
सर्वोच्चको म्याद बुझ्न प्रहरी प्रधानकार्यालयको अस्वीकार, आईजीपी सचिवालयले देखायो भाषागत त्रुटि

काठमाडौं । सर्वोच्च अदालतको आदेशअनुसार जारी भएको म्याद बुझ्न नेपाल प्रहरी प्रधानकार्यालयले अस्वीकार गरेको छ। निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिटसँग सम्बन्धित म्याद तामेलीका क्रममा यस्तो घटना भएको हो।
प्रहरी महानिरीक्षक डा. मनोज केसीका नाममा जारी म्याद तामेली गर्न बिहीबार प्रहरी प्रधानकार्यालय पुगेका सर्वोच्च अदालतका कर्मचारीलाई आईजीपी सचिवालयले भाषागत त्रुटि देखाउँदै म्याद बुझ्न नमानेको स्रोतले दाबी गरेको छ।
कार्कीले आफूलाई प्रहरी महानिरीक्षक पदबाट हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उक्त रिटमाथि बुधबार सुनुवाइ गर्दै सर्वोच्च अदालतले अन्तरिम आदेशका सम्बन्धमा छलफल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र प्रहरी प्रधानकार्यालयलाई उपस्थित हुन आदेश दिएको थियो।
सोही आदेश कार्यान्वयनका लागि अदालतका कर्मचारी म्याद तामेली गर्न प्रहरी प्रधानकार्यालय पुगेका थिए। तर म्यादको भाषामा त्रुटि रहेको भन्दै आईजीपी सचिवालयले बुझ्न अस्वीकार गरेको स्रोतको भनाइ छ।
यद्यपि प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेले भने प्रहरी प्रधानकार्यालयमा सर्वोच्च अदालतबाट कुनै पत्र प्राप्त नभएको दाबी गरेका छन्। उनले भने, ‘सर्वोच्चबाट कुनै पनि पत्र आएको छैन।’
सर्वोच्च अदालतले कार्कीको रिटमा तत्काल अन्तरिम आदेश जारी नगरे पनि विपक्षी निकायहरूलाई छलफलका लागि उपस्थित हुन आदेश दिएको थियो।
अदालतको आदेशअनुसार म्याद तामेली गर्ने प्रक्रियामै विवाद उत्पन्न भएपछि प्रहरी प्रधानकार्यालयको भूमिकामाथि प्रश्न उठेको छ। न्यायिक प्रक्रियामा सहभागी हुनुपर्ने राज्यको जिम्मेवार निकायमै म्याद बुझ्ने विषय विवादित बनेपछि यसले कानुनी शासन, संस्थागत मर्यादा र अदालतको आदेशप्रतिको सम्मानबारे थप चासो सिर्जना गरेको छ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
सर्वोच्चको म्याद बुझ्न प्रहरी प्रधानकार्यालयको अस्वीकार, आईजीपी सचिवालयले देखायो भाषागत त्रुटि
-
न्यायमा अवरोध : राज्यशक्तिको दम्भ कि सर्वसत्तावादी मानसिकता?
-
आज हरिबोधनी एकादशी : तुलसी विवाहसँगै चतुर्मास समाप्त, शुभकार्यको ढोका खुल्दै
-
आज मंसिर ३ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
-
दानबहादुर कार्कीको रिटमा आज सर्वोच्चमा सुनुवाइ, न्यायाधीश पौडेलको इजलासमा पेसी
आजको राशिफल : मंसिर २ गते बुधबार, कुन राशिलाई कस्तो छ आजको दिन ?
२ दिन अगाडि
900Views 15 Shares Share on Facebook Share on Twitter मेष आज सिर्जनशीलता र प्रेम पक्ष बलियो रहनेछ। मनपर्ने काममा समय…





