शिशिर सिंखडाले प्रणवानन्द आश्रमका बालबालिकासँग यसरी मनाए जन्मदिन

काठमाडाैं । जन्मदिनलाई केवल रमाइलो होइन, अर्थपूर्ण बनाउँदा आत्म सन्तुष्टि मिल्छ । अरूको सेवाले खुशी, आत्मबल र सकारात्मक सोचमा वृद्धि हुन्छ भन्ने सोचबाट ओतप्रोत व्यवसायी शिशिर सिंखडाले यसवर्ष पनि आफ्नो जन्मदिनलाई सामाजिक कर्ममा समर्पित गर्नु भएको छ । शैक्षिक परामर्श क्षेत्रमा इमान्दार, मेहनती व्यवसायीका रुपमा परिचित सिंखडाले यो वर्ष (असार १३ गते) पनि आफ्नो जन्मदिन प्रणवानन्द आश्रमका बालबालिकाहरुमा समर्पित गर्नुभएको हो ।
युवा व्यवसायी सिंखडाले जन्मदिनको अवसरमा काठमाडौंको गुह्येश्वरी, कुमारीगाल स्थित प्रणवानन्द आश्रममा रहेका दुई सय बालबालिकाहरुलाई भोजन गराउनु भएको हो । साथै उहाँले सो अवसरमा कक्षा नर्सरीदेखि सातौँ कक्षासम्म अध्ययनरत उल्लेखित विद्यार्थीहरूलाई विद्यालय पोशाक र शैक्षिक सामग्री समेत प्रदान गर्नुभएको छ ।
सामाजिक, पारिवारिक माया ममताबाट विमुख बालबालिकालाई उत्प्रेरणा दिँदै उनीहरुसँग समय विताएको क्याम्ब्रिजका संस्थापक निर्देशक सिंखडाले बताउनु भयो । ‘मलाई जन्मदिनमा सकेसम्म सामाजिक काम गर्नुपर्छ भन्ने लाग्छ । फजुल खर्च गरेर रमाइलो गर्नुभन्दा त्यो पैसालाई सामाजिक कर्ममा लगाउँदा आत्मसन्तुष्टी मात्र मिल्दैन, सामाजिक कर्तव्य पनि पालना हुन्छ ।’ सधैंभर समाज सेवा र मानवीय कार्य गर्न नसकेपनि हरेक नागरिकले आफ्नो जन्मदिनमा चाँही यस्ता कार्यहरु गर्नुपर्ने उहाँको धारणा छ ।
सामाजिक पीडामा प्रत्यक्ष सामेल हुँदा मानवीय दृष्टिकोण विकास हुने भएकाले पनि फजुल खर्चहरु कटाउँदै सत्कर्ममा लगाउनु पर्ने शिशिर सिंखडाको विचार छ । ‘परोपकारका कार्यले जुन आत्मसन्तुष्टी प्राप्त हुन्छ त्यसलाई संसारको कुनैपनि पद र पैसाले प्राप्त गर्न सकिँदैन ।’ पछिल्लो समय युवाहरु अन्तरमुखी र व्यक्ति केन्द्रीत हुँदा सामाजिक मुल्य मान्यता, संस्कार, माया प्रेम र सदभावको अभाव भइरहेको भन्दै सिंखडाले बताउनु भयो । ‘जन्मदिनलाई केवल उत्सवको रुपमा सिमित नराखी यसलाई अर्थपूर्ण र प्रेरणादायी बनाउनु पर्छ ।’ सिंखडा भन्नुहुन्छ ।
त्यसो त, उहाँका परिवारमा जसको जन्मदिन पर्छ त्यसदिनलाई सामाजिक कार्य गरेर मनाउने प्रचलन नै छ । हरेक नेपालीले जन्मदिन जस्तो व्यक्तिगत दिनलाई समाज सेवासँग जोड्दा अरूलाई पनि प्रेरणा मिल्ने, सामाजिक कामले विभिन्न समुदाय र वर्गबीच सहकार्य र समझदारी बढाउँने ब्यवसायी सिंखडाको विचार छ ।
साथै, यस्ता कार्यहरुले युवामा उत्तरदायित्वको भावना विकास गर्ने, सार्वजनिक छवीसँगै सामाजिक नेतृत्वको विकास गर्ने, सामूहिक सेवाले सम्बन्धमा सहकार्य र समझदारी बढाउँने तथा बालबालिका तथा युवाहरूमा सकारात्मक सोचको विकास हुने विस्वास गर्नुहुन्छ ।

Facebook Comments Box
TOP
321 Shares