आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएन : नेता महर
काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले आन्दोलनरत शिक्षकहरूको माग सम्बोधनका लागि सरकार गम्भीर बन्नु पर्ने बताएका छन् ।
नेपाली कांग्रेसको शिक्षा विभाग प्रमुखसमेत रहेका महरलाई ध्यानाकर्षण गर्न सचिवालय पुगेका नेपाल शिक्षक संघका प्रदेश र जिल्ला अध्यक्षहरूसँग कुरा गर्दै उनले भने, ‘देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू लामो समय देखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् । विगतको सरकारसँगको सहमति कार्यान्वयनका लागि सरकार खासै संवेदनशील देखिएन ।’
मन्त्री परिषद्को बैठकबाट मात्र पनि सम्बोधन गर्न सकिने थुप्रै मागहरू भएको बताउँदै महरले भने, ‘गर्न सकिने मागका लागि छिटो मन्त्री परिषद्को बैठक राखेर टुङ्ग्याइनु पर्ने र बाँकी विषयको वर्गीकरण गर्दै समय तालिका निर्माण गरेर अगाडि बढ्न सकिने तमाम आधारलाई सरकारले गम्भीर रूपमा लिनुपर्दछ।’
शैक्षिक आमहडताल घोषणा गरेर आन्दोलनरत शिक्षक समुदायको आत्मसम्मानको ख्याल गरेर निष्कर्ष निकाल्नका लागि प्रधानमन्त्रीको थप क्रियाशीलता खाँचो रहेको र देशको वर्तमान परिस्थितिको आङ्कलन गरेर सामुदायिक विद्यालयका आन्दोलनरत शिक्षकहरूले वार्ता संवाद गरेर निष्कर्षमा पुग्नु पर्ने महरको भनाई थियो ।
समाज
थप सामाग्री-
बैंक तथा वित्तिय संस्थाः हिजो ऋणीलाई भाग्ने बनायो, आज आफैं भाग्दै
-
पर्साका एसपी भट्टका घुमुवा रामराज हेडक्वार्टर तानिए, भट्ट पनि सोधपुछमा
-
स्कुलबाट रिटायर भएका शिक्षकलाई हेलिकप्टरबाट आकाशीय बिदाई : उत्तरी गोरखामा बनेको अनौठो इतिहास
-
आज मंसिर २४ गते बुधबार, यस्तो छ तपाईको राशिफल
-
तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजक शहीद घोषणा
प्रहरी कार्यालयमा ‘बिचौलिया निषेध’ अभियान : सर्वसाधारणका लागि प्रत्यक्ष पहुँच सुनिश्चित
३ दिन अगाडि
3.5kViews 231 Shares Share on Facebook Share on Twitter काठमाडौँ । काठमाडौँ जिल्ला प्रहरी परिसरले सर्वसाधारण नागरिकलाई प्रत्यक्ष सेवासम्बन्धी पहुँच…



