्तवले तुरुन्त आउँछौ कि अमेरिकाबाटै हातमा हत्कडी लगाएर घिसारौँ भन्दै धम्क्याएका थिए ।
निशान्तको जिम्मेवारी खोसिएको लमजुङमा रेशम बोहरालाई काज खटाइए पनि उनी पुगेका छैनन् भने निमित्त भएर इप्रका भोटेओडारकी प्रहरी निरीक्षक चोनु गुरुङले चलाएकी छन् । आफू सरुवा हुँदै गर्दा निशान्तले जिल्ला प्रहरी कार्यालय खाली हुनेगरी कसैलाई घरबिदा त कसैलाई सरुवा स्वीकृत गरिदिएका छन् । २२ गते बिदा भएर जाँदै गर्दा केही पत्रकारबाहेक कोही भएनन् । जानेबेलासम्म पनि हाकिम श्रीवास्तव र एकाउन्टेन्टको समेत बोलचाल भएन ।
समाज
थप सामाग्री-
गोरखा प्रहरी हिरासत मानव अधिकारमैत्री बन्यो,अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा स्तरोन्नति, बन्दीका लागि ओढ्ने–ओछ्याउनेदेखि तातो–चिसो पानीसम्मको सुविधा
-
मोरङमा हात्तीको आक्रमणबाट एक जना ठहरै
-
आश्रय सुधार केन्द्र रानीबारीमा प्रहरी श्रीमती संघकी अध्यक्ष नविना खत्री कार्कीलाई भव्य स्वागत
-
आज मंसिर २७ गते शनिबार, यस्तो छ तपाईको राशिफल
-
जहाँ गए पनि विवादमा लेखापाल अकलेश सहनी, धाेबिनीबाट सरुवा भएपनि बुझबुझारत गरेनन्
जुम्लामा चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता
१ दिन अगाडि
2.2kViews 442 Shares Share on Facebook Share on Twitter जुम्ला– यहाँ चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता भएका…



