

कोदारीमा सडक भासिँदा तातोपानी नाका पुनः ठप्प

8.0kViews
370
Shares
सिन्धुपाल्चोक । अविरल वर्षापछि अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको कोदारीस्थित इको क्षेत्रमा सडक भासिँदा नेपाल–चीन जोड्ने तातोपानी नाका सोमबारदेखि पुनः अवरुद्ध भएको छ।
इलाका प्रहरी कार्यालय कोदारीका अनुसार करिब दुई मिटर सडक भासिएपछि सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ। निरन्तर वर्षा र माथिबाट बगिरहेको लेदोका कारण सडक मर्मत तथा खुलाउने कार्यसमेत प्रभावित भएको प्रहरीले जनाएको छ।
सडक डिभिजन कार्यालयले मर्मतको प्रयास गरिरहेको भए पनि प्रतिकूल मौसमका कारण काममा कठिनाइ भइरहेको छ। केही साना चारपांग्रे सवारी र मोटरसाइकललाई भने ठेलेर पहिरो क्षेत्र पार गराइएको प्रहरीले जनाएको छ।
Facebook Comments Box
समाज
थप सामाग्री-
सेनाको बन्दोबस्ती खरिदमा प्रश्नै प्रश्न : ५४ करोडको चुस्ता–डीएमएस बुटमा ‘भुक्तानी’ विवाद
-
पुसपछि नेपाल प्रहरीमा बढुवाको ‘ठूलो ढोका’ खुल्दै, डीएसपीसहित ३८ इन्स्पेक्टर बढुवाको तयारी
-
देशभर मनसुनी प्रभाव : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
-
आजको राशिफल : यी राशिका व्यक्तिका लागि दिन शुभ रहनेछ
-
रुपन्देही प्रहरीमाथि सेटिङको आरोप, एसपी शाहीको भूमिका के ?
बालबालिकाको पीडामाथि ‘रिहाब’को व्यापार ! कपनको अँध्यारो खेलमाथि राज्यले अब आँखा खोल्नैपर्छ
१८ घण्टा अगाडि
1.1kViews 15 Shares Share on Facebook Share on Twitter कपनमा उठेको ‘रिहाब सेन्टर’ सम्बन्धी विवादलाई सामान्य प्रशासनिक विषय ठानेर पन्छाउने…





