दान बहादुर कार्की : संक्रमणकालमा प्रहरी संगठनलाई नेतृत्व प्रदान गर्ने सक्षम व्यक्ति
सामान्यतया, देशको व्यवस्था नै परिवर्तन भएको वा राज्यले राजनीतिक संकटको सामना गरिरहेको अवस्थालाई संक्रमणकाल भनिन्छ। तर हाम्रो देशमा व्यवस्था परिवर्तन भएको १९ वर्ष पूरा भइसके पनि राज्य अझै संक्रमणकालीन रोगले मुक्त हुन सकेको छैन। यसको मुख्य कारण अस्थिर सरकार र अदूरदर्शी नेतृत्व नै हो।
यस्तो परिस्थितिमा राज्यको स्थायित्व र नागरिकको सुरक्षाको जिम्मा सुरक्षासंस्थाहरूले लिनुपर्ने हुन्छ—नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग। तर, सेनाले मौनता अँगालेको, सशस्त्र प्रहरी नागरिकमुखी हुन नसकेको र अनुसन्धान विभाग निर्णयहीन अवस्थामा अल्झिएको वर्तमान परिप्रेक्षमा नेपाल प्रहरी नै नागरिकको दैनिकीसँग प्रत्यक्ष रूपमा जोडिएको देखिन्छ।
तर, प्रहरी नेतृत्व चयनमा जब राजनीतिक गठबन्धनका नेताहरूको स्वार्थ मिसिन्छ, संगठनको निष्पक्षता कमजोर बन्न पुग्छ। “जुन जोगी आए पनि कानै चिरेको” भनेझैं, योग्यताभन्दा चाकरी र वफादारीका आधारमा प्रहरीको नेतृत्व तोकिने परम्पराले संगठनको पेशागत गरिमा नै कमजोर बनाउँदै आएको छ।
हालै नेतृत्व परिवर्तनसँगै नेपाल प्रहरीमा ३२औं महानिरीक्षकका रूपमा चन्द्र कुवेर खापुङ इतिहासमा दर्ज भएका छन्। यद्यपि, उनको कार्यकाल छोटो रहे पनि उनले आफ्नो समयावधिमा कुनै नेताको दबाबमा नझुकी संगठनको मर्यादा जोगाएका छन्—यही नै उनको सबैभन्दा ठूलो योगदान हो।
अब यही नेतृत्व संक्रमणको तयारीमा नेपाल प्रहरी उभिएको छ।
यस सन्दर्भमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दान बहादुर कार्की को नाम सर्वाधिक चर्चामा छ।
कार्की वर्तमान वरिष्ठतम अधिकारी हुन्, जसले संगठनभित्र व्यवसायिकता, शालीनता र जनमुखी दृष्टिकोणको उदाहरण प्रस्तुत गरेका छन्। राजधानीदेखि तराईसम्मका जिम्मेवारी वहन गर्दै उनले शान्ति सुरक्षा, अपराध नियन्त्रण र मानवस्रोत व्यवस्थापनमा सन्तुलित कमाण्ड क्षमताको प्रदर्शन गरेका छन्।
गुल्मीको मालिका गाउँपालिका–७ मा जन्मेका कार्कीले २०५४ साल चैत १८ गते निरीक्षकका रूपमा प्रहरी सेवामा प्रवेश गरेका थिए। चार हजार रुपैयाँ मासिक तलबबाट सुरु भएको उनको यात्रा आज प्रहरी संगठनभित्र नै एक प्रेरणादायी कथामा परिणत भएको छ।
सांगीतिक रुचि पनि उनको पहिचान हो—उनका केही गीतहरू बजारमा आएका छन्, जसमा एक गीत “प्रहरी” विषयमै समर्पित छ। तर, एआईजी कार्कीको वास्तविक परिचय उनको व्यावसायिकता, आत्मानुशासन, पारदर्शी सोच र देशभक्त नेतृत्व शैली हो।
उनले प्रहरी संगठनलाई सुधार, सुशासन र नवीन सोचको बाटोमा अघि बढाउने अभियानमा पहिले नै सक्रिय भूमिका निर्वाह गरिसकेका छन्। आन्दोलन, महामारी, र सामाजिक अस्थिरताको बेला पनि संयमता र विवेकपूर्ण निर्णयले प्रहरी संगठनलाई सशक्त र जनमुखी बनाउन उनी सफल ठहरिएका छन्।
त्यसैले, जेन–जी आन्दोलनपछि देश राजनीतिक रूपमा तनावपूर्ण र सामाजिक रूपमा संवेदनशील बनेको यो घडीमा दान बहादुर कार्की जस्तो संयमी, दृढ र व्यवहारिक नेतृत्वको आवश्यकता अझ बढेको छ।
विश्वसनीय स्रोतका अनुसार, आगामी सोमबार २४ गते मन्त्रिपरिषद्ले दान बहादुर कार्कीलाई नेपालको ३३औं प्रहरी महानिरीक्षक (आईजीपी) का रूपमा सिफारिस गर्ने तयारी गरेको छ, र २६ गते मध्यरातदेखि उनले नेपाल प्रहरीको कमाण्ड औपचारिक रूपमा सम्हाल्नेछन्।
संक्रमणकालीन नेतृत्वको यो जिम्मेवारी दान बहादुर कार्कीले पाए, भने प्रहरी संगठनमा “पारदर्शिता, अनुशासन र जनसेवा” को नयाँ अध्याय सुरु हुनेछ भन्ने अपेक्षा प्रहरी संगठनभित्र र बाहिर दुबैबाट उच्च स्तरमा गरिँदैछ।
समाज
थप सामाग्री-
गोरखा प्रहरी हिरासत मानव अधिकारमैत्री बन्यो,अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा स्तरोन्नति, बन्दीका लागि ओढ्ने–ओछ्याउनेदेखि तातो–चिसो पानीसम्मको सुविधा
-
मोरङमा हात्तीको आक्रमणबाट एक जना ठहरै
-
आश्रय सुधार केन्द्र रानीबारीमा प्रहरी श्रीमती संघकी अध्यक्ष नविना खत्री कार्कीलाई भव्य स्वागत
-
आज मंसिर २७ गते शनिबार, यस्तो छ तपाईको राशिफल
-
जहाँ गए पनि विवादमा लेखापाल अकलेश सहनी, धाेबिनीबाट सरुवा भएपनि बुझबुझारत गरेनन्
जुम्लामा चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता
१ दिन अगाडि
2.2kViews 442 Shares Share on Facebook Share on Twitter जुम्ला– यहाँ चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता भएका…



