
प्रहरीमाथि आक्रमण, हतियार लुटपाट, अस्पतालमा तोडफोड, आर्थिक अनियमितता र पद दिलाइदिने नाममा रकम असुली गरेको आरोपसहित उजुरी; बालेन सरकारको सुशासनको प्रतिबद्धतामाथि प्रश्न
गम्भीर आरोपको घेरामा खगेन्द्र सुनार :बालेन सरकारको सुशासनको नारा टाँइटाँइ फिस ,छानबिन र कारबाहीमाथि प्रश्न

प्रहरीमाथि आक्रमण, हतियार लुटपाट, अस्पतालमा तोडफोड, आर्थिक अनियमितता र पद दिलाइदिने नाममा रकम असुली गरेको आरोपसहित उजुरी; बालेन सरकारको सुशासनको प्रतिबद्धतामाथि प्रश्न –
काठमाडौं । दलित अधिकारको अभियान, राजनीतिक पहुँच र सार्वजनिक पदसँग जोडिएका खगेन्द्र सुनार तथा साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारविरुद्ध विभिन्न गम्भीर आरोपसहित संसदीय सुनुवाइ समितिमा उजुरी परेपछि उनको राजदुत बन्ने सपना तुहिएको छ। उजुरीमा आर्थिक अनियमितता, पद दिलाइदिने नाममा रकम असुली, प्रहरीमाथि आक्रमण, हतियार लुटपाट, अस्पतालमा तोडफोडदेखि अदालतमा पेस गरिएको प्रमाण गायब पारिएको दाबीसम्मका विषय समेटिएको छ।
दलित अधिकारको नाममा रकम असुली गरेको आरोप
उजुरीमा खगेन्द्र सुनारले दलित अधिकारको अभियानका नाममा स्वदेश तथा विदेशबाट १० करोड रुपैयाँभन्दा बढी रकम अवैध रूपमा असुली गरेको र उक्त रकमको व्यवस्थापन गिरीबहादुर सुनारले गर्दै आएको दाबी गरिएको छ। रकम सांसद सुनारकी श्रीमती सीता गुरुङ, भाइ सुनिल सुनारलगायत परिवारका सदस्यका बैंक खातामा राख्ने गरिएको आरोपसमेत उजुरीमा उल्लेख भएको पाइएको छ।
त्यस्तै, विभिन्न गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट करोडौं रुपैयाँ ठगी गरिएको र त्यसबाट पीडित भएका व्यक्तिहरू रहेको दाबी पनि सार्वजनिक भएको छ। सामाजिक सञ्जालमा प्रसारित भिडियो तथा त्यससँग जोडिएका दाबीका आधारमा सुनारले आर्थिक अपराधका साथै दलितको नाममा ब्रम्हलुट मच्चाएको खुलस्त हुन्छ। त्यसैले सम्बन्धित संस्थाको लेखापरीक्षण, बैंकिङ कारोबार, सम्झौता र पीडित भनिएका व्यक्तिको बयानका आधारमा सत्यतथ्य सार्वजनिक गर्नुपर्ने आजको टड्कारो आवश्यकता देखिन्छ ।
दलित समुदायको अधिकार, न्याय र समानताको नाममा कुनै व्यक्तिले आर्थिक लाभ लिएको हो भने त्यसको छानबिन हुनुपर्छ। प्रश्न अधिकारको अभियानमाथि होइन, त्यसको नाममा गैरकानुनी काम भएको हो वा होइन भन्ने विषयमा केन्द्रित हुनुपर्छ।
सांसद र एआईजी बनाइदिने नाममा रकम लिएको दाबी
उजुरीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद बनाइदिने भन्दै चक्रमान विश्वकर्मासँग ५० लाख रुपैयाँ लिएको आरोप खगेन्द्र सुनारमाथि लगाइएको छ। त्यस्तै, नेपाल प्रहरीका एआईजी डम्बरबहादुर विकलाई डीआईजीबाट एआईजीमा बढुवा गराइदिने भन्दै खगेन्द्र र गिरीबहादुर सुनारले रकम लिएको दाबी पनि उजुरीमा समेटिएको पाइएको छ।
सुरुमा ५० लाख रुपैयाँ माग गरिएको र पछि ३३ लाख रुपैयाँ लिएर बढुवा गराइएको भन्ने आरोपसमेत सार्वजनिक भएको छ।सांसद खगेन्द्र सुनार माथि यस्ता गम्भीर आरोप लाग्दा पनि “जान्नेलाई छान्ने ” भन्दै जनताको मत बटुलेर आएको बालेन सरकार मौन देखिन्छ ।अझ भन्नुपर्दा प्रधानमन्त्री बालेन सरकारको सुशासनको नारालाई खगेन्द्र सुनारले धोती लगाइदिएको प्रष्ट हुन्छ।
यस्ता सार्वजनिक पद, राजनीतिक नियुक्ति वा प्रहरीको बढुवामा प्रभाव पार्ने नाममा रकम असुली सम्बन्धि गम्भीर विषयलाई लिएर उजुरी कर्ताले स-प्रमाण उजुरी हालेको बताइन्छ । त्यसमा रकम लिने भनिएका व्यक्ति मात्र होइन, रकम दिने भनिएका व्यक्ति, बिचौलिया र निर्णय प्रक्रियामा संलग्न अधिकारीको भूमिकासमेत अनुसन्धानको दायरामा आउनुपर्छ।
अदालतमा पेस गरिएको अडियो प्रमाण गायब पारिएको आरोप
उजुरीमा जिल्ला अदालतमा खगेन्द्र सुनारविरुद्ध चलिरहेको विद्युतीय कारोबारसम्बन्धी मुद्दामा अधिवक्ता मनिषा गौतमले पेस गरेको भनिएको तीन घण्टा लामो अडियो प्रमाणलाई गिरीबहादुर सुनारको प्रभावमा गायब पारिएको र त्यसको सट्टा तीन मिनेटको अडियो राखिएको दाबी गरिएको छ।
यदि अदालतमा पेस गरिएको प्रमाण जानाजानी हटाइएको वा परिवर्तन गरिएको पुष्टि हुन्छ भने त्यो न्यायिक प्रक्रियाको विश्वसनीयतासँग जोडिएको गम्भीर विषय हुनेछ। त्यसैले सम्बन्धित अदालतको अभिलेख र डिजिटल प्रमाणको प्राविधिक परीक्षणमार्फत वास्तविकता सार्वजनिक गरिनुपर्छ।
जबरजस्ती करणीदेखि प्रहरीको हतियार लुटेको आरोपसम्म
उजुरीमा खगेन्द्र सुनारमाथि रोजगारीको प्रलोभन देखाएर १८ वर्षीया युवतीलाई पटकपटक जबरजस्ती करणी गरेको र अवैध गर्भपतन गराएको आरोपसमेत लगाइएको छ। यस विषयमा पीडित भनिएकी युवतीको बयान, चिकित्सकीय विवरण, प्रहरी अनुसन्धान र अदालतको अभिलेखबाट तथ्य पुष्टि हुन आवश्यक छ।
त्यस्तै, काठमाडौंको बानेश्वर प्रहरी वृत्तको हिरासतमा रहँदा खगेन्द्र सुनार र केशव नेपालीले ड्युटीमा रहेका प्रहरीमाथि कुटपिट गरी पेस्तोल लुटेर भागेको दाबी पनि उजुरीमा उल्लेख भएको बताइएको छ। उक्त घटनाबारे खगेन्द्रले पोडकास्टमा बोलेको भनिएको विषयलाई समेत उजुरीमा आधार बनाइएको दाबी छ।
यस्ता आरोपको गम्भीरता हेर्दा सम्बन्धित घटनाको प्रहरी प्रतिवेदन, मुद्दाको अवस्था र उपलब्ध श्रव्यदृश्य सामग्रीको आधिकारिक परीक्षण आवश्यक हुन्छ। प्रहरीमाथि आक्रमण वा हतियार लुटपाट भएको पुष्टि भएमा कानुनअनुसार कारबाही हुनुपर्छ। राजनीतिक पहुँचका आधारमा कसैले उन्मुक्ति पाउनु हुँदैन ।
पूर्वराज्यमन्त्रीमाथि कुटपिट गरेको भनिएको घटना
सार्वजनिक भएको विवरणअनुसार बागमती प्रदेश सरकारमा नेपाली कांग्रेसको कोटाबाट राज्यमन्त्री बनेकी कल्पना नेपालीसँग खगेन्द्र सुनारको निकटता रहेको र उनलाई केही समय सवारी चालकको जिम्मेवारी दिइएको दाबी गरिएको छ। त्यसपछि खगेन्द्रले राज्यमन्त्री नेपालीमाथि कुटपिट गरेको र काठमाडौंको चक्रपथ क्षेत्रमा गाडीभित्रै दुर्व्यवहार गरेको आरोपसमेत सार्वजनिक भएको छ।
उक्त विवरणमा राज्यमन्त्री नेपालीले प्रहरीको आपत्कालीन नम्बर १०० मा सम्पर्क गरेपछि स्वयम्भू प्रहरी वृत्तले उद्धार गरेको र त्यसपछि खगेन्द्रमाथि कुटपिट भएको भनिएको छ। घटनासँग जोडिएको भिडियो सामाजिक सञ्जालमा प्रसारित भएको दाबीसमेत गरिएको छ।
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र ,नेपाली काङ्ग्रेस र समाजवादी पार्टीको गठबन्धनबाट -राजेन्द्र पाण्डे मुख्य मन्त्रीको नेतृत्वमा बनेको सरकारको पालामा नुवाकोटको कल्पना नेपाली बागमती प्रदेशको राज्यमन्त्री थिइन।नेपाली काङ्ग्रेसको कोटाबाट कल्पना नेपाली बागमती प्रदेशको राज्यमन्त्री भएपछि खगेन्द्र सुनार उनलाई भेट्न पुगेका थिए।सोर्तका अनुसार खगेन्द्रको रुवावासी देख्न नसकेर सुनारलाई आफ्नै सवारी चालकको जिम्मेवारी दिएकी थिइन।सवारी चालकको भुमिका निर्वाह गरेको केहिदिन पछिनै उदण्ड स्वभावका खगेन्द्रले मन्त्री कल्पना नेपालीको भावना विपरीत गतिविधि देखाउन थाले।सोर्तका अनुसार एकदिन खगेन्द्रले मन्त्री कल्पनालाई गाडीमा चढाइ,मन्त्री सवार गाडीको झण्डा छोप्दै काठमाडौं उपत्यकाको रिङरोडमा पिट्दै चक्रपथ घुमाएका थिए।खगेन्द्रको पिटाइबाट शिथिल मन्त्री कल्पनाले नेपाल प्रहरीको कल साइन हट नम्बर १०० मा सम्पर्क गरेपछि काठमाडौको प्रहरी बृत स्वयंम्भुले उद्दार गरेको बताइन्छ ।मन्त्री कल्पनालाई स्वयंम्भु बृतले उद्दार गरेपछि उनका घरपरिवारका व्यक्ति आइ सुनारलाई चौकी भित्रै रामधुलाइ गरेको बताइन्छ ।सुनारले रामधुलाई पिटाई खाएपछि आफुलाई देवी आएको नाटक मञ्चन गर्दै थरथर कामेको भिडियो हाल सामाजिक सञ्जालमा छरपस्ट भएको छ।यस विषयमा बागमती प्रदेशको पुर्व राज्यमन्त्री कल्पना नेपाली सँग सम्पर्क गर्दा समाचार तयारी गर्ने अबस्था सम्म फोन उठेन।
अस्पताल तोडफोड र स्वास्थ्यकर्मीमाथि दुर्व्यवहारको आरोप
खगेन्द्र सुनारमाथि २०८२ असार ७ गते सुर्खेतको गुर्भाकोट नगरपालिका–६ स्थित मेहेलकुना अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गरेको, स्वास्थ्य संस्था तोडफोड गरेको र स्वास्थ्यकर्मीमाथि हातपात गरेको आरोप पनि लगाइएको छ।
स्वास्थ्य संस्था उपचार र जीवनरक्षाका लागि स्थापित संवेदनशील सार्वजनिक स्थल हुन्। त्यहाँ कार्यरत स्वास्थ्यकर्मीमाथि आक्रमण वा अस्पतालमा तोडफोड भएको पुष्टि भएमा त्यसलाई सामान्य विवादका रूपमा लिन मिल्दैन। घटनाबारे प्रहरीमा परेको जाहेरी, अस्पताल प्रशासनको विवरण, अनुसन्धान प्रतिवेदन र मुद्दाको अवस्थाले आरोपको वास्तविकता स्पष्ट पार्न सक्छ।
गुण्डा नाइकेसँग सम्बन्ध र राजदूत नियुक्तिमा अनुचित लबिङको दाबी
उजुरीमा ठगी भएको भनिएको रकम फिर्ता माग्ने वा आफूहरूमाथि प्रश्न उठाउने व्यक्तिलाई गणेश लामामार्फत धम्क्याउने गरिएको आरोपसमेत समेटिएको बताइएको छ। प्रस्तावित राजदूत गिरीबहादुर सुनारको नियुक्तिका लागि मन्त्रालयमा अनुचित दबाब र लबिङ गरिएको दाबी पनि उजुरीमा उल्लेख भएको छ।
यी आरोपको स्वतन्त्र पुष्टि आवश्यक भए पनि राजदूत नियुक्तिको विषय सार्वजनिक जवाफदेहितासँग जोडिन्छ। राजदूतले विदेशमा नेपालको प्रतिनिधित्व गर्ने भएकाले कूटनीतिक क्षमता, सार्वजनिक आचरण, पृष्ठभूमि र नियुक्तिसम्बन्धी प्रक्रिया पारदर्शी हुनु आवश्यक छ। राजनीतिक सिफारिस आफैँमा अपराध होइन, तर नियुक्तिमा गैरकानुनी आर्थिक लेनदेन वा अनुचित प्रभाव प्रयोग भएको प्रमाण भेटिएमा त्यसको छानबिन हुनुपर्छ।
बालेन सरकारको सुशासनको प्रतिबद्धतामाथि प्रश्न
सरकारले विधिको शासन, पारदर्शिता र सुशासनको प्रतिबद्धता व्यक्त गर्छ भने सार्वजनिक पदसँग जोडिएका गम्भीर उजुरीलाई निष्पक्ष रूपमा सम्बोधन गर्नु पनि त्यही प्रतिबद्धताको परीक्षा हो। कसैको राजनीतिक पहुँच, दलगत सम्बन्ध वा सार्वजनिक छविका आधारमा अनुसन्धानको मापदण्ड फरक हुनु हुँदैन।
खगेन्द्र सुनार र गिरीबहादुर सुनारविरुद्ध सार्वजनिक भएका आरोप सत्य हुन् वा होइनन् भन्ने निर्णय अनुसन्धानकर्ता र न्यायिक निकायले प्रमाणका आधारमा गर्नुपर्छ। तर उजुरी परेको विषयलाई बेवास्ता गर्ने, अनुसन्धानको अवस्था लुकाउने वा प्रश्न उठाउने व्यक्तिलाई मात्रै जवाफदेही बनाउने प्रवृत्ति देखिएमा सुशासनको नारामाथि स्वाभाविक रूपमा प्रश्न उठ्छ।
सरकार र सम्बन्धित निकायले उजुरीको आधिकारिक अवस्था सार्वजनिक गर्नुपर्छ। आरोप कुन निकायमा दर्ता भएको छ, कुन विषयमा अनुसन्धान भइरहेको छ, कुन विषय अदालतमा विचाराधीन छ र कुन विषयमा प्रमाण अपुग छ भन्ने स्पष्ट पारिनुपर्छ। संसदीय सुनुवाइ समितिले पनि प्रस्तावित राजदूतको योग्यता, पृष्ठभूमि र नियुक्तिसम्बन्धी प्रश्नको कानुनी सीमाभित्र रहेर निष्पक्ष परीक्षण गर्नुपर्छ।
अन्ततः अपराधै अपराधको दुनियाँमा भिजेका माननीय खगेन्द्र माथि संसदीय सुनुवाइ समितिमा उजुरी
सुनारको राजनीतिक पृष्ठभूमि पनि विभिन्न राजनीतिक तथा सामाजिक संगठनसँग जोडिएको देखिन्छ। विगतमा नेपाली कांग्रेसनिकट तरुण दल तथा दलित पत्रकारसँग सम्बन्धित संगठनमा काम गरेको पृष्ठभूमिबाट उनले दलित अधिकारको नाममा ब्रम्हलुट मच्चाएको उजुरीमा देखिन्छ।
खगेन्द्र सुनार विरुद्ध संसदीय सुनुवाइ समिति (संयुक्त)
संघीय संसद् सचिवालयमा परेको उजुरीको विवरण यस्तो छ :
श्रीमान् सभापतिज्यू,
संसदीय सुनुवाइ समिति (संयुक्त)
संघीय संसद् सचिवालय
सिंहदरबार, काठमाडौं।
विषय: साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारजीको नियुक्तिसम्बन्धमा तथ्य, पृष्ठभूमि तथा विगतका घटनाहरूको निष्पक्ष छानबिन गरी आवश्यक निर्णय गरिपाऊँ।
महोदय,
नेपाल सरकारबाट साउदी अरबका लागि प्रस्तावित राजदूतका रूपमा गिरीबहादुर सुनारजीको नाम सिफारिस भई संसदीय सुनुवाइको प्रक्रियामा रहेको जानकारी प्राप्त भएको छ। सार्वजनिक पदमा नियुक्ति हुने व्यक्तिको व्यक्तिगत तथा व्यावसायिक पृष्ठभूमि, आचरण, विगतका विवाद तथा सार्वजनिक जिम्मेवारीसँग सम्बन्धित गम्भीर विषयहरूको निष्पक्ष परीक्षण हुन आवश्यक भएकाले यो निवेदन पेस गर्दछु।
म कुनै व्यक्तिलाई पूर्वाग्रहपूर्वक दोषी ठहर गर्ने उद्देश्यले यो निवेदन पेस गरिरहेको छैन। मैले प्रत्यक्ष रूपमा जानकारी पाएका तथा मेरो जानकारीमा रहेका केही गम्भीर विषयहरू सम्बन्धित निकायबाट स्वतन्त्र, निष्पक्ष र प्रमाणमा आधारित रूपमा जाँच गरियोस् भन्ने मेरो मुख्य माग हो।
१. गिरीबहादुर सुनारजी सँग को भेट र पिडित नाम परिवर्तन बन्दना भण्डारी माथि गरिएको यातना र धम्कीको विवरण :
करिब सन् २००४ देखि म ओशो तपोवनमा ध्यान गर्न जान्थेँ। त्यसै बेला ओशो तपोवनले आयोजना गरेको ऋषिकेश शिविरमा जाँदा बन्दना भण्डारीसँग भेट भयो। त्यसै क्रममा मैले गिरीबहादुर सुनारजी र उहाँकी श्रीमतीसँग पनि परिचय भएको थियो। हामी ओशो सन्यासीहरू पुरुषलाई ‘स्वामीजी’ अनि महिलाहरूलाई ‘माजी’ भन्ने चलन छ।
यसैबीचमा सन् २००९ को आसपासमा बन्दना भण्डारी र गिरीबहादुर सुनारजीबीच ओशो तपोवनमा भेटघाट हुन थालेको थियो। त्यस समयमा उहाँहरू प्रायः पुरानो शेर्पा मलको बाहिर भेट्ने गर्नुहुन्थ्यो। उहाँहरूको सम्बन्धबारे मलाई खासै थाहा थिएन। मैले सोचेको थिएँ, उनीहरू ओशो सन्यासी मात्र हुन्।
त्यसबेला तपोवनबाहेक शेर्पा मलमा भेट्दा जहिले पनि गिरीबहादुर सुनारजीले आफू आफ्नो वैवाहिक जीवनबाट अत्यन्त पीडित रहेको, श्रीमतीले आफूलाई चिथोर्ने, पिट्ने तथा दुःख दिने गरेको बताउने गर्नुहुन्थ्यो। उहाँले आफू अत्यन्तै मानसिक तथा आर्थिक समस्यामा रहेको, घरमा बस्न नसकेको, ससुरालीमा बसिरहेको र आफ्नो जीवन समाप्त भएको भन्नुहुन्थ्यो।
त्यतिबेला उहाँ स्वामी आनन्द अरुणको कन्स्ट्रक्सन कम्पनी Building Design Authority (BDA) मा मोटिभेटरको रूपमा काम गरिरहनुभएको थियो। हामीले उहाँलाई बच्चासमेत भएकाले आफ्नो वैवाहिक सम्बन्धबारे गम्भीर रूपमा सोच्न आग्रह गर्दा उहाँले आफू श्रीमतीसँग एक सेकेन्ड पनि बस्न नसक्ने बताउनुहुन्थ्यो। बन्दनाजीले उहाँको अवस्था देखेर मानवीय रूपमा सहयोग गर्नुभएको थियो।
गिरीबहादुर सुनारजी समक्ष आफ्नी श्रीमतीबारे निरन्तर नकारात्मक कुरा गर्ने, सम्बन्ध तोड्ने तथा अलग बस्ने बताउने गर्नुहुन्थ्यो। गिरीबहादुर सुनारजीले बन्दनाजीलाई आफ्नी श्रीमतीसँग बस्न नसक्ने, सम्बन्ध तोड्ने तथा अलग बस्ने बताउँदै हुनुहुन्थ्यो। बन्दनाजीले उहाँलाई माया गरेर सहयोग गर्नुभएको थियो। केही महिनापछि गिरीबहादुर सुनारजी अलग बस्न थाल्नुभयो र भाडामा सुत्ने गरेको अवस्थामा मुस्किलमा परेको कुरा आएपछि बन्दनाजीले आफ्नो पुरानो खाट, दराज, टेबललगायतका सामानसमेत उहाँलाई दिनुभएको थियो।
क्रमशः उहाँहरूको मित्रता घनिष्ठ हुँदै गएको र करिब सन् २०१० को अन्त्यतिर उक्त सम्बन्ध प्रेमसम्बन्धमा परिणत भएको थियो। सन् २०१२ को कुरा हो, बन्दनाजीको श्रीमान् झन्डै १८ वर्षपछि USA बाट आफ्नी श्रीमतीलाई लिन नेपाल आउनुभएको थियो। त्यसअघि गिरीबहादुर सुनारजीसँग घनिष्ठ सम्बन्ध कायम भइसकेको थियो। तर बन्दनाजीले उहाँलाई USA जानेभन्दा सुनारजीले ‘तिमी जाऊ अनि मलाई बोलाऊ’ भनेर फकाउनुभएको थियो।
बन्दनाजी यो कसरी हुन्छ? किनकि सुनारजीले आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद नै गरेको थिएन, कानुनी रूपमा कसरी जाने त भन्दा ‘म मिलाउँछु नि’ भनेर बन्दनाजीलाई आश्वस्त पार्नुभएको थियो। छोरी जन्मिएपछि सुनारजीले आफू USA आउने, छोरीको बाबुको नाम आफ्नो राख्नुपर्ने, श्रीमान्सँग सम्बन्धविच्छेद गर्नुपर्ने जस्ता कुरा फोनमा रातभरि भनिरहने गरेको कुरा बन्दनाजीले मलाई बताउनुभएको थियो।
हरेक दिन गिरीबहादुर सुनारजीले राति मदिरा सेवन गरी बन्दनाजीलाई र उहाँको श्रीमान्लाई ‘गाली गर्छु, घाँटी छिनाइदिन्छु’ भनेर सताउने गरेको र बन्दनाजीलाई चाहिँ ‘तँ आत्महत्या गर’, ‘समुद्रमा हाम फाल’ भनेर यातना दिएको कुरा बन्दनाजीले भन्नुभएको थियो।
यसरी सुनारजीले आफ्ना श्रीमान्लाई मनपरी गालीगलौज र धम्की दिएको देखेर बन्दनाजीले आफ्ना श्रीमान्सँग सम्बन्धविच्छेद गरी नेपाल आउने निधो गरेर नाबालिक छोरीको पासपोर्ट बनाउन जाँदै गर्दा मलाई सम्झेर मदत माग्न मेरो फेसबुकको मेसेन्जरमा मेसेज लेख्नुभयो, जुन अत्यन्तै गम्भीर मेसेज थियो। उहाँले आफू समुद्रको बीचमा रहेको, छोरीसहित समुद्रमा हाम फालेर मर्न मन लागेको र आफूलाई संसारमा बाँच्न मन नै नभएको ‘म त छोरीसहित मर्छु’ भनेर मलाई लेख्नुभएको थियो।
त्यो मेसेन्जरमा मेसेज पाएपछि म धेरै आत्तिएँ र मैले भनेँ, ‘तिमी केही नगर है, मेरो कसम।’ त्यसपछि मैले सुनारजीका साथीहरू तथा परिचितहरूमार्फत उहाँको सम्पर्क नम्बर खोजेँ। पछि नम्बर प्राप्त भएपछि मैले सुनारजीलाई फोन गरी यस्तो गम्भीर अवस्था किन सिर्जना भएको हो भनेर सोधेँ।
सुनारजी मसँग झर्किँदै ‘तपाईंलाई के मतलब?’ ‘मलाई जे गर्न मन लाग्छ, त्यो गर्छु। मेरो र बन्दनाजीको बीचमा नआइजा’ भनेर मुख छाडी मलाई गाली गर्नुभयो। अनि मैले भनेँ, ‘तपाईंले एउटा सुत्केरी महिला र उहाँका श्रीमान्लाई यातना र धम्की दिइरहनुभएको छ।’ भन्दा सुनारजीले फोन काटिदिनुभयो। मैले फेरि सम्पर्क गर्न खोज्दा उहाँ फेरि झर्केर मुख छाड्नुभयो।
अनि मैले ‘म प्रहरीकहाँ जान्छु’ भनेपछि सुनारजीले मलाई रातभरि पटकपटक फोन गर्नुभयो। मैले त्यसलाई मानसिक दबाब तथा हैरानीका रूपमा अनुभव गरेकाले भोलिपल्ट म जावलाखेलस्थित महिला तथा बालबालिका सेवा केन्द्रमा गएर उजुरी गरेँ। त्यहाँ मैले निवेदन लेखेँ। त्यसपछि मैले सम्बन्धित प्रहरी अधिकारीलाई भेटेर बन्दनाजीको अवस्था, उहाँले प्राप्त सन्देश तथा गिरीबहादुर सुनारजीबाट भएको भनिएको महिलामाथिको हिंसा, यातना र धम्कीबारे जानकारी गराएकी थिएँ। त्यससम्बन्धमा प्रहरीले आवश्यक प्रक्रिया अगाडि बढाएको थियो। बन्दनाजीलाई Post-Partum Depression भएकोले औषधि सेवन गरिरहनुभएको थियो, जुन आजसम्म पनि निरन्तर रूपमा डिप्रेसनको दबाइ खाँदै हुनुहुन्छ।
यो घटना सन् २०१३ फेब्रुअरीमा भएको थियो। प्रहरीको पहलमा गिरीबहादुर सुनारजीलाई बोलाइएको थियो र उहाँसँग घटनाबारे सोधपुछ गरिएको थियो। त्यस समयमा बन्दनाजीसँग सम्बन्धित व्यक्तिगत तथा गोप्य फोटोहरूसहित मेसेजहरू राखेर एउटा फाइल (डायरी) तयार गरिएको थियो। उक्त सामग्री प्रहरीसमक्ष ल्याइएको थियो।
उक्त सामग्री हेर्दा अभद्र लेख तथा गोप्य फोटोहरूको सङ्ग्रह थियो। प्रहरीले यस्तो फाइल (डायरी) कसले कसलाई पठाउनुभयो भनी सोध्दा सुनारजीले गल्ती स्वीकार गर्दै आफूले यस्तो फाइल बन्दनाजीका श्रीमान्, सासूससुरा, देवरदेवरानीलगायत दिदी, भेना तथा ओशो सन्यासीहरूलाई समेत पठाएको बताउनुभएको थियो। सम्बन्धित प्रहरी अधिकारीले महिलाको व्यक्तिगत तथा गोप्य सामग्री अरूलाई देखाउने वा पठाउने कार्यप्रति गम्भीर आपत्ति जनाउनुभएको थियो। यसबाट बन्दनाजीलाई सामाजिक रूपमा तिरस्कार तथा मानसिक रूपमा अत्यन्त पीडादायी अवस्था सिर्जना भएको थियो।
त्यस कार्यालय कक्षमा बसेर गिरीबहादुर सुनारजीले बन्दनाजीलाई कुनै धाकधम्की, यातना, दुर्व्यवहार, हिंसा नगर्ने, उहाँका परिवारका सदस्यहरूलाई फोन नगर्ने, सम्पर्क नगर्ने तथा त्यस्ता गतिविधि नगर्ने भनी प्रहरीसमक्ष सहीछाप गरी कागज बनाएको थियो। त्यो कागज महिला तथा बालबालिका सेवा केन्द्र, जिल्ला प्रहरी परिसर, ललितपुरमा सुरक्षित छ।
२. ३ जनवरी २०२० मा नाबालिका छोरीको भिडियो आमाको अनुमति नलिई YouTube मा अपलोड गरेको सन्दर्भमा
सन् २०१३ तिर नै बन्दनाजीलाई डरधम्की दिएर नाबालिका छोरी देखाऊ भनेकोले बन्दनाजीले Video Call मार्फत देखाउनुभएको रहेछ। त्यसबेला नै गिरीबहादुर सुनारजीले भिडियो बनाएको रहेछ, जुन कुरा हामीलाई सन् २०१३ मा प्रहरी थानामा लैजानुअघि थाहा भएन। तर पछि सुनारजीले सात वर्षपछि ३ जनवरी २०२० मा बन्दनाजी र उहाँकी नाबालिका छोरीसँग सम्बन्धित भिडियो बनाएर YouTube मा ‘मेरो छोरी बन्दनाजीले USA मा लुकाएर राखेकी छ’ भन्ने भावनात्मक सूचना प्रवाह गरेर अपलोड गर्नुभएको थियो।
त्यसपछि त्यही राति मलाई बन्दनाजीले फोन गरेर ‘लौ न, मेरो जिन्दगी बर्बाद भयो, म कसरी बाँच्ने, प्लीज अंशु, त्यसलाई त्यो भिडियो डिलिट गर्न लगाइदेऊ’ भन्नुभएकोले मैले फेरि भोलिपल्ट नै गिरीबहादुर सुनारजीलाई पुनः प्रहरीसमक्ष लगेको थिएँ। त्यसबेला गिरीबहादुर सुनारजी लगायत उहाँकी श्रीमती रिमा बी.के., टेकनारायण भट्टाराई तथा ओशो सन्यासी अर्जुन पाण्डेले धेरै माफी मागेकोले त्यो भिडियो प्रहरीसमक्ष डिलिट गर्न लगाइएको थियो।
यसअघि नै बन्दनाजीको अवस्था र उहाँमाथि भएको भनिएको यातनाबारे सम्बन्धित प्रहरी अधिकारीलाई जानकारी गराएकी थिएँ। त्यसपछि पनि मैले यस विषयमा आवश्यक पहल गरेकी थिएँ।
यस निवेदनमा उल्लिखित विषयहरूका सम्बन्धमा सम्बन्धित निकायबाट आवश्यक छानबिन गरी सत्यतथ्य पत्ता लगाइयोस् भन्ने मेरो माग छ।
सम्बन्धविच्छेद गरी अलग बसेको, जसले गर्दा जर्मनी मा कागजी विवाह गर्न सजिलो होस भनेर हामीलाई भन्नुहन्थ्यो। उहाँ जर्मनीबाट नेपाल ल्याउने क्रममा जर्मन प्रहरीले हत्कडी लगाएर नेपालसम्म ल्याएको, त्यसपछि नेपालमा सम्बन्धित निकायलाई हस्तान्तरण गरिएको कुरा सबैसमक्ष तपोवनमा र व्यक्तिगत रूपमा बन्दनाजी समक्ष पनि भन्नुहुन्थ्यो।
यस विषयमा मैले जर्मन दूतावास, काठमाडौँमा समेत लिखित रूपमा जानकारी मागेकोमा उक्त दूतावासबाट सरकारी निकायहरुले प्रकाशित वा साझा नगर्ने” भनी मलाई इमेलमार्फत जवाफ प्राप्त भएको जानकारी दूतावासबाट यूरोपेली तथ्याङ्क संरक्षणसम्बन्धी नियमहरुको सन्दर्भमा यस्तो प्रकारको सूचना जर्मन गराउँछ । उक्त इमेलसमेत यस निवेदन/उज्रीसाथ पेस गरेको छ। त्यसैले सत्यतथ्य पत्ता लगाई त्यसको प्रमाणमा आधारित परीक्षण हुनुपर्छ भन्ने मेरो माग हो।
अबदेखि बन्दनाजी सँग सम्बन्धित केही क्रियाकलाप गर्ने छैन भनी माफी मागी प्रहरी समक्ष सहीछाप गरी कागज बनाएको थियो। त्यस दिन गिरीबहादुर सुनारजी ले भित्तामा आफ्नो दाहिने हात हानेर भाँचेकोले त्यस दिन उहाँले सम्झौता पत्रमा औंठाको छाप लगाएको जानकारी दिन चाहन्छ। यसरी मैले उहाँलाई महिलामाथि घोर अन्याय, यातना र हिंसा गरेबापत दई पटक प्रहरी चौकी लानपरेको थियो। प्रहरी चौकीमा भएको सहमतिको कागज पेस गरेको छु।
३. १५ अगस्ट २०१५ को कान्तिपुर साप्ताहिकमा जातीय मुद्दा बनाएर भ्रमात्मक सूचना फैलाइएको
१५ अगस्ट २०१५ मा कान्तिपुर साप्ताहिकमा गिरीबहादुर सुनारजीले अन्तर्वार्ता दिएका थिए। त्यसमा उहाँ दलित भएकोले बाहुन भण्डारी को छोरीले मलाई हेपेर विवाह गरेन र मेरो बच्चा लिएर USA गएको र मलाई नदिएको भनेर जातीय विभेट फैलाएको र भ्रमात्मक सूचना प्रवाह गरेको कुरा यस समितिलाई जानकारी दिन्छ। त्यसबेला केही ओशो सन्यासीले ‘के गरेको” अबदेखि बन्दनाजी को बारेमा केही भन्दिनँ भनेर भनेको होइन २०१३ मा प्रहरीमा गरेको मिलापत्र पनि गम्भीरसँग नलिएको र यसले पछि तपाईंलाई ठूलो असर पर्छ भनेर पनि ओशो संन्यासीहरूले सम्झाएका थिए। यसरी सम्झाउँदा पनि गिरी सुनारले “मेरो मर्जी” भनेर टालिदिनु भयो भन्ने ओशो सन्यासीहरूले भन्नुभएको थियो। यस कारणले सुनारजीले पटक पटक बन्दनाजी अर्थात् एउटा महिलामाथि यातना गरी जातीय हिंसा, महिला माथि हिंसा गर्न छोड्नु भएन। त्यस अन्तर्वार्ताको स्क्रिनसट मैले पेस गरेको छु।
अन्ततः, यी सबै घटना तथा प्रमाणहरूले पुष्टि गर्छन् कि गिरीबहादुर सुनारजीले ती महिला तथा उहाँको परिवारलाई बारम्बार मानसिक यातना दिने, हिंसा गर्ने र उहाँको इज्जत तथा प्रतिष्ठामा आँच पुऱ्याउने कार्य कार्य निरन्तर रूपमा सन् २०२० सम्म गर्दै आएका थिए। सन् २०१३ मा उहाँलाई महिला तथा बालबालिका सेवा केन्द्र जावलाखेल प्रहरी चौकी लगेर आफूले अब देखि बन्दनाजीको विरुद् केही गर्ने छैन भनी नेपाल प्रहरीसमक्ष हस्ताक्षर गरेपछि पनि उहाँले फेरि सन् २०१५ मा कान्तिपुर साप्ताहिकमा अन्तर्वार्ता दिने र २०२० मा त्यो नाबालिका छोरीको भिडियो YouTube मा upload गर्ने क्रियाकलापले महिलामाथिको हिंसाको पराकाष्ठा देखिन्छ। गिरीबहादुर सुनारजी ले प्रहरी परिसरमा गरिएको सहमतिको समेत अपमान गरेकोलाई प्रहरी प्रशासनप्रतिको अवहेलनाका रूपमा लिएको छु।
४. सन् २००२ देखि २००५ तिर गिरीबहादुर सुनारजी लाई जर्मनीबाट डिपोर्ट (Deportation) गरेको सन्दर्भमा
गिरीबहादुर सुनारजी ले विगतमा आफू एउटा कार्यक्रमका लागि जर्मनी गएको, त्यसपछि त्यहाँ करिब दुई वर्ष ‘गैरकानुनी रूपमा बसेकों र पछि जर्मन सरकारले आफूलाई हिरासतमा राखी हत्कडी लगाएर जर्मनीबाट नेपाल डिपोर्ट (Deport) गरेको भन्ने कुरा म स्वयंले सुनेको तथा विभिन्न व्यक्तिहरु ओशो सन्यासी समक्ष तपोवनमा बताउने गरेको थियो। त्यसबेला आफ्नी श्रीमती रिमा बी.क लाई पनि कागजमा सम्बन्धविच्छेद गरी अलग बसेको, जसले गर्दा जर्मनी मा कागजी विवाह गर्न सजिलो होस भनेर हामीलाई भन्नुहन्थ्यो। उहाँ जर्मनीबाट नेपाल ल्याउने क्रममा जर्मन प्रहरीले हत्कडी लगाएर नेपालसम्म ल्याएको, त्यसपछि नेपालमा सम्बन्धित निकायलाई हस्तान्तरण गरिएको कुरा सबैसमक्ष तपोवनमा र व्यक्तिगत रूपमा बन्दनाजी समक्ष पनि भन्नुहुन्थ्यो।
यस विषयमा मैले जर्मन दूतावास, काठमाडौँमा समेत लिखित रूपमा जानकारी मागेकोमा उक्त दूतावासबाट सरकारी निकायहरुले प्रकाशित वा साझा नगर्ने” भनी मलाई इमेलमार्फत जवाफ प्राप्त भएको जानकारी दूतावासबाट यूरोपेली तथ्याङ्क संरक्षणसम्बन्धी नियमहरुको सन्दर्भमा यस्तो प्रकारको सूचना जर्मन गराउँछ । उक्त इमेलसमेत यस निवेदन/उज्रीसाथ पेस गरेको छ। त्यसैले सत्यतथ्य पत्ता लगाई त्यसको प्रमाणमा आधारित परीक्षण हुनुपर्छ भन्ने मेरो माग हो।
५
. आसाममा बसेको र अर्को सन्तानसम्बन्धी उहाँले बताएको भनाइ
गिरीबहादुर सुनारजीले आफू कुनै समय आसाममा बस्दा आफ्नो वास्तविक परिचय लुकाई अन्य नाम वा पहिचान प्रयोग गरेर बसेको कुरा म स्वयंले सुनेको तथा विभिन्न व्यक्तिहरू ओशो सन्यासी समक्ष तपोवनमा बताउने गरेको थियो। उहाँले आसाममा रहँदा एक महिलासँग सम्बन्ध भएको र उक्त सम्बन्धबाट एक छोरा जन्मिएको पछि उक्त महिला र बच्चालाई छोडेर आफू नेपाल फर्किएको कुरा पनि बताउने गर्नुहुन्थ्यो । उहाँका भनाइ अनुसार, ती महिलाले पछि उहाँको खोजी गर्दै बागलुङसम्म पुगेकी थिइन् र त्यहाँ उहाँको वास्तविक परिचयबारे जानकारी भएपछि ती आसामकी महिलालाई आफ्नो परिवारले दलित भनेर आसाम नै लगेको कुरा भन्नुहुन्थ्यो। यो एक दलितमाथि भएको हिंसा हो भनेर सुनारजीले बारम्बार भन्नुहुन्थ्यो।
६. सन् २०१८ को अक्टोबर २० मा मैले ओशो तपोवनमा भएको महिला माथि शोषण, श्रम शोषण र २७(रोपनी निकुञ्जको जग्गा अतिक्रमण गरेको विषयबारे “नेपालआज” अनलाइन मा अन्तर्वार्ता दिएको सन्दर्भ
सन् २०१८ मा मैले ओशो तपोवनमा भएको महिला माथि शोषण, श्रम शोषण र २७ रोपनी निकुञ्जको जग्गा अतिक्रमण गरेको विषयबारे नेपाल आजमा अन्तर्वार्ता दिएको थिएँ। त्यसमा तपोवनले मलाई गालीबेइज्जती र cyber crime को मुद्दा जुन तपोवनका पदाधिकारी सुदीप पोखरेलले दिएको मुद्दाको साक्षी बकपत्रमा गिरीबहादुर सुनारजी लाई सोधिएको प्रश्नमा २०१३ र २०१९२०२० तिर महिलालाई उहाँको परिवारलाई चरम यातना दिएकोमा जावलाखेल प्रहरीमा लगिएको हो?” भन्नेप्रश्नमा उहाँले “यो मे व्यक्तिगत तथा निजी कुरा हो” र यस विषयमा केही बोल्न खोज्नु भएन। यो बकपत्रको एक प्रति पे गरेकी छु।
७. १३ जना राजदूतका लागि नाम सिफारिस भएपछि संकलित सामाजिक सञ्जाल तथा डिजिटल सामग्री नेपाल सरकारद्वारा १३ जना राजदूतका लागि नाम सिफारिस भएको सार्वजनिक जानकारी पाएपछि मैले विभिन्न फेसबुक पेज तथा सामाजिक सञ्जालमा यस विषयमा आफ्ना प्रश्न, चासो तथा आफूलाई जानकारी भएका विषयहरू सार्वजनिक रुपमा लेख्दै आएकी छु। यो मेरो कमेन्टहरू नेपाली र अङ्ग्रेजीमा लेखी त्यसलाई hashtag समेत #hellosarkar, #PMofNepal, #balenshah, #sudangurung, #nepalpolice, #UNhumanright #NHRC गरेर मैले सबैजस्तो राजदूतसँग संलग्न समाचार मा राखेकी छु। यस क्रममा मैले विभिन्न फेसबुक पेजमा लेखेका आफ्ना टिप्पणीहरु तथा त्यसपछि गिरीबहादुर सुनारजीले विभिन्न ओशो सन्यासी हरुलाई व्हाट्सएप (WhatsApp) मेसेज पठाएर “Please help me” “अंशु माँ लाई कसले सम्झाइदिन्छ”, “मेरो १३ वर्ष अगाडि गरेको भूलले आज दलितको छोराको यस्तो हालत बनायो, अनि बन्दनाजीले पठाएको भिडियो, भ्वाइस रेकर्डरहरू डिलिट गर्न लगाइदिनुस्” “अंशुमाँले जे भने पनि म मान्छु” भनेको च्याट हरू संकलनगरी पेश गरेकी छु।
अन्त्यमा, मैले महिला माथि यातना, हिंसा बिरुद्ध प्रहरी चौकी मा उजुरी दिएको थिएँ। केही घटना मैले प्रत्यक्ष रूपमा देखे वा सुनेकी छु। केही विषय सम्बन्धित महिला बन्दनाजीले तत्काल मलाई बताउनुभएको हो। केही विषय गिरीबहादुर सुनारजीले स्वयं तपोवनमा म साथै विभिन्न व्यक्तिहरु ओशो सन्यासी समक्ष बताउँदै आएको भनाइका आधारमा मैले यो निवेदन तयार पारेको हु। त्यसैले अप्रमाणित विषयलाई प्रमाणित तथ्यका रूपमा प्रस्तुत गर्नु मेरो उद्देश्य होइन। बरु, उहाँ संवेदनशील सार्वजनिक तथा कूटनीतिक पदका लागि प्रस्तावित भएको अवस्थामा विगतमा उठेका यी गम्भीर दोषहरूका निष्पक्ष, स्वतन्त्र र प्रमाणमा आधारित परीक्षण हुनुपर्छ भन्ने मेरो माग हो।
राजदूत पद नेपालको प्रतिनिधित्व गर्ने अत्यन्त संवेदनशील सार्वजनिक जिम्मेवारी हो। त्यसैले यस्तो पदका लागि प्रस्तावित व्यक्तिको पृष्ठभूमि, विगतको आचरण, कानुनी तथा आप्रवासन इतिहास, महिलासँग सम्बन्धित विवाद तथा सार्वजनिक रूपमा उठेका गम्भीर प्रश्नहरू निष्पक्ष रुपमा छानबिन हुनु आवश्यक छ छ भन्ने मेरो माग हो।। समितिले आवश्यक ठानेमा म स्वयं उपस्थित भई आफूलाई प्रत्यक्ष रूपमा थाहा भएका घटनाबारे थप जानकारी तथा बयान दिनसमेत तयार छु। साथै पीडित बन्दनाजी पनि टेलिफोनमार्फत यस समितिलाई आफ्नो घटना प्रस्तुत गर्न तयार हुनुहुन्छ ।
विशेषतः यस निवेदनमा उल्लेख गरिएका सम्बन्धित व्यक्तिहरूको नाम, व्यक्तिगत विवरण, सम्पर्कसम्बन्धी सम्पर्कसम्बन्धी जानकारी तथा घटनासँग जोडिएका संवेदनशील विवरणहरू आवश्यक कानुनी प्रक्रिया र छानबिनको सीमाभित्र गोप्य राखिदिनुहुन अनुरोध गर्दछु। आवश्यक परेमा समितिको निर्देशनअनुसार थप प्रमाण तथा विवरण उपलब्ध गराउन म तयार छु। !
निवेदक: शान्ति सुरक्षाको कारण गोप्य राखिएको छ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री
आज कार्तिक ८ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
२ दिन अगाडि
3.8kViews 15 Shares Share on Facebook Share on Twitter मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) छिमेकी…





