प्रहरीमाथि आक्रमण, हतियार लुटपाट र अस्पताल तोडफोडदेखि अवैध असुलीसम्मका आरोप; गुण्डा नाइकेसँगको सम्बन्ध र राजदूत बन्ने लबिङले विवादमा खगेन्द्र सुनार!

काठमाडौँ। साउदी अरबका लागि प्रस्तावित राजदूत गिरी बहादुर सुनारविरुद्ध दर्जनौँ गम्भीर प्रकृतिका आरोपसहित उजुरी परेका छन्। सरकारले विभिन्न देशका लागि सिफारिस गरेका राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया चलिरहँदा सुनारविरुद्ध विभिन्न उजुरी परेका हुन् ।

उजुरीमा प्रस्तावित राजदूत सुनार सांसद तथा अभियन्ता खगेन्द्र सुनारको पार्टनर भएको र उनीहरु दर्जनौँ आपराधिक गतिविधिमा संलग्न रहेको दाबी गरिएको छ ।

अवैध असुली र आर्थिक हिनामिनामा लिप्त खगेन्द्र 

उजुरीमा खगेन्द्र सुनारले दलित आन्दोलनको नाममा स्वदेश तथा विदेशबाट १० करोडभन्दा बढी रकम अवैध रुपमा असुली गरेको र उक्त कालो धनको सम्पूर्ण व्यवस्थापन प्रस्तावित राजदूत गिरी बहादुर सुनारले गर्दै आएको दाबी गरिएको छ ।असुलिएको अवैध रकम सांसद सुनारकी श्रीमती सीता गुरुङ, भाइ सुनिल सुनार लगायत परिवारका अन्य सदस्यहरुको विभिन्न बैंक खातामा राख्ने गरिएको उजुरीमा दाबी गरिएको छ ।यसैगरी हाल सामाजिक सञ्जालमा छरपस्ट एक भिडियोको विषयमा जनरक्षाले सञ्जालमा बोलेका सुनारा थरका एकजना सँग सम्पर्क गर्दा उनले भने ” खगेन्द्रले दलितको नाममा विभिन्न एनजीओ ,आइएनजीयो बाट करोडौं रुपैयाँ ठगेका पाइएको छ। अझ अगाडि बढ्दै सुनारा भन्छन ” खगेन्द्रबाट पिडित भएका धेरै दलित साथीहरु रहेको बुझिन आएको छ ।सायद कानुनी बाटोमा जालान ।

सांसद र एआईजी बनाउने नाममा करोडौं असुली

सांसद र एआईजी बनाउने नाममा पद किनबेच र प्रहरीको उच्च तहको बढुवामा समेत देखिएको दाबी उजुरीमा गरिएको छ । खगेन्द्र सुनारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद बनाइदिने भन्दै चक्रमान विश्वकर्माबाट ५० लाख रुपैयाँ असुलेको आरोप छ ।

त्यस्तै, नेपाल प्रहरीका हालका एआईजी डम्बर बहादुर विकलाई डीआईजीबाट एआईजीमा बढुवा गराउन खगेन्द्र र गिरीले रकम लिएको आरोप उजुरीमा उल्लेख छ ।

सुरुमा ५० लाख माग गरिएकोमा पछि ३३ लाख रुपैयाँ लिएर एआईजीमा बढुवा गराइएको दाबी पनि उजुरीमा गरिएको छ ।

अदालतबाटै प्रमाण गायब पारेपछि ….

प्रस्तावित राजदूत गिरी बहादुर सुनारले आफ्नो शक्ति र पहुँचको दुरुपयोग गर्दै अदालतबाट प्रमाण नै नष्ट गरेको उजुरीमा दाबी गरिएको छ ।

जिल्ला अदालतमा खगेन्द्र सुनारविरुद्ध चलिरहेको विद्युतीय कारोबार सम्बन्धी मुद्दामा अधिवक्ता मनिषा गौतमले पेस गरेको ३ घण्टा लामो अडियो प्रमाणलाई गिरीकै सेटिङमा गायब पारी त्यसको सट्टा ३ मिनेटको मात्र अडियो राखिएको उजुरीमा उल्लेख छ ।काभ्रेपलान्चोक जिल्ला स्थायी घर भएका अधिवक्ता मनिषा गौतमले सो कुरा सामाजिक सञ्जालबाट पनि बताउँदै आइरहेकी छिन।

जबरजस्ती करणी, प्रहरीमाथि आक्रमण र हतियार लुटपाटको शृङ्खला 

प्रस्तावित राजदूत सुनार र सांसद सुनारमाथि गम्भीर फौजदारी अपराधको समेत आरोप लगाइएको छ ।

खगेन्द्र सुनारले एक १८ वर्षीय बालिकालाई रोजगारीको प्रलोभनमा पारेर पटक-पटक जबरजस्ती करणी गरेको र अवैध गर्भपतन समेत गराएको उजुरीमा दाबी गरिएको छ ।

यसैगरी, बानेश्वर प्रहरी वृत्तको हिरासतमा रहँदा खगेन्द्र सुनार र केशव नेपालीले ड्युटीमा रहेका प्रहरीलाई कुटपिट गरी पेस्तोल नै लुटेर भागेको विवरण पनि उजुरीमा उल्लेख छ । सो कुरा खगेन्द्रले पछि एउटा पोडकास्टमा आफैँले स्वीकार गरेको समेत उजुरीमा उल्लेख छ ।

गुण्डा नाइके गणेश लामालाई हतियारको रुपमा प्रयोग देखि  राजदूत बन्न अनुचित लबिङ

ठगी गरेको पैसा फिर्ता माग्ने वा आफूहरुविरुद्ध बोल्नेलाई उनीहरुले गुण्डा नाइके गणेश लामामार्फत तर्साउने र धम्क्याउने गरेको पीडितहरुको भनाइ छ ।

यस्तो गम्भीर आपराधिक पृष्ठभूमि भएका गिरी बहादुर सुनारलाई राजदूत बनाउन खगेन्द्र सुनार र ओसो तपोवन धाउने एक गुटले मन्त्रालयमै पुगेर अनुचित दबाब र लबिङ गरेको उजुरीमा खुलाइएको छ ।

साथै कुनै कूटनीतिक क्षमता नै नभएका उनलाई राजनीतिक भागबण्डाको आधारमा सिफारिस गरिएको दाबीसमेत उजुरीमा गरिएको छ ।

उजुरीमा आपराधिक पृष्ठभूमि, नैतिकताको अभाव र गुण्डागर्दीमा संलग्न व्यक्तिले देशको प्रतिनिधित्व गर्दा अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि बिग्रिने भन्दै यी आरोपहरुको निष्पक्ष छानबिन गरी सुनारलाई राजदूत पदमा अनुमोदन नगर्न माग गरिएको छ।

सवारी चालक खगेन्द्र बाटै पिटिएकी थिइन मन्त्री कमला

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र ,नेपाली काङ्ग्रेस र समाजवादी पार्टीको गठबन्धनबाट -राजेन्द्र पाण्डे मुख्य मन्त्रीको नेतृत्वमा बनेको सरकारको पालामा नुवाकोटको कमला नेपाली बागमती प्रदेशको राज्यमन्त्री थिइन।नेपाली काङ्ग्रेसको कोटाबाट कमला नेपाली बागमती प्रदेशको राज्यमन्त्री भएपछि खगेन्द्र सुनार उनलाई भेट्न पुगेका थिए।सोर्तका अनुसार खगेन्द्रको रुवावासी देख्न नसकेर सुनारलाई आफ्नै सवारी चालकको जिम्मेवारी दिएकी थिइन।सवारी चालकको भुमिका निर्वाह गरेको केहिदिन पछिनै उदण्ड स्वभावका खगेन्द्रले मन्त्री कमला नेपालीको भावना विपरीत गतिविधि देखाउन थाले।सोर्तका अनुसार एकदिन खगेन्द्रले मन्त्री कमलालाई गाडीमा चढाइ,मन्त्री सवार गाडीको झण्डा छोप्दै काठमाडौं उपत्यकाको रिङरोडमा पिट्दै चक्रपथ घुमाएका थिए।खगेन्द्रको पिटाइबाट शिथिल मन्त्री कमलाले नेपाल प्रहरीको कल साइन हट नम्बर १०० मा सम्पर्क गरेपछि काठमाडौको प्रहरी बृत स्वयंम्भुले उद्दार गरेको बताइन्छ ।मन्त्री कमलालाई स्वयंम्भु बृतले उद्दार गरेपछि उनका घरपरिवारका व्यक्ति आइ सुनारलाई चौकी भित्रै रामधुलाइ गरेको बताइन्छ ।सुनारले रामधुलाई पिटाई खाएपछि आफुलाई देवी आएको नाटक मञ्चन गर्दै थरथर कामेको भिडियो हाल सामाजिक सञ्जालमा छरपस्ट भएको छ।यस विषयमा बागमती प्रदेशको पुर्व राज्यमन्त्री कमला नेपाली सँग सम्पर्क गर्दा समाचार तयारी गर्ने अबस्था सम्म फोन उठेन।

अस्पताल तोडफोड देखी चिकित्सक माथि हमला

उदण्ड स्वभावका खगेन्द्र सुनारले २०८२ असार ७ गते सुर्खेतको गुर्भाकोट नगरपालिका–६ स्थित मेहेलकुना अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार, स्वास्थ्य संस्था तोडफोड तथा स्वास्थ्यकर्मीमाथि हातपात गरेको थिए।

अन्ततः अपराधै अपराधको दुनियाँमा भिजेका माननीय खगेन्द्र माथि संसदीय सुनुवाइ समितिमा उजुरी 

सुनारको राजनीतिक पृष्ठभूमि पनि विभिन्न राजनीतिक तथा सामाजिक संगठनसँग जोडिएको देखिन्छ। विगतमा नेपाली कांग्रेसनिकट तरुण दल तथा दलित पत्रकारसँग सम्बन्धित संगठनमा काम गरेको पृष्ठभूमिबाट उनले दलित अधिकारको नाममा ब्रम्हलुट मच्चाएको उजुरीमा देखिन्छ।

खगेन्द्र  सुनार विरुद्ध संसदीय सुनुवाइ समिति (संयुक्त)
संघीय संसद् सचिवालयमा परेको उजुरीको विवरण यस्तो छ :

श्रीमान् सभापतिज्यू,
संसदीय सुनुवाइ समिति (संयुक्त)
संघीय संसद् सचिवालय
सिंहदरबार, काठमाडौं।

विषय: साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारजीको नियुक्तिसम्बन्धमा तथ्य, पृष्ठभूमि तथा विगतका घटनाहरूको निष्पक्ष छानबिन गरी आवश्यक निर्णय गरिपाऊँ।

महोदय,

नेपाल सरकारबाट साउदी अरबका लागि प्रस्तावित राजदूतका रूपमा गिरीबहादुर सुनारजीको नाम सिफारिस भई संसदीय सुनुवाइको प्रक्रियामा रहेको जानकारी प्राप्त भएको छ। सार्वजनिक पदमा नियुक्ति हुने व्यक्तिको व्यक्तिगत तथा व्यावसायिक पृष्ठभूमि, आचरण, विगतका विवाद तथा सार्वजनिक जिम्मेवारीसँग सम्बन्धित गम्भीर विषयहरूको निष्पक्ष परीक्षण हुन आवश्यक भएकाले यो निवेदन पेस गर्दछु।

म कुनै व्यक्तिलाई पूर्वाग्रहपूर्वक दोषी ठहर गर्ने उद्देश्यले यो निवेदन पेस गरिरहेको छैन। मैले प्रत्यक्ष रूपमा जानकारी पाएका तथा मेरो जानकारीमा रहेका केही गम्भीर विषयहरू सम्बन्धित निकायबाट स्वतन्त्र, निष्पक्ष र प्रमाणमा आधारित रूपमा जाँच गरियोस् भन्ने मेरो मुख्य माग हो।

१. गिरीबहादुर सुनारजी सँग को भेट र पिडित नाम परिवर्तन  बन्दना भण्डारी माथि गरिएको यातना र धम्कीको विवरण :

करिब सन् २००४ देखि म ओशो तपोवनमा ध्यान गर्न जान्थेँ। त्यसै बेला ओशो तपोवनले आयोजना गरेको ऋषिकेश शिविरमा जाँदा बन्दना भण्डारीसँग भेट भयो। त्यसै क्रममा मैले गिरीबहादुर सुनारजी र उहाँकी श्रीमतीसँग पनि परिचय भएको थियो। हामी ओशो सन्यासीहरू पुरुषलाई ‘स्वामीजी’ अनि महिलाहरूलाई ‘माजी’ भन्ने चलन छ।

यसैबीचमा सन् २००९ को आसपासमा बन्दना भण्डारी र गिरीबहादुर सुनारजीबीच ओशो तपोवनमा भेटघाट हुन थालेको थियो। त्यस समयमा उहाँहरू प्रायः पुरानो शेर्पा मलको बाहिर भेट्ने गर्नुहुन्थ्यो। उहाँहरूको सम्बन्धबारे मलाई खासै थाहा थिएन। मैले सोचेको थिएँ, उनीहरू ओशो सन्यासी मात्र हुन्।

त्यसबेला तपोवनबाहेक शेर्पा मलमा भेट्दा जहिले पनि गिरीबहादुर सुनारजीले आफू आफ्नो वैवाहिक जीवनबाट अत्यन्त पीडित रहेको, श्रीमतीले आफूलाई चिथोर्ने, पिट्ने तथा दुःख दिने गरेको बताउने गर्नुहुन्थ्यो। उहाँले आफू अत्यन्तै मानसिक तथा आर्थिक समस्यामा रहेको, घरमा बस्न नसकेको, ससुरालीमा बसिरहेको र आफ्नो जीवन समाप्त भएको भन्नुहुन्थ्यो।

त्यतिबेला उहाँ स्वामी आनन्द अरुणको कन्स्ट्रक्सन कम्पनी Building Design Authority (BDA) मा मोटिभेटरको रूपमा काम गरिरहनुभएको थियो। हामीले उहाँलाई बच्चासमेत भएकाले आफ्नो वैवाहिक सम्बन्धबारे गम्भीर रूपमा सोच्न आग्रह गर्दा उहाँले आफू श्रीमतीसँग एक सेकेन्ड पनि बस्न नसक्ने बताउनुहुन्थ्यो। बन्दनाजीले उहाँको अवस्था देखेर मानवीय रूपमा सहयोग गर्नुभएको थियो।

गिरीबहादुर सुनारजी समक्ष आफ्नी श्रीमतीबारे निरन्तर नकारात्मक कुरा गर्ने, सम्बन्ध तोड्ने तथा अलग बस्ने बताउने गर्नुहुन्थ्यो। गिरीबहादुर सुनारजीले बन्दनाजीलाई आफ्नी श्रीमतीसँग बस्न नसक्ने, सम्बन्ध तोड्ने तथा अलग बस्ने बताउँदै हुनुहुन्थ्यो। बन्दनाजीले उहाँलाई माया गरेर सहयोग गर्नुभएको थियो। केही महिनापछि गिरीबहादुर सुनारजी अलग बस्न थाल्नुभयो र भाडामा सुत्ने गरेको अवस्थामा मुस्किलमा परेको कुरा आएपछि बन्दनाजीले आफ्नो पुरानो खाट, दराज, टेबललगायतका सामानसमेत उहाँलाई दिनुभएको थियो।

क्रमशः उहाँहरूको मित्रता घनिष्ठ हुँदै गएको र करिब सन् २०१० को अन्त्यतिर उक्त सम्बन्ध प्रेमसम्बन्धमा परिणत भएको थियो। सन् २०१२ को कुरा हो, बन्दनाजीको श्रीमान् झन्डै १८ वर्षपछि USA बाट आफ्नी श्रीमतीलाई लिन नेपाल आउनुभएको थियो। त्यसअघि गिरीबहादुर सुनारजीसँग घनिष्ठ सम्बन्ध कायम भइसकेको थियो। तर बन्दनाजीले उहाँलाई USA जानेभन्दा सुनारजीले ‘तिमी जाऊ अनि मलाई बोलाऊ’ भनेर फकाउनुभएको थियो।

बन्दनाजी यो कसरी हुन्छ? किनकि सुनारजीले आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद नै गरेको थिएन, कानुनी रूपमा कसरी जाने त भन्दा ‘म मिलाउँछु नि’ भनेर बन्दनाजीलाई आश्वस्त पार्नुभएको थियो। छोरी जन्मिएपछि सुनारजीले आफू USA आउने, छोरीको बाबुको नाम आफ्नो राख्नुपर्ने, श्रीमान्सँग सम्बन्धविच्छेद गर्नुपर्ने जस्ता कुरा फोनमा रातभरि भनिरहने गरेको कुरा बन्दनाजीले मलाई बताउनुभएको थियो।

हरेक दिन गिरीबहादुर सुनारजीले राति मदिरा सेवन गरी बन्दनाजीलाई र उहाँको श्रीमान्लाई ‘गाली गर्छु, घाँटी छिनाइदिन्छु’ भनेर सताउने गरेको र बन्दनाजीलाई चाहिँ ‘तँ आत्महत्या गर’, ‘समुद्रमा हाम फाल’ भनेर यातना दिएको कुरा बन्दनाजीले भन्नुभएको थियो।

यसरी सुनारजीले आफ्ना श्रीमान्लाई मनपरी गालीगलौज र धम्की दिएको देखेर बन्दनाजीले आफ्ना श्रीमान्सँग सम्बन्धविच्छेद गरी नेपाल आउने निधो गरेर नाबालिक छोरीको पासपोर्ट बनाउन जाँदै गर्दा मलाई सम्झेर मदत माग्न मेरो फेसबुकको मेसेन्जरमा मेसेज लेख्नुभयो, जुन अत्यन्तै गम्भीर मेसेज थियो। उहाँले आफू समुद्रको बीचमा रहेको, छोरीसहित समुद्रमा हाम फालेर मर्न मन लागेको र आफूलाई संसारमा बाँच्न मन नै नभएको ‘म त छोरीसहित मर्छु’ भनेर मलाई लेख्नुभएको थियो।

त्यो मेसेन्जरमा मेसेज पाएपछि म धेरै आत्तिएँ र मैले भनेँ, ‘तिमी केही नगर है, मेरो कसम।’ त्यसपछि मैले सुनारजीका साथीहरू तथा परिचितहरूमार्फत उहाँको सम्पर्क नम्बर खोजेँ। पछि नम्बर प्राप्त भएपछि मैले सुनारजीलाई फोन गरी यस्तो गम्भीर अवस्था किन सिर्जना भएको हो भनेर सोधेँ।

सुनारजी मसँग झर्किँदै ‘तपाईंलाई के मतलब?’ ‘मलाई जे गर्न मन लाग्छ, त्यो गर्छु। मेरो र बन्दनाजीको बीचमा नआइजा’ भनेर मुख छाडी मलाई गाली गर्नुभयो। अनि मैले भनेँ, ‘तपाईंले एउटा सुत्केरी महिला र उहाँका श्रीमान्लाई यातना र धम्की दिइरहनुभएको छ।’ भन्दा सुनारजीले फोन काटिदिनुभयो। मैले फेरि सम्पर्क गर्न खोज्दा उहाँ फेरि झर्केर मुख छाड्नुभयो।

अनि मैले ‘म प्रहरीकहाँ जान्छु’ भनेपछि सुनारजीले मलाई रातभरि पटकपटक फोन गर्नुभयो। मैले त्यसलाई मानसिक दबाब तथा हैरानीका रूपमा अनुभव गरेकाले भोलिपल्ट म जावलाखेलस्थित महिला तथा बालबालिका सेवा केन्द्रमा गएर उजुरी गरेँ। त्यहाँ मैले निवेदन लेखेँ। त्यसपछि मैले सम्बन्धित प्रहरी अधिकारीलाई भेटेर बन्दनाजीको अवस्था, उहाँले प्राप्त सन्देश तथा गिरीबहादुर सुनारजीबाट भएको भनिएको महिलामाथिको हिंसा, यातना र धम्कीबारे जानकारी गराएकी थिएँ। त्यससम्बन्धमा प्रहरीले आवश्यक प्रक्रिया अगाडि बढाएको थियो। बन्दनाजीलाई Post-Partum Depression भएकोले औषधि सेवन गरिरहनुभएको थियो, जुन आजसम्म पनि निरन्तर रूपमा डिप्रेसनको दबाइ खाँदै हुनुहुन्छ।

यो घटना सन् २०१३ फेब्रुअरीमा भएको थियो। प्रहरीको पहलमा गिरीबहादुर सुनारजीलाई बोलाइएको थियो र उहाँसँग घटनाबारे सोधपुछ गरिएको थियो। त्यस समयमा बन्दनाजीसँग सम्बन्धित व्यक्तिगत तथा गोप्य फोटोहरूसहित मेसेजहरू राखेर एउटा फाइल (डायरी) तयार गरिएको थियो। उक्त सामग्री प्रहरीसमक्ष ल्याइएको थियो।

उक्त सामग्री हेर्दा अभद्र लेख तथा गोप्य फोटोहरूको सङ्ग्रह थियो। प्रहरीले यस्तो फाइल (डायरी) कसले कसलाई पठाउनुभयो भनी सोध्दा सुनारजीले गल्ती स्वीकार गर्दै आफूले यस्तो फाइल बन्दनाजीका श्रीमान्, सासूससुरा, देवरदेवरानीलगायत दिदी, भेना तथा ओशो सन्यासीहरूलाई समेत पठाएको बताउनुभएको थियो। सम्बन्धित प्रहरी अधिकारीले महिलाको व्यक्तिगत तथा गोप्य सामग्री अरूलाई देखाउने वा पठाउने कार्यप्रति गम्भीर आपत्ति जनाउनुभएको थियो। यसबाट बन्दनाजीलाई सामाजिक रूपमा तिरस्कार तथा मानसिक रूपमा अत्यन्त पीडादायी अवस्था सिर्जना भएको थियो।

त्यस कार्यालय कक्षमा बसेर गिरीबहादुर सुनारजीले बन्दनाजीलाई कुनै धाकधम्की, यातना, दुर्व्यवहार, हिंसा नगर्ने, उहाँका परिवारका सदस्यहरूलाई फोन नगर्ने, सम्पर्क नगर्ने तथा त्यस्ता गतिविधि नगर्ने भनी प्रहरीसमक्ष सहीछाप गरी कागज बनाएको थियो। त्यो कागज महिला तथा बालबालिका सेवा केन्द्र, जिल्ला प्रहरी परिसर, ललितपुरमा सुरक्षित छ।

२. ३ जनवरी २०२० मा नाबालिका छोरीको भिडियो आमाको अनुमति नलिई YouTube मा अपलोड गरेको सन्दर्भमा

सन् २०१३ तिर नै बन्दनाजीलाई डरधम्की दिएर नाबालिका छोरी देखाऊ भनेकोले बन्दनाजीले Video Call मार्फत देखाउनुभएको रहेछ। त्यसबेला नै गिरीबहादुर सुनारजीले भिडियो बनाएको रहेछ, जुन कुरा हामीलाई सन् २०१३ मा प्रहरी थानामा लैजानुअघि थाहा भएन। तर पछि सुनारजीले सात वर्षपछि ३ जनवरी २०२० मा बन्दनाजी र उहाँकी नाबालिका छोरीसँग सम्बन्धित भिडियो बनाएर YouTube मा ‘मेरो छोरी बन्दनाजीले USA मा लुकाएर राखेकी छ’ भन्ने भावनात्मक सूचना प्रवाह गरेर अपलोड गर्नुभएको थियो।

त्यसपछि त्यही राति मलाई बन्दनाजीले फोन गरेर ‘लौ न, मेरो जिन्दगी बर्बाद भयो, म कसरी बाँच्ने, प्लीज अंशु, त्यसलाई त्यो भिडियो डिलिट गर्न लगाइदेऊ’ भन्नुभएकोले मैले फेरि भोलिपल्ट नै गिरीबहादुर सुनारजीलाई पुनः प्रहरीसमक्ष लगेको थिएँ। त्यसबेला गिरीबहादुर सुनारजी लगायत उहाँकी श्रीमती रिमा बी.के., टेकनारायण भट्टाराई तथा ओशो सन्यासी अर्जुन पाण्डेले धेरै माफी मागेकोले त्यो भिडियो प्रहरीसमक्ष डिलिट गर्न लगाइएको थियो।

यसअघि नै बन्दनाजीको अवस्था र उहाँमाथि भएको भनिएको यातनाबारे सम्बन्धित प्रहरी अधिकारीलाई जानकारी गराएकी थिएँ। त्यसपछि पनि मैले यस विषयमा आवश्यक पहल गरेकी थिएँ।

यस निवेदनमा उल्लिखित विषयहरूका सम्बन्धमा सम्बन्धित निकायबाट आवश्यक छानबिन गरी सत्यतथ्य पत्ता लगाइयोस् भन्ने मेरो माग छ।

सम्बन्धविच्छेद गरी अलग बसेको, जसले गर्दा जर्मनी मा कागजी विवाह गर्न सजिलो होस भनेर हामीलाई भन्नुहन्थ्यो। उहाँ जर्मनीबाट नेपाल ल्याउने क्रममा जर्मन प्रहरीले हत्कडी लगाएर नेपालसम्म ल्याएको, त्यसपछि नेपालमा सम्बन्धित निकायलाई हस्तान्तरण गरिएको कुरा सबैसमक्ष तपोवनमा र व्यक्तिगत रूपमा बन्दनाजी समक्ष पनि भन्नुहुन्थ्यो।

यस विषयमा मैले जर्मन दूतावास, काठमाडौँमा समेत लिखित रूपमा जानकारी मागेकोमा उक्त दूतावासबाट सरकारी निकायहरुले प्रकाशित वा साझा नगर्ने” भनी मलाई इमेलमार्फत जवाफ प्राप्त भएको जानकारी दूतावासबाट यूरोपेली तथ्याङ्क संरक्षणसम्बन्धी नियमहरुको सन्दर्भमा यस्तो प्रकारको सूचना जर्मन गराउँछ । उक्त इमेलसमेत यस निवेदन/उज्रीसाथ पेस गरेको छ। त्यसैले सत्यतथ्य पत्ता लगाई त्यसको प्रमाणमा आधारित परीक्षण हुनुपर्छ भन्ने मेरो माग हो।

अबदेखि बन्दनाजी सँग सम्बन्धित केही क्रियाकलाप गर्ने छैन भनी माफी मागी प्रहरी समक्ष सहीछाप गरी कागज बनाएको थियो। त्यस दिन गिरीबहादुर सुनारजी ले भित्तामा आफ्नो दाहिने हात हानेर भाँचेकोले त्यस दिन उहाँले सम्झौता पत्रमा औंठाको छाप लगाएको जानकारी दिन चाहन्छ। यसरी मैले उहाँलाई महिलामाथि घोर अन्याय, यातना र हिंसा गरेबापत दई पटक प्रहरी चौकी लानपरेको थियो। प्रहरी चौकीमा भएको सहमतिको कागज पेस गरेको छु।

३. १५ अगस्ट २०१५ को कान्तिपुर साप्ताहिकमा जातीय मुद्दा बनाएर भ्रमात्मक सूचना फैलाइएको

१५ अगस्ट २०१५ मा कान्तिपुर साप्ताहिकमा गिरीबहादुर सुनारजीले अन्तर्वार्ता दिएका थिए। त्यसमा उहाँ दलित भएकोले बाहुन भण्डारी को छोरीले मलाई हेपेर विवाह गरेन र मेरो बच्चा लिएर USA गएको र मलाई नदिएको भनेर जातीय विभेट फैलाएको र भ्रमात्मक सूचना प्रवाह गरेको कुरा यस समितिलाई जानकारी दिन्छ। त्यसबेला केही ओशो सन्यासीले ‘के गरेको” अबदेखि बन्दनाजी को बारेमा केही भन्दिनँ भनेर भनेको होइन २०१३ मा प्रहरीमा गरेको मिलापत्र पनि गम्भीरसँग नलिएको र यसले पछि तपाईंलाई ठूलो असर पर्छ भनेर पनि ओशो संन्यासीहरूले सम्झाएका थिए। यसरी सम्झाउँदा पनि गिरी सुनारले “मेरो मर्जी” भनेर टालिदिनु भयो भन्ने ओशो सन्यासीहरूले भन्नुभएको थियो। यस कारणले सुनारजीले पटक पटक बन्दनाजी अर्थात् एउटा महिलामाथि यातना गरी जातीय हिंसा, महिला माथि हिंसा गर्न छोड्नु भएन। त्यस अन्तर्वार्ताको स्क्रिनसट मैले पेस गरेको छु।

अन्ततः, यी सबै घटना तथा प्रमाणहरूले पुष्टि गर्छन् कि गिरीबहादुर सुनारजीले ती महिला तथा उहाँको परिवारलाई बारम्बार मानसिक यातना दिने, हिंसा गर्ने र उहाँको इज्जत तथा प्रतिष्ठामा आँच पुऱ्याउने कार्य कार्य निरन्तर रूपमा सन् २०२० सम्म गर्दै आएका थिए। सन् २०१३ मा उहाँलाई महिला तथा बालबालिका सेवा केन्द्र जावलाखेल प्रहरी चौकी लगेर आफूले अब देखि बन्दनाजीको विरुद् केही गर्ने छैन भनी नेपाल प्रहरीसमक्ष हस्ताक्षर गरेपछि पनि उहाँले फेरि सन् २०१५ मा कान्तिपुर साप्ताहिकमा अन्तर्वार्ता दिने र २०२० मा त्यो नाबालिका छोरीको भिडियो YouTube मा upload गर्ने क्रियाकलापले महिलामाथिको हिंसाको पराकाष्ठा देखिन्छ। गिरीबहादुर सुनारजी ले प्रहरी परिसरमा गरिएको सहमतिको समेत अपमान गरेकोलाई प्रहरी प्रशासनप्रतिको अवहेलनाका रूपमा लिएको छु।

४. सन् २००२ देखि २००५ तिर गिरीबहादुर सुनारजी लाई जर्मनीबाट डिपोर्ट (Deportation) गरेको सन्दर्भमा

गिरीबहादुर सुनारजी ले विगतमा आफू एउटा कार्यक्रमका लागि जर्मनी गएको, त्यसपछि त्यहाँ करिब दुई वर्ष ‘गैरकानुनी रूपमा बसेकों र पछि जर्मन सरकारले आफूलाई हिरासतमा राखी हत्कडी लगाएर जर्मनीबाट नेपाल डिपोर्ट (Deport) गरेको भन्ने कुरा म स्वयंले सुनेको तथा विभिन्न व्यक्तिहरु ओशो सन्यासी समक्ष तपोवनमा बताउने गरेको थियो। त्यसबेला आफ्नी श्रीमती रिमा बी.क लाई पनि कागजमा सम्बन्धविच्छेद गरी अलग बसेको, जसले गर्दा जर्मनी मा कागजी विवाह गर्न सजिलो होस भनेर हामीलाई भन्नुहन्थ्यो। उहाँ जर्मनीबाट नेपाल ल्याउने क्रममा जर्मन प्रहरीले हत्कडी लगाएर नेपालसम्म ल्याएको, त्यसपछि नेपालमा सम्बन्धित निकायलाई हस्तान्तरण गरिएको कुरा सबैसमक्ष तपोवनमा र व्यक्तिगत रूपमा बन्दनाजी समक्ष पनि भन्नुहुन्थ्यो।

यस विषयमा मैले जर्मन दूतावास, काठमाडौँमा समेत लिखित रूपमा जानकारी मागेकोमा उक्त दूतावासबाट सरकारी निकायहरुले प्रकाशित वा साझा नगर्ने” भनी मलाई इमेलमार्फत जवाफ प्राप्त भएको जानकारी दूतावासबाट यूरोपेली तथ्याङ्क संरक्षणसम्बन्धी नियमहरुको सन्दर्भमा यस्तो प्रकारको सूचना जर्मन गराउँछ । उक्त इमेलसमेत यस निवेदन/उज्रीसाथ पेस गरेको छ। त्यसैले सत्यतथ्य पत्ता लगाई त्यसको प्रमाणमा आधारित परीक्षण हुनुपर्छ भन्ने मेरो माग हो।

५. आसाममा बसेको र अर्को सन्तानसम्बन्धी उहाँले बताएको भनाइ

गिरीबहादुर सुनारजीले आफू कुनै समय आसाममा बस्दा आफ्नो वास्तविक परिचय लुकाई अन्य नाम वा पहिचान प्रयोग गरेर बसेको कुरा म स्वयंले सुनेको तथा विभिन्न व्यक्तिहरू ओशो सन्यासी समक्ष तपोवनमा बताउने गरेको थियो। उहाँले आसाममा रहँदा एक महिलासँग सम्बन्ध भएको र उक्त सम्बन्धबाट एक छोरा जन्मिएको पछि उक्त महिला र बच्चालाई छोडेर आफू नेपाल फर्किएको कुरा पनि बताउने गर्नुहुन्थ्यो । उहाँका भनाइ अनुसार, ती महिलाले पछि उहाँको खोजी गर्दै बागलुङसम्म पुगेकी थिइन् र त्यहाँ उहाँको वास्तविक परिचयबारे जानकारी भएपछि ती आसामकी महिलालाई आफ्नो परिवारले दलित भनेर आसाम नै लगेको कुरा भन्नुहुन्थ्यो। यो एक दलितमाथि भएको हिंसा हो भनेर सुनारजीले बारम्बार भन्नुहुन्थ्यो।

६. सन् २०१८ को अक्टोबर २० मा मैले ओशो तपोवनमा भएको महिला माथि शोषण, श्रम शोषण र २७(रोपनी निकुञ्जको जग्गा अतिक्रमण गरेको विषयबारे “नेपालआज” अनलाइन मा अन्तर्वार्ता दिएको सन्दर्भ

सन् २०१८ मा मैले ओशो तपोवनमा भएको महिला माथि शोषण, श्रम शोषण र २७ रोपनी निकुञ्जको जग्गा अतिक्रमण गरेको विषयबारे नेपाल आजमा अन्तर्वार्ता दिएको थिएँ। त्यसमा तपोवनले मलाई गालीबेइज्जती र cyber crime को मुद्दा जुन तपोवनका पदाधिकारी सुदीप पोखरेलले दिएको मुद्दाको साक्षी बकपत्रमा गिरीबहादुर सुनारजी लाई सोधिएको प्रश्नमा २०१३ र २०१९२०२० तिर महिलालाई उहाँको परिवारलाई चरम यातना दिएकोमा जावलाखेल प्रहरीमा लगिएको हो?” भन्नेप्रश्नमा उहाँले “यो मे व्यक्तिगत तथा निजी कुरा हो” र यस विषयमा केही बोल्न खोज्नु भएन। यो बकपत्रको एक प्रति पे गरेकी छु।

७. १३ जना राजदूतका लागि नाम सिफारिस भएपछि संकलित सामाजिक सञ्जाल तथा डिजिटल सामग्री नेपाल सरकारद्वारा १३ जना राजदूतका लागि नाम सिफारिस भएको सार्वजनिक जानकारी पाएपछि मैले विभिन्न फेसबुक पेज तथा सामाजिक सञ्जालमा यस विषयमा आफ्ना प्रश्न, चासो तथा आफूलाई जानकारी भएका विषयहरू सार्वजनिक रुपमा लेख्दै आएकी छु। यो मेरो कमेन्टहरू नेपाली र अ‌ङ्ग्रेजीमा लेखी त्यसलाई hashtag समेत #hellosarkar, #PMofNepal, #balenshah, #sudangurung, #nepalpolice, #UNhumanright #NHRC गरेर मैले सबैजस्तो राजदूतसँग संलग्न समाचार मा राखेकी छु। यस क्रममा मैले विभिन्न फेसबुक पेजमा लेखेका आफ्ना टिप्पणीहरु तथा त्यसपछि गिरीबहादुर सुनारजीले विभिन्न ओशो सन्यासी हरुलाई व्हाट्सएप (WhatsApp) मेसेज पठाएर “Please help me” “अंशु माँ लाई कसले सम्झाइदिन्छ”, “मेरो १३ वर्ष अगाडि गरेको भूलले आज दलितको छोराको यस्तो हालत बनायो, अनि बन्दनाजीले पठाएको भिडियो, भ्वाइस रेकर्डरहरू डिलिट गर्न लगाइदिनुस्” “अंशुमाँले जे भने पनि म मान्छु” भनेको च्याट हरू संकलनगरी पेश गरेकी छु।

अन्त्यमा, मैले महिला माथि यातना, हिंसा बिरुद्ध प्रहरी चौकी मा उजुरी दिएको थिएँ। केही घटना मैले प्रत्यक्ष रूपमा देखे वा सुनेकी छु। केही विषय सम्बन्धित महिला बन्दनाजीले तत्काल मलाई बताउनुभएको हो। केही विषय गिरीबहादुर सुनारजीले स्वयं तपोवनमा म साथै विभिन्न व्यक्तिहरु ओशो सन्यासी समक्ष बताउँदै आएको भनाइका आधारमा मैले यो निवेदन तयार पारेको हु। त्यसैले अप्रमाणित विषयलाई प्रमाणित तथ्यका रूपमा प्रस्तुत गर्नु मेरो उद्देश्य होइन। बरु, उहाँ संवेदनशील सार्वजनिक तथा कूटनीतिक पदका लागि प्रस्तावित भएको अवस्थामा विगतमा उठेका यी गम्भीर दोषहरूका निष्पक्ष, स्वतन्त्र र प्रमाणमा आधारित परीक्षण हुनुपर्छ भन्ने मेरो माग हो।

राजदूत पद नेपालको प्रतिनिधित्व गर्ने अत्यन्त संवेदनशील सार्वजनिक जिम्मेवारी हो। त्यसैले यस्तो पदका लागि प्रस्तावित व्यक्तिको पृष्ठभूमि, विगतको आचरण, कानुनी तथा आप्रवासन इतिहास, महिलासँग सम्बन्धित विवाद तथा सार्वजनिक रूपमा उठेका गम्भीर प्रश्नहरू निष्पक्ष रुपमा छानबिन हुनु आवश्यक छ छ भन्ने मेरो माग हो।। समितिले आवश्यक ठानेमा म स्वयं उपस्थित भई आफूलाई प्रत्यक्ष रूपमा थाहा भएका घटनाबारे थप जानकारी तथा बयान दिनसमेत तयार छु। साथै पीडित बन्दनाजी पनि टेलिफोनमार्फत यस समितिलाई आफ्नो घटना प्रस्तुत गर्न तयार हुनुहुन्छ ।

विशेषतः यस निवेदनमा उल्लेख गरिएका सम्बन्धित व्यक्तिहरूको नाम, व्यक्तिगत विवरण, सम्पर्कसम्बन्धी सम्पर्कसम्बन्धी जानकारी तथा घटनासँग जोडिएका संवेदनशील विवरणहरू आवश्यक कानुनी प्रक्रिया र छानबिनको सीमाभित्र गोप्य राखिदिनुहुन अनुरोध गर्दछु। आवश्यक परेमा समितिको निर्देशनअनुसार थप प्रमाण तथा विवरण उपलब्ध गराउन म तयार छु। !

निवेदक: शान्ति सुरक्षाको कारण गोप्य राखिएको छ।

सुनुवाइ समितिमा परेको उजुरी , प्रस्तावित राजदूत गिरी सांसद खगेन्द्र सुनारका पार्टनरका विषयका साथै खगेन्द्र सुनारक दर्जनौँ अपराधमा संलग्न रहेको विषय जनरक्षाले अर्को शृङ्खला समाचारको रुपमा पाठक सामु पस्कनेछ।

Facebook Comments Box
आज असोज २२ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
२ दिन अगाडि

3.3kViews 15 Shares Share on Facebook Share on Twitter मेष आफ्नो निर्णयमा दृढ रहनुपर्ने परिस्थिति आउन सक्छ। कसैको दबाबमा परेर…

TOP
15 Shares