नेपाल प्रहरीको ३१ औं महानिरीक्षक दिपक थापा हुने लगभग निश्चित
काठमाडौं । सरकारले नेपाल प्रहरीमा ३१ औं महानिरीक्षक नियुक्तिको अन्तिम गृहकार्य थालेको छ। सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीच यस विषयमा छलफल चलिरहेको छ।
नयाँ आइजीपी नियुक्तिका लागि सोमबार बिहान मन्त्रिपरिषद् बैठक बोलाउने तयारी छ । जसकारण प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच आइतबार नै सहमति हुने सम्भावना छ ।विगतमा जस्तो यसपटक आईजीपी चयनमा यसपटक तिव्र टक्कर छैन । अरुभन्दा एक महिना सिनियर भएकोले दिपक थापाकै नाममा सहमतिको सम्भावना भइरहेको स्रोत बताउँछ ।यद्यपी अन्य प्रतिस्पर्धी एआइजीद्वय सुदिप गिरी र टेकबहादुर तामाङले पनि दोस्रो तहका नेतामार्फत शीर्ष नेतालाई प्रभाव पार्ने प्रयास गरिरहेका छन् । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर लगायत पाँच एआइजी र तीन डीआइजीले सोमबारदेखि अनिवार्य अवकाश पाउँदैछन् ।उनीहरुको सोमबार अपरान्ह बिदाईको तयारी प्रहरी प्रधान कार्यालयले अघि बढाइसकेको छ । बिदाईका लागि नयाँ आईजीपी चाहिने भएकाले सोमबार बिहान वा दिउँसो नै मन्त्रिपरिषद् बैठकले निर्णय गर्नुपर्ने हुन्छ ।सिनियर हुनुका साथै कांग्रेस र एमाले दुवै दलका शिर्ष नेतासँग राम्रो सम्बन्ध भएकाले थापालाई नै नयाँ आईजीपीमा मुख्य दाबेदार मानिएको हो ।कार्यक्षमता र अनुभवका हिसाबले पनि उनी नै अगाडि देखिएकाले कुनै आश्चर्यजनक घटनाक्रम विकसित नभएमा उनलाई नै आइजीपी बनाउने तयारी भइरहेको गृह मन्त्रालय स्रोत बताउँछ ।अहिलेकै कानुनी प्रावधानअनुसार नयाँ आइजीपीले २०८२ को भदौ १८ सम्म कार्यभार सम्हाल्नेछन्।
समाज
थप सामाग्री-
जेनजी युवाका नाममा विध्वंस अरूले नै मच्चाए: ओली
-
पर्सामा ट्राफिक प्रहरीद्वारा खुलेआम असुली सुरु, ‘जेनजी आन्दोलन’को मर्ममै चोट
-
थापाथली विवादमा बालेनका ‘इमानदार सिपाही’ राजुनाथ पाण्डे विवादको केन्द्रमा
-
सम्पादकीय : आईजीपी नियुक्तिमा लविङ, लोभ र लाजको अन्तिम परीक्षा
-
आईजीपी नियुक्तिमा सौदाबाजीको छाया : सुशासनको परीक्षामा प्रधानमन्त्री कार्की
आज कार्तिक २३ गते आइतबार, यस्तो छ तपाईको राशिफल
२३ घण्टा अगाडि
4.4kViews 344 Shares Share on Facebook Share on Twitter मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- अरूको भर…



