प्रहरीमा ७ एसएसपी दुईमा दर्जन प्रतिस्पर्धी

काठमाडौं । नेपाल प्रहरीमा सात प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)को दरबन्दी रिक्त भएको छ ।केही समयअघि कर्णाली प्रदेश प्रहरी कार्यालयमा कार्यरत एसएसपी प्रकाश रानाभाटले दिएको राजीनामा स्वीकृत भएपछि रिक्त एसएसपीको संख्या सात पुगेको हो ।रिक्त एआईजी, डीआईजीमा बढुवा गरेसँगै अब एसएसपी बढुवाको तयारी सुरु गरिएको छ । प्राविधिकतर्फका दुई एसएसपीको दरबन्दी समेत जनपदतर्फ मिलान गरेर बढुवा गर्ने तयारी समेत गरिएको छ ।

यसका लागि गर्नेपर्ने संगठन व्यवस्थापन तथा सर्वेक्षण (ओएण्डएम) गर्नका लागि मन्त्री परिषद्ले समेत स्वीकृत दिएको छ । यो सँगै दरबन्दी मिलान गरेर मन्त्रीपरिषद्मा पठाउने बाटो समेत प्रहरी हेडक्वाटरले पाएको छ ।दरबन्दी मिलान भएपछि बढुवा गर्नेगरी तयारी अघि बढाइएको प्रहरी प्रधान कार्यालयको मानव स्रोत तथा प्रशासन विभागले जनाएको छ । यसअघि सशस्त्र प्रहरीले समेत दबरन्दी मिलान गर्दै तीन डीआईजी, एक एसएसपीको दरबन्दी थप गरेको थियो ।
रिक्त एसएसपी बढुवाका लागि करिब दुई दर्जन एसएसपीहरू प्रतिस्पर्धामा छन् ।
बढुवाका लागि भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेन्द्र प्रसाद काफ्ले, अमरेन्द्र बहादुर सिंह, श्याम सिंह चौधरी, नकुल पोख्रेल, पदमबहादुर बिष्ट छन् ।
त्यस्तै वासुदेव खतिवडा, प्रजित केसी, योगेन्द्र सिंह थापा, महेन्द्र कुमार श्रेष्ठ, दिलिप घिमिरे, वीरेन्द्रबहादुर शाही, राजकुमार सिलवाल, सुवास चन्द्र बोहरा, जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुन प्रसाल तिमिल्सिना र रमेश पण्डित छन् ।

Facebook Comments Box
आज बैशाख ३० गते बुधबार,यस्तो छ तपाईको राशिफल
१३ घण्टा अगाडि

2.9kViews 150 Shares Share on Facebook Share on Twitter मेष- शैक्षिक उन्नतिका अवसरहरू प्रशस्तै मिल्नेछन् । विवाहितहरुको दाम्पत्य जीवन सुखमय रहनेछ…

TOP
263 Shares