

जनकपुरधाममा मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु
जनकपुरधाम । मधेश प्रदेशको शान्ति–सुरक्षा मजबुत बनाउने उद्देश्यसहित मधेश प्रदेश गृह मन्त्रालय तथा सञ्चार तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा एकदिने प्रदेशस्तरीय सुरक्षा गोष्ठी आज धनुषाको जनकपुरधाममा सुरु भएको छ।
गोष्ठीको उद्घाटन मधेश प्रदेशका गृहमन्त्री ओमप्रकाश अर्यालले गर्नुभएको हो। उद्घाटन समारोहमा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रदेशस्तरीय प्रमुखहरू, नेपाली सेनाका रथी, प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो तथा संघीय गृह मन्त्रालयका गृह सचिव राजकुमार श्रेष्ठ, सहसचिव आनन्द काफ्ले लगायत सम्बन्धित मन्त्रालयका उच्च अधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
गोष्ठीमा मधेश प्रदेशको समग्र शान्ति–सुरक्षा अवस्थाको समीक्षा, खुला सीमाका कारण देखिएका सुरक्षा चुनौती, संगठित तथा सीमा अपराध नियन्त्रण, विपद् व्यवस्थापनमा सुरक्षा निकायको भूमिका तथा सुरक्षा संयन्त्रबीचको प्रभावकारी अन्तरसमन्वयका विषयमा विस्तृत छलफल भइरहेको छ।
आयोजकका अनुसार गोष्ठीबाट प्रदेशस्तरमा देखिएका सुरक्षा चुनौतीको पहिचान गर्दै व्यावहारिक समाधानका उपाय तय गर्ने, साथै सुरक्षा निकायबीचको सहकार्यलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ। गोष्ठीको निष्कर्षका आधारमा आगामी दिनमा शान्ति–सुरक्षा नीति तथा कार्ययोजना प्रभावकारी ढंगले कार्यान्वयन गर्ने तयारी गरिएको बताइएको छ।
समाज
थप सामाग्री-
दूरदर्शी नेतृत्वका धनी आईजीपी दानबहादुर कार्कीद्वारा रुपन्देहीका प्रहरी इकाइको निरीक्षण, प्रहरी कर्मचारी उत्साहित
-
एसएसपी कृष्ण कोइरालाद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निरीक्षण, प्रभावकारी अपराध अनुसन्धानमा जोड
-
डिआईजी विनोद घिमिरेद्वारा पदोन्नत प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सुशोभन, उत्कृष्ट कार्यसम्पादनको निर्देशन
-
एआईजी ईश्वर कार्कीद्वारा बिदाइ तथा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
-
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
“जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ” विशेष सडक सचेतना अभियान उपत्यकाभरि सुरु — एसएसपी सुरेश काफ्ले
१४ घण्टा अगाडि
1.4kViews 214 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन न्यूनीकरण गर्ने उद्देश्यसहित उपत्यका…



