
बाढीपहिरोले गोरखा र सुर्खेतका सडक प्रभावित, केही स्थानमा यातायात अवरुद्ध

काठमाडौं । बाढीपहिरोका कारण गोरखा र सुर्खेतका विभिन्न सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार गोरखामा एक सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ भने अर्को सडकखण्डमा साना सवारीसाधन मात्र सञ्चालन भइरहेका छन्। सुर्खेतमा भने एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भइरहेको छ।
गण्डकी प्रदेशअन्तर्गत गोरखाको आरुघाट गाउँपालिका–२, ३ र ५ तथा नयाँपुल क्षेत्रमा बाढीपहिरोका कारण सडक यातायात प्रभावित भएको प्रहरीले जनाएको छ।
गोरखाको सोतीस्थित फलामे पुल र आरुघाट जोड्ने सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहेको छ। त्यस्तै, आरुघाट गाउँपालिका–५ को नयाँपुलस्थित रिघा क्षेत्रमा गोरखा–आरुघाट सडकखण्डमा साना सवारीसाधन मात्र सञ्चालन भइरहेका छन्।
यसैगरी, कर्णाली प्रदेशअन्तर्गत सुर्खेतको बराहताल गाउँपालिका–९, ओलिसेस्थित कर्णाली राजमार्गमा पहिरो खसेपछि एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भइरहेका छन्।
प्रहरीले सडकको अवस्थालाई ध्यानमा राख्दै यात्रा गर्नुअघि सम्बन्धित निकायसँग सडकको अवस्थाबारे जानकारी लिन र सम्भावित जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन यात्रु तथा सवारीचालकलाई आग्रह गरेको छ।
समाज
थप सामाग्री-
बाढीपहिरोले गोरखा र सुर्खेतका सडक प्रभावित, केही स्थानमा यातायात अवरुद्ध
-
आज कार्तिक ८ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
-
स्मार्ट घर बनाउनेलाई नक्सापास दस्तुरमा शतप्रतिशत छुट, सहुलियतपूर्ण कर्जादेखि कर छुटसम्मको प्रस्ताव
-
कोजाग्रत पूर्णिमासँगै आज बडादसैँ पर्व समापन हुँदै
-
पर्साको सीमावर्ती क्षेत्रमा घुमुवा प्रहरी बनेर असुली गरेको आरोप लागेका अशोक वर्णवाल पक्राउ, मुद्दा नचलाउन नेतामार्फत दबाब
विजया दशमीको तेस्रो दिन पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै
२ दिन अगाडि
1.9kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । विजया दशमीको टीकाको तेस्रो दिन आज पनि नेपालीहरू मान्यजनको…





