कैदी मनाङ्गेलाई कारागारमा ज्वाइँको व्यवहार ! यसरी पुराइए विजेश्वरी , सुविधा त कतीकती ?

काठमाडौं । जो कसैले अनूभव गरेको नभए पनि देखेर, बुझेर त थाहा पाइहालीन्छ कि कारागारमा रहेको कैदीको दैनिकी कसरी बित्छ ?
सामान्यतया कैद बसेको व्यक्तिलाई भेट्न त्यती सजिलो छैन । आफ्नो पूर्ण परिचय खुल्ने नेपाल सरकारले दिएको आधिकारीक प्रमाण अर्थात नागरिकता वा राहदानी नभई कैद भुक्तान गर्दै गरेको व्यक्तिलाई कारागार प्रशासनले भेट गर्न दिन्न । भेट्न जाँदा कडा चेकजाँच हुन्छ अर्थात् सम्पूर्ण जिउ खानतलासी हुन्छ । यसरी भनौं आफूले लगाएको कपडा बाहेक कारागार प्रशासन र प्रहरीको स्वीकृती बेगर कागजको चिर्केटो पनि कैदी भेट्न जाने व्यक्तिले लैजान पाउँदैन । भेट्न जाने व्यक्तिले कैदमा बसेको व्यक्तिलाई दुई-चार हजार दिनु परेमा समेत त्यहाँ चेकजाँचका लागि बसेका प्रहरीलाई नै फलानालाई दिनू भनेर टिपाएर छाड्नु पर्छ । देखावटी रुपमा त खाना वा फलफूल लैजान समेत उस्तै कडाइँ गरिन्छ । तयारी खाना त आफूले प्रहरीकै सामुन्य चाखीसकेपछि मात्रै भित्र लैजाने अनूमती दिइन्छ । अरु के कुरा गर्नु मोटरसाइकलको चावी धरी भित्र छिराइँदैन ।
तर, कोही कसैले चाह्यो भने कारागार भित्र के छिर्दैन ? डिल्लीबजारस्थित सदरखोर कारागारमा यतीबेला दिपक मनाङ्गे अर्थात् राजीव गुरुङको निकै चहलपहल देखिन्छ । विगतमा त उनको डिल्लीबजार खोरमा ज्वाइँ बराबरकै व्यवहार हुन्थ्यो भने अहिले त भूपू प्रदेश मन्त्री, निलम्वित प्रदेश सांसद । यती भएपछि कारागारभित्र उनको शान मात्रै होइन, धेरैथोरै शासन पनि चल्ने नै भयो । कारागार स्रोतका अनुसार सुरापानका पारखी दिपकको इच्छा अनुसार प्राय:जसो विभिन्न व्राण्डको ह्विस्की, भोडका त कारागारभित्रै उपलब्ध हुन्छ नै, तारेका-पोलेका खसी-कुखुराको परिकार, सिंगैसिंगै कुखुराका सपेटाको स्वाद चपाईचपाई लिँदै दिपक अनी कारागार प्रशासनका दुई-चार हाकिम, प्रहरीका हाकिमले मस्ती मार्ने गरेको भए पनि कारागारका अन्य कैदीले भने उनीहरुले चपाउँदा आएको गन्ध सुँघुेर चित्त बुझाउनु पर्छ । जेलभित्र सामान्य कैदीलाई आगन्तुक भेटघाटमा समय तोकिए पनि दिपकका लागि त्यो सबै छुट छ । उसका लागि छुट्टै कोठा, जेलभित्रै विलासिताको जिवन बिताइरहेका उनले चाहेको जेसुकै होस्, सबै त्यहाँबाटै रिमोट स्टाइलले गरिरहेका हुन्छन् ।
अझै अस्ती २२ गते विहीबार त चार-पाँच जना प्रहरीको साथमा उनी स्वय्म्भूको विजेश्वरीस्थित घाटमा पनि देखा परे । सायद, आफूलाई अझै पनि शक्तिशाली छु भनेर देखाउन उनले त्यसो गरेको हुनुपर्छ । किरीयापुत्रीले दागबत्ति दिन बाहेक अन्य जतीसुकै नजिकको नातेदार वा सम्वन्धले समेत कैदमा रहेका बेला घाटमा उपस्थिति जनाउन नपाउने, नसक्ने अवस्थालाई दिपकले आफ्नो वास्तविक हैसियत देखाइदिएका छन् । सामान्य सम्वन्धको आफन्त मर्दा उनी घाट पुगेका थिए । तर, कारागार प्रशासनले भने दिपक घाटमा गएको बारे जानकारी नभएको बताएर आफ्नो गल्ती-कमजोरी ढाकछोप गरिरहेको छ । सायद, कारागारको रेकर्डमा उपचारको बहानामा उसलाई अस्पताल लगिएको लेखिएको हुनपर्छ ।
जेलमा कैदी जिवन बिताइरहेका व्यक्तिलाई जसो भने त्यसै सुविधा दिन मिल्छ र सरकार ?

Facebook Comments Box
सुरक्षा अभियान र घरभाडा प्रणालीमा प्रहरी सहकार्यको आवश्यकता
१२ घण्टा अगाडि

2.2kViews 303 Shares Share on Facebook Share on Twitter काठमाडौं उपत्यकामा हालै अघि सारिएको सुरक्षा अभियानले शान्ति–सुरक्षाको सुदृढीकरणमा नयाँ सम्भावना…

TOP
407 Shares