पत्रकारको निष्पक्ष, तथ्यपूर्ण र साहसिक रिपोर्टिङको अपेक्षा गर्छौँ : आईजीपी कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरीले सञ्चारकर्मीबाट निष्पक्ष, तथ्यपूर्ण एवं साहसिक रिपोर्टिङको सदैव अपेक्षा गर्ने बताएका छन् ।

पत्रकार पक्राउ परेको घटनाको भोलिपल्ट शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आईजीपी कार्कीले संवेदनशील समयमा नागरिकलाई सही समयमा सही सूचना सम्प्रेषण गर्न सञ्चारकर्मीको महत्त्वपूर्ण भूमिका रहने बताएका हुन् ।

उनले भनेका छन्, ‘संवेदनशील समयमा नागरिकलाई सही समयमा सही सूचना सम्प्रेषण गर्दै क्षति न्यूनीकरण गर्न सञ्चारकर्मी साथीहरूको महत्त्वपूर्ण भूमिका रहन्छ। नेपाल प्रहरीले सञ्चारकर्मी साथीहरूको निष्पक्ष, तथ्यपूर्ण एवं साहसिक रिपोर्टिङको सदैव अपेक्षा गर्दछ।’

सञ्चारकर्ममा कुनै पनि प्रकारको बाधा नपरोस् भन्ने विषयमा नेपाल प्रहरी प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले सञ्चारकर्मीलाई हरसम्भव सहयोग गर्ने बताएका छन् ।

‘सञ्चारकर्ममा कतै, कुनै पनि प्रकारको बाधा नपरोस् भन्ने कुरामा हरसम्भव सहयोग गर्न नेपाल प्रहरी दृढ प्रतिबद्ध छ,’ उनले लेखेका छन् ।

त्यसैगरी, विपद्बाट जनधनको सुरक्षा गर्ने कार्यमा नेपाल प्रहरी दत्तचित्त भएर सधैँझैँ आफ्नो मूल दायित्व पूरा गर्न क्रियाशील रहने पनि आईजीपी कार्कीले स्पष्ट पारेका छन् ।

पत्रकार पक्राउको घटनापछि आईजीपी कार्कीको यो अभिव्यक्तिलाई सञ्चारकर्मप्रति प्रहरीको अपेक्षा र सहकार्यको प्रतिबद्धताका रूपमा हेरिएको छ।

Facebook Comments Box
आईजीपी कार्कीको समर्थनमा प्रहरी नेतृत्व एकजुट, प्रधानमन्त्रीलाई सामूहिक भेट्ने प्रस्तावले पीसीसी बैठकमा तरंग
१ दिन अगाडि

2.5kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि राजीनामाको दबाब सिर्जना भएको…

TOP
30 Shares