

१५ बिरामीको हत्या गर्ने डाक्टरलाई आजीवन कारावास, थप ७६ मृत्युमा पनि अनुसन्धान

बर्लिन । जर्मनीका एक प्यालिएटिभ केयर (अन्तिम चरणका बिरामीको स्याहार गर्ने) डाक्टरलाई १५ जना बिरामीको हत्या गरेको अभियोगमा अदालतले आजीवन कारावासको सजाय सुनाएको छ।
बर्लिनको अदालतले गोपनीयता कानुनका कारण ‘जोहानेस एम’ नामले चिनिएका ४१ वर्षीय डाक्टरलाई सन् २०२१ सेप्टेम्बरदेखि २०२४ जुलाईसम्म १२ महिला र तीन पुरुषको हत्या गरेको ठहर गरेको हो। मृतकहरूको उमेर २५ देखि ९४ वर्षसम्म रहेको जनाइएको छ।
अभियोजन पक्षका अनुसार ती डाक्टरले बिरामीको घरमै पुगेर उनीहरूको सहमतिविना घातक औषधिको मिश्रण दिई हत्या गर्ने गरेका थिए। केही घटनामा अपराधको प्रमाण नष्ट गर्न पीडितको घरमा आगो लगाउने प्रयाससमेत गरिएको अदालतमा उल्लेख गरिएको छ।
अदालतमा उनले १२ बिरामीको हत्या स्वीकार गर्दै आफूले बिरामीलाई ‘दुःख र कमजोरीबाट मुक्ति दिलाउन’ यस्तो गरेको दाबी गरेका थिए। उनले पीडित परिवारसँग माफीसमेत मागेका छन्।
प्रहरीले भने ती डाक्टर अन्य ७६ वटा शंकास्पद मृत्युमा पनि संलग्न हुन सक्ने आशंकामा थप अनुसन्धान गरिरहेको जनाएको छ। ती घटनासमेत पुष्टि भए यो जर्मनीको इतिहासकै सबैभन्दा ठूलो शृंखलाबद्ध हत्याको घटना बन्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
अदालतले अपराधलाई अत्यन्त गम्भीर ठहर गर्दै उनलाई आजीवन कारावासको सजाय सुनाएको छ। साथै, सजाय पूरा भएपछि पनि आवश्यक परे नियन्त्रणमै राख्न सकिने आदेश दिँदै भविष्यमा कुनै पनि अवस्थामा चिकित्सा पेसा गर्न नपाउने गरी आजीवन प्रतिबन्ध लगाएको छ।
समाज
थप सामाग्री-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
-
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
-
देशभर मनसुनी प्रभाव : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
-
आजको राशिफल : यी राशिका व्यक्तिका लागि दिन शुभ रहनेछ
-
रुपन्देही प्रहरीमाथि सेटिङको आरोप, एसपी शाहीको भूमिका के ?
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१७ घण्टा अगाडि
1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…





